प्राविधिक शिक्षामा अवसरै अवसर - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

भवानीश्वर गौतम   |   असार २५, २०७४

नेपालमा प्रशस्त रोजगारीका अवसर भएको र स्वरोजगार बन्न सकिने विषय हो, प्राविधिक शिक्षा । पढेर रोजगार बन्न चाहने र उच्च शिक्षा अध्ययन गर्न चाहनेका लागि समेत अवसर रहेको छ प्राविधिक शिक्षामा । अहिले देश पुनर्संरचनामा गएकाले त्यही किसिमका जनशक्तिको ठूलै आवश्यकता खड्किने अवस्था छ ।

यस्ता धेरै अवसर र स्वरोजगार बन्न चाहने एसइई नतिजा आइसकेका विद्यार्थीका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कार्यक्रम हजारौँ विद्यार्थीका लागि उपयुक्त विकल्पका रूपमा रहेका छन् ।

देशको उन्नतिको आधार प्राविधिक शिक्षा भएको धेरैको दाबी छ । सिटिइभिटीका सदस्यसचिव पुष्परमन वाग्लेले रोजगारउन्मुख हुनका लागि प्राविधिक शिक्षा आवश्यक भएको बताउँछन् । सिटिइभिटीका प्राविधिक विषय गरिखाने शिक्षा भएको उनको भनाइ छ । उनी भन्छन्, ‘गाउँ–गाउँमा आर्थिक अवस्था कमजोर भएका मानिसको संख्या धेरै छ, उच्च शिक्षा लिनभन्दा तत्काल आफ्नो जीवनस्तर उकास्न रोजगार वा स्वरोजगारमा लाग्न चाहनेहरूका लागि पनि एकदमै धेरै अवसर रहेको छ ।’

‘सिटिइभिटीले उत्पादन गर्ने जनशक्ति मध्यमस्तरको हो,’ सिटिइभिटीका पूर्वसदस्यसचिव रमेश बखती भन्छन्, ‘हाम्रो उत्पादनले सरकारी, गैरसरकारी क्षेत्रमा रोजगारीको राम्रो अवसर पाएका छन्, कतिपय स्वरोजगार पनि बन्न सक्छन् ।’ भूकम्पले भत्काएका संरचना निर्माण गर्नेदेखि स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा प्राविधिक विषयको स्कोप रहेको छ । गाउँदेखि सहर र निर्माण तथा पुनर्निर्माणका क्षेत्रमा धेरै काम रहेकाले पनि मध्यमस्तरको जनशक्तिको महत्व रहेको बखतीको भनाइ छ । सरकारी जागिर खान चाहनेहरूका लागि पनि यस्ता जनशक्तिको माग बढ्दै गएको पाइन्छ ।

सिटिइभिटीले टिएसइईदेखि तीनवर्षे डिप्लोमासम्मका कार्यक्रम सञ्चालन गरेकाले एसएलसी परीक्षा दिएका कुनै पनि विद्यार्थी प्राविधिक तथा व्यावसायिक शिक्षाबाट वञ्चित हुँदैनन् । सिटिइभिटीका प्रोफेसनल कोर्स र डिप्लोमाका कार्यक्रम रहेकाले विद्यार्थीको क्षमताअनुसार रोजेर पढ्न सक्छन् । टिएसइई सबैले पढ्न पाउँछन् । डिप्लोमा अध्ययनका लागि भने केही मापदण्ड पूरा गर्नुपर्नेछ ।

सिटिइभिटीमा एसइई परीक्षा दिएका विद्यार्थीमध्ये टिएसइई र डिप्लोमा गरी ४५ हजारभन्दा बढीले अध्ययनको अवसर पाउने क्षमता रहेको छ । प्राविधिक शिक्षा, प्राविधिक तालिम र जीविकोपार्जनका रूपमा व्यावसायिक तालिम तथा शिक्षा दिनुपर्ने सुझाबसमेत आउने गरेका छन् ।

३३१ मा डिप्लोमा कार्यक्रम
सिटिइभिटीका सदस्यसचिव पुष्परमन वाग्लेका अनुसार अहिलेसम्म कुल तीन सय ३१ वटा संस्थामा सिटिइभिटीको डिप्लोमा कार्यक्रम सञ्चालन भइरहेको छ । यी संस्थाहरूमा १८ हजार क्षमता रहेको छ । सम्बन्धन प्राप्त दुई सय ८०, आंगिक ३० र २१ वटा सार्वजनिक विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

