हामी ब्रान्ड र गुणस्तर दुवैमा अगाडि छौँ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असार २६, २०७४

करिब एक वर्षदेखि नेपाली बजारमा युनाइटेड सिमेन्ट बिक्री हुँदै आएको छ । ललितपुरको लेलेमा रहेको चुनढुंगा खानीबाट आफैँले क्लिंकर उत्पादन गर्ने उद्योगले धादिङमा सिमेन्ट उत्पादन गरिरहेको छ । अहिले दैनिक २१ हजार बोरा उत्पादन क्षमता भएको उद्योगले आप्mनो गुणस्तर र बजारीकरण बढाउन १५ बोरा सिमेन्टमा १ बोरा सित्तैमा दिने उपहार योजना पनि ल्याएको छ । नेपालका सिमेन्ट उद्योग, आयात प्रतिस्थापनदेखि युनाइटेड सिमेन्टको गुणस्तरको सेरोफेरोमा उद्योगका ब्रान्ड एन्ड प्रोमोसन हेड सुवास खतिवडासँग गरिएको कुराकानी :

सिमेन्टमा आत्मनिर्भर हुन्छौँ र हुन आँट्यौँ भनेको पनि पाँच वर्षभन्दा बढी भइसक्यो । अहिले हामी कहाँ छौँ ?

हामी अहिले पनि सिमेन्टमा आत्मनिर्भर भइसकेका छैनौँ । मागअनुसारको आपूर्ति अहिले पनि हुन सकेको छैन । ठूलाठूला प्लान्ट जडान भइरहेका छन् । उनीहरूले उत्पादन सुरु गरेपछि के हुन्छ भन्न सकिन्न । तर, अहिलेको अवस्थामा हामी आत्मनिर्भर भइसकेका छैनौँ ।
सिमेन्ट भरिएको बोरामा मात्र आत्मनिर्भर भएर हुन्न । त्यसको कच्चा पदार्थमा पनि आत्मनिर्भर हुन सक्नुपर्छ । पहिले विदेशी ब्रान्डमै सिमेन्ट भित्रिन्थ्यो । अहिले त्यो धेरै मात्रामा कमी भएको छ । तर, सिमेन्टको सबैभन्दा महŒवपूर्ण कच्चा पदार्थ क्लिंकर हो । त्यसका लागि नेपालमा प्रशस्त खानी छन् । त्यही खानीबाट निकालेर सिमेन्ट उत्पादन गर्दै आत्मनिर्भर हुनु मात्र पूर्ण रूपमा आत्मनिर्भर हुनु हो । विदेशबाट क्लिंकर ल्याएर यहाँ पिँध्दैमा आत्मनिर्भर भएको मान्न सकिन्न ।

यसका लागि चाहिने चुनढुंगा नेपालमा पुग्ने मात्रामा उपलब्ध हुन सक्छ होइन र ?

नेपालमा चुनढुंगा कति परिमाणमा उपलब्ध छ भन्ने विषयमा खानी तथा भूगर्भ विभागले मात्र बताउन सक्ला । तर, चुनढुंगा मात्र भएर भएन । त्यसलाई प्रशोधन गर्ने मेसिन पनि चाहियो । चुनढुंगालाई प्रशोधन गरेर क्लिंकर बनाउने प्लान्ट चाहियो । तर, यस्ता प्लान्ट कम छन् । अहिले करिब चार दर्जन सिमेन्ट उद्योग छन् । तर, आफैँ क्लिंकर उत्पादन गर्ने उद्योग भनेको डेढ दर्जन पनि छैनन् । बाँकी सबै क्लिंकर डिपेन्डेन्ट युनिट छन् । ठूला युनिटले क्लिंकर पनि बिक्री गरिरहेका छन् । तर, नेपालको उत्पादनका लागि नेपालकै क्लिंकर मात्रले पनि पुग्दैन । उदाहरणका लागि युनाइटेड सिमेन्टको माग बढ्दै गयो । अब हामी क्लिंकर बिक्री गर्दैनौँ । किनकि उत्पादन गर्ने क्लिंकर हाम्रै लागि मात्र पुग्नेछ । क्लिंकर बनाउनेले पनि चाहिएजति क्लिंकर दिन नसकेकाले हामी भारतमा निर्भर हुनुपरेको छ । भोलि आउने ठूला उद्योगले धेरै क्लिंकर उत्पादन गरी बिक्री गरे भने बल्ल सिमेन्टमा आत्मनिर्भर हुन सक्छौँ ।

