एसएलसीपछि नै प्राविधिकतर्फ लागेकोमा दंग छु - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार २५, २०७४

डा. दिनेशचन्द्र देवकोटा
पूर्वउपाध्यक्ष
राष्ट्रिय योजना आयोग

प्राविधिक शिक्षाको महत्व नेपालमा मात्र होइन, विश्वभर छ । प्राविधिक शिक्षा भन्नेबित्तिकै जीविकोपार्जन, व्यवसायसँग जोडिएको हुन्छ । नेपालमा जसरी प्राविधिक शिक्षालाई जीविकोपार्जन शिक्षासँग जोडेर लैजानुपथ्र्यो, त्यसरी लैजान सकिएको छैन । प्राविधिक शिक्षालाई हाम्रो जीवन अगाडि बढाउने शिक्षाका रूपमा तल्लो तहदेखि नै लैजानुपथ्र्यो ।

नेपालमा धेरै ठूलो रकम गैरप्राविधिक शिक्षामा खर्च भइरहेको छ । तर, त्यसले रोजगारी सिर्जना गर्न सकेको छैन । बाहिरी देशमा माध्यमिक तहबाटै प्राविधिक विषय छनोट गरी जागिर खान सुरु गरिन्छ । त्यसैबाट जीवन चलिरहेको हुन्छ । २०–२५ वर्षको भएपछि त्यही क्षेत्रको ‘हाई लेभल प्रोफाइल’को काम गर्छन् । विदेशमा यो लेभलमा धेरै खर्च छ । हामीले व्यावहारिक शिक्षा भनिरहेका छौँ, वामपन्थीले जनवादी शिक्षा भन्ने गर्छन्, त्यो भनेको प्राविधिक शिक्षा नै हो ।

एउटा व्यक्तिलाई जीविकोपार्जन गराउने शिक्षा प्राविधिक शिक्षा हो । ठूलो जमातलाई जीविकोपार्जन गराउने शिक्षा आजको आवश्यकता हो ।

आज ओभरसियर, एचए, पर्यटन जे पढे पनि सीप सिकेर काम गर्छ । र, पछि उसले पिएचडी पनि गर्न सक्छ । अहिले निजीकरणका नाममा प्राविधिक शिक्षा महँगो भएको छ । जसलाई प्राविधिक शिक्षा चाहिएको छ, त्यो वर्गले गरिबीका कारण अध्ययन गर्न नसक्ने अवस्था छ । जसलाई चाहिएको छैन, जसले प्राविधिक शिक्षा लिएर तल्लो स्तरको कामै गर्दैन, त्यो वर्गले पढेर काम छैन । जस्तोः हामीले स्टाफ नर्स उत्पादन गरिरहेका छौँ । चार–पाँच लाख रुपैयाँ तिरेर स्टाफ नर्स पढ्नेहरू त्यसमा काम नै गर्दैनन् । हामीले पढाएका स्टार्फ नर्स धेरै जसो अस्ट्रेलियाका कामदार भएका छन् । हाम्रो जस्तो गरिब मुलुकले अस्ट्रेलियाका लागि नर्स पढाउने हो ? प्राविधिक शिक्षालाई जसरी प्राथमिकतामा राखेर काम गर्नुपर्ने थियो, त्यो गर्न सकिएको छैन ।