सिटिइभिटीमा सबैभन्दा धेरै संस्था नर्सिङ पढाउनेछन् । नर्सिङ पढाउने संस्था १ सय रहेका छन् । स्वास्थ्य सहायक (एच.ए.) पढाउने ५० रहेका छन् । फार्मेसी पढाउने ३१ र ल्याब अध्यापन गराउने ५१ तथा रेडियोग्राफी अध्यापन गराउने संस्था १८ वटा रहेका छन् । त्यसैगरी, सिभिल अध्यापन गराउने ३७, इलेक्ट्रिक अध्यापन गराउने १०, इलेक्ट्रोनिकको ६, कम्प्युटरको २२ संस्था रहेका छन् । त्यस्तै, आर्किटेक्चरको २, कृषिको ३९, वनको २०, आयुर्वेदको २, भेटेनरीको १४ लगायत २४ वटा विषयमा प्राविधिक शिक्षा दिने संस्थाहरू नेपालभर छरिएर रहेका छन् । टिएसइई पढाउने संस्था ३ सय ३३ रहेका छन् । डिप्लोमा तीनवर्षे कार्यक्रम हुन् भने टिएसइई १८ महिने र १२ महिने रहेको छ ।

डिप्लोमालाई उच्च शिक्षामा पनि अवसर
सिटिइभिटीको डिप्लोमा कार्यक्रम अध्ययन गरेका विद्यार्थीहरूका लागि रोजगार वा उच्च शिक्षामा लाग्ने विकल्प रहेको छ । सिटिइभिटीको कार्यक्रम अध्ययन गर्नेलाई १० वटै विश्वविद्यालयमा उच्च शिक्षाका लागि खुला भएको दाबी छ । सिटिइभिटीको ओभरसियर पढेकाले स्नातकमा इन्जिनियर, स्टाफ नर्सले बिएन, आइएससी एजी पढेकाले विएससी एजी, एचए पढेकाले एमबिबिएस पढ्न सक्ने व्यवस्था छ । सदस्यसचिव वाग्लेले डिप्लोमा अध्ययन गरेकाले उच्च शिक्षामा अवसर रहेको र रोजगारी नगरेर उच्च शिक्षा चाहेमा वा नाम निकालेमा अध्ययन गर्न सक्ने अवस्था छ ।

गलत धारणा हाबी
कक्षा १० को परीक्षामा कमजोर नतिजा भएकाले विद्यार्थीले प्राविधिक शिक्षा लिने भन्ने गलत अवधारणा फैलिएको सिटिइभिटीका पदाधिकारीको गुनासो छ । राम्रो ग्रेड ल्याएका विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरेमा छिटो प्रगति गर्न सक्ने र त्यसले देशको समृद्धि बनाउने उनीहरूको भनाइ छ । कक्षा ११ मा कतिपय साधारण विषय अध्ययनका लागि तोकिएको मापदण्डभन्दा फरक ढंगले डिप्लोमा कार्यक्रम अध्ययनका लागि मापदण्ड तोकिएको छ । साधारण विषयका लागि न्यूनतम जिपिए १.६ तोकेको छ भने सिटिइभिटीका डिप्लोमा कार्यक्रम अध्ययनका लागि न्यूनतम जिपिए २.० निर्धारण गरिएको छ । डिप्लोमा कार्यक्रममा विज्ञान र गणितका विषयमा आएको ग्रेडलाई प्राथमिकतामा राखिएको छ ।

स्थानीय तह र पुनर्निर्माणमा बढ्दो अवसर
अहिले स्थानीय तहको पुनर्र्संरचना भएपछि केही प्राविधिक जनशक्तिको माग बढ्दो छ । स्थानीय तहमा विभिन्न प्राविधिक जनशक्ति राख्नेसमेत तयारी भइरहेको छ । त्यसैगरी, भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणमा पनि ओभरसियर तथा सबओभरसियरको माग धेरै छ ।

सिटिइभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरूको साझा संस्था स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका अध्यक्ष कश्यप पौडेलले देशको पुनर्संरचना भएकाले अब स्थानीय तहमा प्राविधिक जनशक्तिको ठूलो माग हुने अवस्था आएको बताउँछन् । हरेक गाउँपालिका, नगरपालिकामा ओभरसियर, सबओभरसियर, नर्स, स्वास्थ्य सहायक, ल्याब टेक्निसियनजस्ता जनशक्ति आवश्यक पर्छ । त्यसबाहेक पनि अन्य विभिन्न सीपमूलक शिक्षा हासिल गरेका प्राविधिक जनशक्तिको आवश्यकता पर्नेछ । तर, अहिले प्राविधिक शिक्षा हासिल गरेका युवा जनशक्ति मागअनुसार नभएको पौडेलको भनाइ देखिन्छ ।

कस्ता विद्यार्थीले सिटिइभिटीमा पाउँछन् भर्ना ?

पुष्परमन वाग्ले, सदस्यसचिव, सिटिइभिटी

गाउँगाउँमा आर्थिक अवस्था कमजोर भएका मानिसको संख्या धेरै छ, उच्च शिक्षा लिनभन्दा तत्काल आफ्नो जीवनस्तर उकास्न रोजगार वा स्वरोजगारमा लाग्न चाहनेका लागि पनि एकदमै धेरै अवसर छ ।

जिपिए २ र तीन विषयमा ग्रेड ‘सी’ चाहिने विषय
प्रमाणपत्र तहका नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स (डेन्टल हाइजिन), डाइग्नोस्टिक रेडियोग्राफी, होमियोप्याथी, सामान्य आयुर्वेदिक चिकित्सा, अप्थाल्मिक विज्ञान, अकुपन्चर, डिप्लोमा इन फार्मेसीजस्ता विषयका लागि एसइईमा न्यूनतम जिपिए २ ल्याएको र अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको छ । ग्रेड प्रणाली लागू हुनुभन्दा पहिलेका विद्यार्थीको हकमा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एसएलसी वा सोसरहको परीक्षा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण गरेको वा कुल प्राप्तांकमा ४५ प्रतिशत अंक प्राप्त गरेको वा एसएलसी उत्तीर्ण भई परिषद् वा त्रिभुवन विश्वविद्यालयबाट यसबमोजिम सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित प्राविधिक एसएलसीको कुल पूर्णांकमा क्रमशः ६८.३३ र ६६.६७ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ । एसइई (प्राविधिक धार)को योग्यताका हकमा उल्लिखित शैक्षिक कार्यक्रमका लागि तोकिएको प्रतिशतभित्र पर्ने ग्रेड कायम हुनेछ ।

न्यूनतम ‘सी’ ग्रेड चाहिने कार्यक्रम
डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन एग्रिकल्चर (पशुविज्ञान), डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजी, डिप्लोमा तहका डिप्लोमा इन फरेस्ट्री, सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, जिओमेटिक्स इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, अटोमेकानिकल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी (आइटी), कम्प्युटर इन्जिनियरिङ, होटेल म्यानेजमेन्ट विषय अध्ययनका लागि एसइई परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने व्यवस्था गरेको थियो । पछि केही व्यवस्था परिवर्तन गरेको छ । इन्जिनियरिङका कार्यक्रममा इंग्लिसमा डी प्लस भए पनि हुने, तर साइन्स र म्याथमा सी ग्रेड नै चाहिन्छ । एग्रिकल्चर र होटेल म्यानेजमेन्ट अध्ययन गर्न गणित, अंग्रेजी र विज्ञानमध्ये कुनै दुईमा सी ग्रेड चाहिने गरी व्यवस्था गरेको छ । ९ र १० मा प्राविधिक धारबाट गएका विद्यार्थीलाई जुन विषय हो, त्यही विषय पढेमा जिपिए १.६ ले पनि पढ्न पाउने व्यवस्था छ । विषय परिवर्तन गरेमा एसइईको मापदण्ड लागू हुने व्यवस्था छ ।

प्राविधिक जनशक्ति बढाउने योजनामा छौँ
शान्तबहादुर श्रेष्ठ
शिक्षासचिव
अहिले हामी मुलुकको समृद्धिबारे छलफल गरिरहेका छौँ । कुनै पनि मुलुक समृद्ध हुनका लागि नयाँ ‘इनोभेसन’ चाहिन्छ । हामी रोजगारीको कुरा गरिरहेका छौँ । रोजगारीका लागि सीप चाहिन्छ । अहिले हामीले कतिपय अप्राविधिक शिक्षा दिइरहेका छौँ । त्यो शिक्षाले प्रमाणपत्र दियो तर व्यावहारिक रूपमा सरकारी र निजी क्षेत्रलाई चाहिने जनशक्ति तयार गर्न सकेनौँ । जसले गर्दा रोजगारीको अवसर मुलुकभित्रै सिर्जना गर्न र आवश्यक जनशक्ति खोज्दा योग्य जनशक्ति पाउन अहिले पनि समस्या छ ।