नेपालमा पनि सिमेन्ट उद्योग करिब चार दर्जन भइसके । युनाइटेड सिमेन्ट पनि त्यसैमा छ । नेपालमा देखासिकी वातावरण छ । युनाइटेड सिमेन्ट के–कस्तो अध्ययन तथा तयारीका साथ आएको हो ?

हामी देखासिकीको आधारमा आएका होइनौँ । यो अर्बौं रुपैयाँ लगानी भएको परियोजना हो । यत्ति ठूलो आयोजना देखासिकीमा मात्र पक्कै गरिँदैन । धेरै कोणबाट अध्ययन र विश्लेषण गरेर, सिमेन्ट उद्योग कहाँ राख्दा राम्रो हुन्छ भन्ने निष्कर्ष निकालेर नै उद्योग स्थापना गरिएको हो । काठमाडौंको बजारलाई विशेष ध्यान दिएर यहाँबाट नजिक धादिङमा उद्योग राखिएको हो ।

बजारमा तपाईंहरुको स्थान कस्तो छ ?

आजको ब्रान्ड पोजिसनअनुसार उत्पादन सुरु गरेको एक वर्षमै हामी ब्रान्ड र गुणस्तर दुवैका हिसाबले अगाडि छौँ । मागका आधारमा यो निष्कर्ष निकालेका हौँ । ढुवानीका कारण सिमेन्ट उद्योगले केही हदसम्म एउटा निश्चित क्षेत्र तोकेर बजारीकरण गर्नुपर्ने पनि हुन्छ । जस्तो पश्चिम नेपालको सिमेन्ट उद्योगले पश्चिममै बजार बनाउन बल गर्छ । पूर्वकोले यस्तै गर्छ । हामी बागमती, नारायणी र गण्डकीमा विशेष ध्यान दिइरहेका छौँ । यो क्षेत्रमा हाम्रो स्थान धेरै माथि छ ।

ओपिसी सिमेन्ट मात्र किन उत्पादन गर्नुहुन्छ ?

कुनै पनि सिमेन्टको आप्mनो विशेष गुण हुन्छ । सिमेन्टमा मुख्य हेरिने भनेकै सेटिङ टाइम र कम्प्रेसिभ स्ट्रेन्थ हो । ओपिसी सिमेन्टको माग बढी छ । नेपालको बजारमा अहिले पिपिसी सिमेन्टबाट ओपिसी सिमेन्टतर्फ झुकाब बढेको देखिएको छ । सिमेन्टको क्षमता नघटी चाँडै काम होस् भन्ने सोच सबैको हुन्छ । अझ भनौँ, उपभोक्ता हतार गर्न थाले । त्यसैले छिटो सेटिङ हुने ओपिसी सिमेन्टको माग बढेको छ । ओपिसी सिमेन्टमा क्लिंकरको मात्रा ९५ देखि ९८ प्रतिशतसम्म हुन्छ । त्यसैले यो चाँडै सेट हुन्छ । उसले प्राप्त गर्ने भारवहन क्षमता चाँडै प्राप्त गर्नुका साथै बलियो पनि हुन्छ । २८ दिनमा यसले पूर्ण क्षमता प्राप्त गर्छ । अर्थात् ढलान गरेको २८ दिनमा यसको पूरा क्षमता आउँछ । त्यसैले ओपिसीको माग बढी छ । त्यसैले हामीले ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आएका छौँ ।

अहिलेको प्रतिस्पर्धामा युनाइटेड सिमेन्ट के कारणले अन्यभन्दा फरक र प्रतिस्पर्धी छ ?