योजना निर्माणमा केन्द्रित आयोग
राष्ट्रिय योजना आयोगले कति जनशक्त आवश्यक छ भनेर प्रक्षेपण गर्नैपर्छ । त्योअनुसारको जनशक्ति उत्पादनका लागि योजना बनाउनुपर्छ । यो काम गर्न आवश्यक छ वा छैन भन्ने प्रश्नै हुँदैन, योजना आयोगमा बस्नेले कति जनशक्ति आवश्यक छ भन्ने योजना बनाउनैपर्छ । त्यसका लागि योग्य व्यक्ति आयोगमा पुग्नुपर्छ । हामीलाई प्रतिव्यक्ति आय बढाएर १ हजार डलर बनाउनुपरेमा कति हाइड्रो बनाउने, बाटो कति बनाउने, खानेपानी कसरी पुर्‍याउने, शिक्षामा कति लगानी गर्ने भन्ने योजना बनाउनुपर्छ । त्यो काम गर्न कति जनशक्ति आवश्यक छ भनेर योजना आयोगले प्रक्षेपण गर्नुपर्छ र त्यसको कार्यान्वयन पनि हुनुपर्छ । राजनीतिक अस्थिरताले पनि योजना आयोगले चाहेजस्तो काम गर्न सकेको छैन । योजना आयोगले वार्षिक, तीनवर्षे वा कति वर्षे योजना बनाउनुपर्ने हो, त्यो बनाएपछि कति डाक्टर, कति इन्जिनियर, कति सोसल साइन्सको जनशक्ति चाहिन्छ, त्यति नै उत्पादन गर्नुपर्छ । यो मुलुकमा सोसल साइन्सको पनि उत्तिकै महत्व छ । अर्थशास्त्र, जनसंख्याको पनि महत्व छ । हामीले प्राविधिक शिक्षा मात्रै भनेर साँघुरो बनाउन हुँदैन । प्राविधिक ‘माइन्ड सेटअप’ ले सबै विधामैत्री बनाउनुपर्छ ।

एसएलसीपछि प्राविधिक शिक्षाको यात्रा
मैले एसएलसीपछि प्राविधिक शिक्षा लिएको हुँ । एसएलसीपछि ओभरसियर पढेको हुँ । ओभरसियर पढेर मैले तीन वर्ष काम गरेँ । तीन वर्ष काम गरेर फेरि चार वर्ष बिई पढेँ । बिई पढेपछि फेरि तीन वर्ष काम गरेर एमई गरेँ । एमई गरेको चार वर्षमा पिएचडी गरेँ । त्यतिवेला एचए पढेका साथीहरू डाक्टर बनेका छन् । पहिले एचए पढेकाहरू विज्ञताका हिसाबले धेरै माथि पुग्नुभएको छ । डा. भगवान् कोइरालाले एचए पढ्नुभएको हो । ओभरसियर पढेका धेरै माथि पुगेका छन् । तर, हाम्रो संस्कार प्राविधिक शिक्षा पढ्ने गरिबका छोराछोरी र कमजोरले हो भन्ने गलत मानसिकता रहेको छ । यो सोचाइले गरिब, मध्यम वर्ग माथि आउँदैन । २०४० को दशकभन्दा पनि हाम्रो अहिलेको संस्कार व्यवसायीकरण र निजीकरणका नाममा प्राविधिक शिक्षा उपेक्षित भइरहेको छ ।

एसएलसीपछि प्राविधिक शिक्षामा लागेकोमा म एकदमै सन्तुष्ट छु । म दंग छु । हिजो ओभरसियर पढेर २०३७÷०३८ सालमा डडेल्धुरामा काम गरेको अनुभव लिएँ । म १८–१९ वर्षको व्यक्तिजसरी खटेर काम गरेको थिएँ, खुसी छ ।

अहिले क्यानडा, अमेरिकालगायत देशबाट नेपालमा स्वयंसेवकका रूपमा काम गर्न पठाइएको हुन्छ । उनीहरूलाई दुःखमा मानिस कसरी बस्छन् भनेर सिक्न पठाएको हो । तल्लो तहबाटै प्राविधिक शिक्षा लिँदा बढी अनुभवी र व्यावहारिक भइन्छ । एउटा प्रशासनिक क्षेत्रमा सुब्बाबाट काम गरेको व्यक्ति सचिव हुँदा जति परिपक्व र व्यावहारिक हुन्छ प्राविधिक क्षेत्रमा पनि त्यस्तै हुन्छ । सुब्बाबाट अधिकृत, उपसचिव, सहसचिव भएर धेरै अनुभव बटुलेका कारण व्यावहारिक हुन्छ । म पनि ओभरसियरबाट काम सुरु गरेकाले धेरै कुरा सिक्ने अवसर पाएँ ।