६ जिल्लाका भूकम्प प्रभावितलाई ५० हजार अनुदान थप्ने प्रस्ताव - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका , काठमाडौं   |   असार २७, २०७४

पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट भत्किएका पुरातात्विक तथा पर्यटकीय महत्वका प्राचीन बस्तीभित्रका करिब तीन हजार परिवारलाई थप ५० हजार अनुदान दिने प्रस्ताव गरेको छ । नयाँ घर तथा आवास बनाउँदा परम्परागत कला र संस्कृतिलाई समेट्न नयाँ प्रस्ताव अघि सारेको प्राधिकरणले जनाएको छ ।

सोमबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले गरेको निर्णय निर्देशक समितिमा प्रस्तावका रूपमा लगिने छ । थप सुविधा काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ वटा जिल्लाका वस्तीमा मात्र लागू हुनेछ । ती क्षेत्रका नागरिकलाई प्राचीन कला, संस्कृति र स्वरूप झल्किने गरी आफ्नो आवास तथा भौतिक संरचना निर्माण गर्न अपिलसमेत गरिएको छ ।

थप सहुलियतको प्रस्ताव
प्राधिकरणले प्राचीक कला र संस्कृतिमा घर निर्माण गर्ने परिवारलाई काठमा सहुलियत दिने, नक्सा पास निःशुल्क गर्ने समेत प्रस्ताव गरेको छ । प्राधिकरणले शताब्दीऔँ पुरानो परम्परागत स्वरूपलाई कायम राख्दै त्यहाँको कला तथा संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले प्राचीन स्वरूपमा घर बनाउन प्रोत्साहन नीति ल्याउन लागेको हो ।

काठमाडौंको साँखु, ललितपुरको खोकना र बुङमती, गोरखाको गोरखा दरबार र संग्रहालय क्षेत्र,नुवाकोटको दरबार क्षेत्र र दोलखा को भीमेश्वर मन्दिर वरिपरिको बजार क्षेत्रका बासिन्दाले थप सुविधा पाउनेछन् ।