उच्च तहमा अनुसन्धान गरेर नयाँ वस्तु र सेवाको उत्पादन गरी समृद्धितर्फ लैजान उच्चस्तरको जनशक्ति चाहिएको छ । त्यस्तै, तल्लो स्तरमा अर्थात् मध्यम स्तरमा आमनागरिक रोजगार हुने र मध्यमस्तरीय जनशक्ति आवश्यक छ । आज कैयौँ उद्योग कलकारखानामा चाहिने जनशक्ति नेपालको भन्दा बढी विदेशका छन् । नेपालीहरू नेपालभित्र मात्रै नभएर पचास लाख देशबाहिर छन् । उनीहरूलाई पनि प्राविधिक शिक्षा दिन सकेको भए राम्रो काम गर्थे । अहिले सीप नहुँदा ‘डिफिकल्ट, डर्टी र डेन्जर’ कामभन्दा अलिकति जटिल नहुने र राम्रो काम गर्थे । त्यसैले अब प्राविधिक शिक्षा जरुरी छ ।

अहिलेसम्म नेपालको शिक्षामा एकदमै कम प्राविधिक जनशक्ति छ । नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयमा जम्मा १३ प्रतिशत मात्र प्राविधिक जनशक्ति देखिन्छ ।

अहिले पनि नेपालमा पाँच लाखले कक्षा १० पास गर्छन् । अधिकांशले प्राविधिक शिक्षाभन्दा साधारण शिक्षा अध्ययन गरेको पाइन्छ । प्राविधिक शिक्षा लिनेको संख्या कम छ । प्राविधिक शिक्षाको महत्व बढिरहेको छ । अबको प्राविधिक शिक्षाको महत्व बढाउन निजी क्षेत्रसँग सहकार्य पनि आवश्यक छ । कस्तो जनशक्ति बजारमा आवश्यक छ, त्यही आवश्यकताका आधारमा जनशक्ति उत्पादन गर्न छलफल आवश्यक छ । हामीले कस्तो शिक्षा आवश्यक छ भनेर आंकलन गरी त्यहीअनुसारको जनशक्ति उत्पादन नगर्ने हो भने त्यसको महत्व छैन ।

अब मुलुकको समृद्धि, रोजगारी र नवप्रवर्तनका लागि प्राविधिक शिक्षा जरुरी छ । एउटा सानोे उदाहरणका लागि फेसबुकलाई लिन सकिन्छ । जुगरबर्गले आफ्नो एउटा सानो सीप लगाएर फेसबुक एप्लिकेसन बनाए, उनी अहिले अर्बपति भए । सामसुङ मोबाइल बनाउने अर्बपति भए । एउटा कोकाकोला कम्पनीको आम्दानी नेपालको वार्षिक बजेटभन्दा बढी हुन लाग्यो । त्यसैले जोसँग आइडिया छ, इनोभेसन गर्छ, त्यो मुलुकले नै बढी आय आर्जन गर्दछ । अबको समयमा मध्यमस्तरको जनशक्तिका लागि पनि प्राविधिक शिक्षा धेरै आवश्यक छ ।

हामीले प्राविधिक शिक्षालाई प्राथमिकता दिने सोच बनाएका छौँ । जुनसुकै क्षेत्रबाट आएको भए पनि माथि जान सक्ने गरी व्यवस्था गर्दै छौँ । अबको शिक्षा प्राविधिक भयो भने मुलुकको समृद्धि हुन्छ ।