युनाइटेड सिमेन्टले आफूलाई चाहिने क्लिंकर आप्mनै खानीबाट निकाल्छ । आफ्नै र एउटै चुनढुंगा खानी भएकाले एउटै ठाउँबाट ल्याएको कच्चा पदार्थका कारण गुणस्तरमा स्थायित्व र एकरूपता हुन्छ । जुन सिमेन्टमा हुनैपर्ने कुरो हो । त्यो सिमेन्टमा हुनुपर्ने एकरूपता युनाइटेड सिमेन्टसँग छ । क्लिंकर आफैँले बनाउने हँुदा यसको गुणस्तर हाम्रो नियन्त्रणमा रहन्छ । हामी क्लिंकरमा कोहीसँग आश्रित हुनुपर्दैन । त्यस्तै, क्लिंकर स्टोरेज अर्को पक्ष हो । जसरी सिमेन्ट स्टोर गर्न विशेष प्रकारको ओभानो गोदाम चाहिन्छ । क्लिंकर पनि त्यत्तिकै सावधानीसाथ स्टोर गर्नुपर्छ । त्यसैले हामीले क्लिंकर स्टोरेज गर्ने स्थान नै बनाएका छौँ । हाम्रो उद्योग काठमाडौंबाट धेरै नजिक छ । त्यसैले उपभोक्ताले फ्रेस सिमेन्ट पाउँछन् । भोलि ढलान छ भने आज सीधा निर्माणस्थलमा निर्माण गरेलगत्तै ट्रकमा लोड गरेर भोलि बिहान निर्माण स्थलमा झार्न सकिन्छ । त्यसैले हामी काठमाडौंजस्तो बजारमा ताजा सिमेन्ट दिन सक्छौँ ।

अहिले युनाइटेड सिमेन्टको माग र उद्योगको क्षमता कस्तो छ ? मागअनुसार आपूर्ति हुन सकेन भने ढलान रोकिन्छ नि ?

युनाइटेड सिमेन्टले मागअनुसारको आपूर्ति गर्न सक्छ । किनकि यसको दैनिक क्षमता नै २१ हजार बोरा छ । त्यसैले युनाइटेड सिमेन्टको माग र आपूर्ति पनि बढिरहेको छ । कहिलेकाहीँ सिजनको समयमा एक वा दुई दिन ढिला होला । तर, दुई दिनअघि अर्डर आयो भने हामी समयमै डेलिभरी दिन सक्छौँ ।

तपाईं युनाइटेड सिमेन्ट गुणस्तरीय छ भनेर दाबी गरिरहनुभएको छ । सँगै उपहार पनि राख्नुभएको छ । गुणस्तरलाई उपहारको माध्यम चाहिन्छ र ?

कुनै पनि सामान गुणस्तरीय छ भन्ने थाहा पाउन उसले पहिले प्रयोग गर्नुप¥यो । जति मीठो पकवान भए पनि यो स्वादिलो छ भन्ने थाहा दिन कसैलाई चखाउनुप¥यो । अहिलेको उपहार पनि चाख्नका लागि हो । एकपटक युनाइटेड सिमेन्ट प्रयोग गरेपछि ग्राहकले फेरि दोहो¥याएर प्रयोग गर्न उपहार छ कि छैन भनेर खोज्दैन । साथै अर्को ब्रान्डको सिमेन्टमा उपहार रहेछ भने पनि वास्ता गर्दैन । यो सिमेन्ट एकपटक प्रयोग गरेर हेर्नुस् भन्नका लागि उपहार योजना राखेका हौँ । त्यसैले यो लामो समय दिनुपर्दैन । उपहार योजनामा कुनै अन्य वस्तु दिन्छु भनिएको छैन । यही गुणस्तरीय सामान बढी दिन्छु भनेको हो । अर्थात् यो स्किम भनेको गुणस्तरीय सिमेन्ट खोज्नेलाई सहयोग पनि हो ।
प्रस्तुति : सुदीपकुमार ढुंगाना