सन् २०१८ नेपाल भ्रमण वर्ष - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

अच्युत पुरी, काठमाडाैँ   |   असार २५, २०७४

आर्थिक वर्ष ०७३-७४ को नीति तथा कार्यक्रममार्फत घोषित कार्यक्रम सरकारद्वारा स्वीकृत –

आर्थिक वर्ष ०७३-७४ को नीति तथा कार्यक्रममार्फत घोषित ‘नेपाल भ्रमण वर्ष २०१८’ लाई सरकारले स्वीकृत गरेको छ । मुख्यसचिव सोमलाल सुवेदीले नेपाल भ्रमण वर्ष २०१८ लाई सरकारले स्वीकृत गरेको जानकारी दिए ।

शुक्रबार होटेल संघ नेपाल (हान)को अर्धवार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल भ्रमण वर्ष २०१८ लाई सरकारले स्वीकृत गरिसकेको छ । त्यसमा स्थानीय तहसँग समन्वय गर्ने भन्ने विषयलाई समावेश गरी निर्णय गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गर्छु ।’ उनले पर्यटन मन्त्रालयलाई आफैँले निर्णय गरेर कार्यान्वयन गर्ने काम कार्यान्वयनमा ल्याउन र मन्त्रिपरिषद्बाट स्वीकृत गर्नुपर्ने विषय भए प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिएका छन् ।

हट्यो अन्योल
१० लाख पर्यटक भित्राउने लक्ष्यसहित घोषणा गरिएको यो कार्यक्रम कार्यान्वयन हुने हो या होइन भन्नेमा लामो समय अन्योलमा थियो । लामो समय मन्त्रिपरिषद्मा अड्किएको यो कार्यक्रम मन्त्रिपरिषद्बाट अनुमोदन नभई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा फिर्ता भएपछि अन्योल बढेको थियो । ‘सरकार परिवर्तन भएसँगै यो कार्यक्रम मन्त्रिपरिषद्बाट मन्त्रालयमा फिर्ता आएको पर्यटन मन्त्रालयले जानकारी दिएको थियो । मुख्यसचिव सुवेदीका अनुसार अहिले यो कार्यक्रमलाई सरकारले स्वीकृत गरिसकेको छ । अब पर्यटन मन्त्रालयले आफैँ निर्णय गरेर हुने गतिविधि सीधै कार्यान्वयनमा ल्याउन सक्नेछ भने मन्त्रिपरिषद्को निर्णय आवश्यक भए प्रक्रिया अगाडि बढाउन सक्नेछ ।

स्थानीय तहको भूमिका महत्वपूर्ण
नेपाल भ्रमण वर्ष २०१८ सफल बनाउन अब स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै मुख्यसचिव सुवेदीले स्थानीय तहसँग समन्वय गर्ने शीर्षकसमेत थप गर्न मन्त्रालयलाई निर्देशन दिए । यसअघि होटेल संघ नेपाल (हान)ले पर्यटन विकास र प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै यसका लागि पहल गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको थियो ।

१० लाख पर्यटक भित्र्याउने लक्ष्य
भिजन २०२० कार्यान्वयन गरी सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । तर, अप्रिल सन् २०१५ (वैशाख २०७२) को भूकम्प र त्यसपछि उत्पन्न विविध प्रतिकूल परिस्थितिका कारण उक्त लक्ष्य असफल भएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । चालू आव ०७३-७४ को नीति तथा कार्यक्रममार्फत सरकारले १० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । तर, कार्यक्रम कार्यान्वयनमा आउन ५ महिना पनि बाँकी नरहेको अवस्थामा सरकारले यो अभियानलाई समेत प्राथमिकता दिन सकेको छैन ।

यसअघि नेपालले सन् २०११ मै १० लाख पर्यटक ल्याउने गरी नेपाल पर्यटन वर्ष मनाइसकेको थियो । त्यसको प्रभावस्वरूप सन् २०१२ मा इतिहासमै सर्वाधिक ८ लाख ३० हजार ९२ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसयता नेपाल आउने पर्यटक संख्या निरन्तर घट्दै गएको छ ।

प्रभावकारी कार्यान्वयनको माग
मन्त्रालयका उच्च अधिकारीहरू यो कार्यक्रम पनि राजनीतिक अस्थिरता र खिचातानीको सिकार भएको स्वीकार गर्छन् । यस्तै निजी क्षेत्रका व्यवसायीले पनि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने यस्ता कार्यक्रम फाइलमा सीमित हुनु दुःखद भएको बताएका छन् । ‘सन् २०१८ लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा भए पनि सरकार परिवर्तनपश्चात् सबै कार्ययोजना फाइलमा मात्र सीमित छन्,’ हानका अध्यक्ष अमरमान शाक्यले भने, ‘यसको प्रभावकारी कार्यान्वयनको माग गर्छौँ ।’

वर्तमान नीति तथा कार्यक्रम आएपछि पर्यटन मन्त्रालयमा तीनजना मन्त्री फेरिएका छन् । यसको प्रत्यक्ष असर भ्रमण वर्ष २०१८ को तयारीसहित अन्य धेरै कार्यक्रममा परेको छ । मन्त्रालयका अधिकारीहरूले राजनीतिक नेतृत्वमा हुने परिवर्तनका कारण हवाई क्षमता अभिवृद्धिसहित पर्यटनका धेरै कार्यक्रम प्रभावित भएको बताएका छन् ।

पर्यटन बोर्डको आफ्नै तयारी
सरकारले नीति तथा कार्यक्रममार्फत सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेसँगै पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवारीप्राप्त निकाय नेपाल पर्यटन बोर्डले अहिले सोही अभियानलक्षित विविध गतिविधि गरिरहेको छ । सोही क्रममा बोर्डले युरोपमा ‘भिजिट युरोप इयर २०१७’ अभियान सञ्चालन गरिरहेको छ । यस अभियानअन्तर्गत युरोपका विभिन्न मुलुकमा सवारीसाधनमा नेपाल प्रवद्र्धन हुने विषयवस्तु बोकेका स्टिकर टाँस्ने, दूतावास र गैरआवासीय नेपाली संघसँगको समन्वयमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन भइरहेका छन् । बोर्डले अहिले विदेशी सञ्चारमाध्यमबाट पनि नेपालसम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण गरिरहेको छ । बोर्डले आधिकारिक वेबसाइटबाट समेत नेपाल प्रवद्र्धन हुने खालका सामग्री (भिडियो, तस्बिरलगायत)बाट पनि भ्रमण वर्ष लक्षित बनाएको जनाएको छ ।