राजधानीका सडकः जलमग्न कि ढलमग्न ? (फोटो र भिडियोसहित) - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सन्तोष भट्टराई, काठमाडौं/नयाँ पत्रिका   |   असार २५, २०७४

काठमाडौं, देशको राजधानी । यहाँ कहिल्यै पाइला नटेकेकालाई यहाँ के–के न होला जस्तो लाग्न सक्छ । देशका अन्य सहरभन्दा भौतिक पूर्वाधारले समृद्ध, व्यवस्थित बसोबासको केन्द्र तथा सफा र स्वच्छ होला भन्ने कल्पना तिनको मनमा बसेको हुन सक्छ । तर, जब काठमाडौंमा पाइला टेकिन्छ, ती कोरा कल्पनामा सीमित भइदिन्छन् ।
राजधानीमै घरजम गरेका वा काम विशेषले आउने गरेका नेपाली मात्र होइन, नेपालको सुन्दरताको बयान सुनेर रसस्वादन गर्न आउने विदेशी पर्यटक पनि ढलमाण्डुबाट आजित भइरहेका छन् ।

 

एकीकृत विकासको अभावमा विभिन्न मन्त्रालयले मनोमानी रूपमा बाटो भत्काउने कार्य गर्दा हिउँदको समयमा धुलाम्ये र वर्षायाममा हिलाम्ये हुने गरेका सडकको संख्या गनेर साध्य छैन । मानो रोपेर मुरी फलाउने यो समयमा आकाशे पानीको भर गर्ने लाखौँ किसानलाई वर्षाले राहत दिने गरेको छ । तर, राजधानीका सडकमा यात्रा गर्नेहरूका लागि त्यही वर्षा आहत बनेर आउँछ ।

 

आइतबार साँझ त्यस्तै भयो । करिब १५ मिनेटजति परेको दर्कन पानीले पुतलीसडक क्षेत्र जलमग्न बन्यो । सडकमा पानी मात्र बगेन, ढल फुटेपछि सडक ढलमग्न बन्यो । ढल मिसिएको पानीमा हेलिँदै सवारी साधन हुइकिँदा त्यसको मारमा पेटीबाट यात्रा गरिरहेका यात्रुसमेत परे । हुइँकिएका सवारी साधनले छ्यापेको फोहोर पानी शरीरभरी परेपछि धेरै पैदलयात्रुको आक्रोशको पारो चढेको देखिन्थो । ढलमग्न सडकमा यात्रा गर्न मोटरसाइकल, स्कुटर र ट्याक्सी जस्ता साना सवारी साधनलाई पनि निकै सास्ती देखिन्थ्यो ।

 

त्यति नै वेला साइरन बजाउँदै एकजना भिभिआइपीको सवारी चल्यो । बेगसँग हुइँकिएको सवारीले थुप्रै सर्वसाधारणलाई भिज्न बाध्य पार्याे । प्रतिक्रियामा सर्वसाधारण सवारीतिर धारे हात लगाउँदै गरेका देखिए । तर, तिनको पीडा कसले सुन्थ्यो र ? सवारी एकैछिनमा बिलिन भयो, ढलमग्न सडकमा छिटाहान्न फेरि अर्को गाडी आइपुग्यो ।

(भिडियाे हेर्नुस्…)