उद्योगको आवश्यकताअनुसार प्राविधिक कोर्स - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार २५, २०७४

गोपाल खनाल
सभापति, शिक्षा तथा सीप विकास समिति,
नेपाल उद्योग वाणिज्य महासंघ

नेपालमा प्राविधिकभन्दा बाहिरका विधाहरू (धार)को जनशक्ति धेरै उत्पादन भइरहेको छ । तर, हाम्रो बजारलाई प्राविधिक धारको जनशक्तिको बढी खाँचो छ । अहिले प्राविधिक विषयलाई प्राथमिकता दिने क्रम बढ्दो छ । मध्यमस्तरको जनशक्ति सिटिइभिटीले उत्पादन गरिरहेको छ । यो जनशक्तिलाई अझ राम्रो र आवश्यकताका आधारमा उत्पादन गर्नुपर्छ ।

नेपालमा प्राविधिक जनशक्ति उत्पादन भएमा विदेश पलायन हुने क्रम पनि रोक्न सकिन्छ । दक्ष जनशक्तिका लागि नेपालमै अवसर छन् । त्यसका लागि सिटिइभिटीले चलाइरहेका प्राविधिक विषयका कार्यक्रममा सुधारको आवश्यकता पनि छ । नेपालका उद्योग व्यवसायका क्षेत्रमा प्राविधिक जनशक्ति आवश्यक छ । नेपालका उद्योग–व्यवसायलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षा चाहिएको छ । सिटिइभिटीबाट उद्योग–व्यवसायलाई आवश्यक भएको जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता देखिन्छ । जसलाई जस्तो जनशक्ति चाहिएको छ, त्यस्तैलाई आधार मानेर जनशक्ति उत्पादन गर्नुपर्छ ।

अहिले नेपालका उद्योग–व्यवसायमा काम गर्नेमध्ये धेरै जनशक्ति बाहिरबाट आएको छ । नेपालका कलकारखानाका लागि उपयुक्त हुने जनशक्ति नेपालमा उत्पादन गर्नुपर्ने आवश्यकता छ । सिटिइभिटीले जनशक्ति उत्पादन गर्दा कस्ता जनशक्ति नेपालमा आवश्यक छ भनेर उद्योगी–व्यवसायीसँग छलफल गर्नुपर्छ । उसले प्राविधिक शिक्षाको कोर्स बनाउने समयमा नै निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने र त्यहीअनुसारको पाठ्यक्रम बनाउनुपर्छ । नेपालका उद्योग–व्यवसायका क्षेत्रमा नेपालकै प्राविधिक जनशक्तिको संख्या एकदमै थोरै छ । केही प्रतिशतबाहेक अरू जनशक्ति बाहिरबाटै लिएको पाइन्छ । नेपालमा अहिले डेरी, प्लाइउड फ्याक्ट्री, सिमेन्ट, डन्डी र जलविद्युत्मा पनि देशबाहिरबाट धेरै जनशक्ति ल्याइएको छ ।

नेपालको प्राविधिक शिक्षालाई राम्रो बनाउन केही सुधार गर्न सकिन्छ । देशमा ९ देखि १२ कक्षासम्म प्राविधिक शिक्षा दिने संस्था धेरै हुनुपर्छ । ९–१२ मा प्राविधिक कक्षा सञ्चालनका लागि निजीलाई पनि स्वीकृति दिनुपर्छ । नमुना प्राविधिक संस्थाका रूपमा सातवटै प्रदेशमा पब्लिक प्राइभेट पार्टनरसिप मोडेलमा संस्थाहरू सञ्चालन गर्नुपर्छ । निश्चित मापदण्ड बनाएर सञ्चालन गर्न दिनुपर्छ । नौ कक्षाबाटै प्राविधिक विषय सुरु गर्दा पछि कुन विषयमा दक्ष हुने भन्ने कुरालाई सहयोग हुन्छ ।

प्राविधिक शिक्षा लिनेको विदेशमा पनि राम्रो कमाइ
नेपालबाट अवसरको खोजीमा विदेश जाने युवाको संख्या ठूलो छ । कामको खोजीमा जाने युवामध्ये अधिकांश अदक्ष कामदार छन् । प्लस टु तथा स्नातक तहसम्मको शिक्षा लिएका युवा विदेशमा गए पनि राम्रो आम्दानी गर्न मुस्किल रहेको छ, यसको कारण हो– साधारण शिक्षा लिए, तर सीप प्राप्त गरेनन् ।

सीप भएको युवा विदेशमा काम गर्न जाँदा उसलाई सम्मान मात्र होइन, कामबापत पाउने पारिश्रमिकमा पनि धेरै फरक रहेको छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले प्राविधिक शिक्षा लिएको र नलिएकामा धेरै फरक रहेको बताए । डाक्टर, इन्जिनियर, नर्सिङ अध्ययन गरिरहेकामा मात्र होइन, सामान्य कामदारमा समेत धेरै फरक हुने बताए । लेबरमै जानेमा पनि प्राविधिक शिक्षा वा सीप लिएकाहरूको मासिक तलबमा धेरै रकम फरक पर्ने उनको भनाइ छ । ढकालका अनुसार अहिले दैनिक ५–६ सय वैदेशिक रोजगारमा गइरहेका छन् ।

देशका बहुसंख्यक युवा जनशक्ति बर्सेनि स्वदेशमा अवसर नभएको भन्दै वैदेशिक रोजगारीमा जाने गरेका छन् । त्यसरी वैदेशिक रोजगारीमा जाने अधिकांश अदक्ष कामदार रहने गरेका छन्, जसका कारण ठूलो संख्यामा युवा जनशक्ति वैदेशिक रोजगारमा रहे पनि देशमा उल्लेख्य विप्रेषण भित्रिन सकेको छैन । अदक्ष कामदार भएकै कारण उनीहरूले गर्ने काम पनि कठिन र बढी शारीरिक परिश्रम गर्नुपर्ने खालका हुने गरेका छन् ।