प्राविधिक क्षेत्रमा सिटिइभिटीबाट उत्पादन भएको जनशक्ति धेरै महत्वपूर्ण बनेको छ । त्यो मध्यमस्तरीय जनशक्ति नेपालभित्र र बाहिर उत्तिकै आवश्यक छ । नेपालबाहिर गएर पनि सरल रूपमा प्राविधिक काम गर्ने जनशक्ति सिटिइभिटीको नै हो । प्राविधिक शिक्षा लिएकाहरू विदेशमा गएर पनि सरल काम र राम्रो आम्दानी गर्न सफल भएका छन् । त्यसैले सिटिइभिटीको डिप्लोमा तहको प्राविधिक कार्यक्रम महत्वपूर्ण छ । हामीले यस्ता मध्यमस्तरको जनशक्ति बढाउन खोजेका छौँ । कैयौँ सामुदायिक विद्यालयमा पनि सिटिइभिटीका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छाँै । तीन वर्षे प्राविधिक जनशक्ति बढाउँदै छौँ । अहिले ४०÷४२ हजार प्राविधिक जनशक्ति उत्पादन भएका छन् । अब प्राविधिक र रोजगारमूलक शिक्षामा हाम्रो ध्यान गएको छ । त्यहीअनुसार शिक्षा मन्त्रालयले योजना बनाएको छ ।

स्वास्थ्यमा रोजगारका धेरै अवसर
डा. किरण रेग्मी
स्वास्थ्यसचिव
प्राविधिक शिक्षाले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्दै गएको छ । प्राविधिक शिक्षा र स्वास्थ्य एक आपसमा नङ र मासुको जस्तो सम्बन्ध पाइन्छ । डाक्टर, नर्स, पारामेडिक, ल्याव, रेडियोग्राफी, फार्मेसी जस्ता धेरै क्षेत्रका स्वास्थ्यकर्मीहरू प्राविधिक क्षेत्रबाटै आएका हुन्छन् । यी शिक्षा क्षेत्रबाट निस्किने प्राविधिकहरू हुन् । तर, हामीलाई कस्ता प्राविधिक चाहिन्छ भन्ने मुख्य कुरा हो । हामी तीन तहको संघीय संरचनामा जाँदै छौँ । तीन तहमै स्वास्थ्यले अलगअलग किसिमको अवधारणा ल्याएको छ । स्वास्थ्य सबैको अहिले हामीलाई २० हजार पारामेडिक्स, ३० हजार नर्स, १० हजार मेडिकल अफिसर, १० हजार प्रशासनिक र सहायक पोस्टमा कर्मचारी आवश्यक छ । तर, अहिले स्वास्थ्य मन्त्रालयसमक्ष कर्मचारी छैनन् ।

स्वास्थ्य र शिक्षाको पाटो फरक परेको छ । आजका दिनसम्म शिक्षा मन्त्रालयले पढाउने र स्वास्थ्यले रोजगारी दिनुपर्ने अवस्था छ । स्वास्थ्य नितान्त प्राविधिक विषय भएकाले आगामी दिनमा स्वास्थ्य र शिक्षा मन्त्रालयले समन्वय गरी अघि बढ्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयलाई कति जनशक्ति आवश्यक पर्ने हो । कुनकुन विधाका कर्मचारी आवश्यक पर्ने हो, छलफल गरेर भर्ना खुलाएको अवस्थामा राम्रो हुन्छ ।

नम्बरभन्दा गुणस्तरीयतामा जोड दिने वेला आएको छ । कतिपय निजी स्वास्थ्य संस्थाहरूमा प्रयोगात्मक शिक्षा नै पुगेको पाइँदैन । अनुगमनलाई थप प्रभावकारी बनाई विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्छ । स्थानीय तहमा जाँदै गर्दा धेरै छलफल आवश्यक छ । अहिलेको अवस्थामा हामीलाई प्राविधिक क्षेत्रका स्वास्थ्यकर्मीको आवश्यक छ । स्थानीय तहमा स्वास्थ्यकर्मी पठाउने, हेल्थपोस्टमा डा. पठाउने भन्दै गर्दा त्यहाँ ल्याब, रेडियोग्राफी पनि आवश्यक पर्छ । सरकारसँग बिरामी बेहोस् बनाउने एनेस्थेसियाको संख्या अत्यन्तै कम छ । यस्ता जनशक्तिको उत्पादन पनि आवश्यक छ । नेपालमा प्राविधिक शिक्षाको अध्यापन गरेका विद्यार्थीले बेरोजगारी हुन्छु कि भन्ने डर लिनु पर्दैन । हामीलाई नै कम भइरहेकाले ढुक्कले प्राविधिक शिक्षाको अध्ययन गर्नु उपयुक्त हुन्छ ।