यस वर्ष देशभर औसत मात्र वर्षा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

वीरेन्द्र ओली, काठमाडौं   |   असार २५, २०७४

रोपाइँ र खाद्यान्न उत्पादनमा भने ठूलो असर नपर्ने-

यस वर्ष समयमै सुरु भए पनि मनसुन औसत मात्र रहेको छ । आकासेपानीको भरमा रोपाइँ हुने स्थानमा अहिले धमाधम रोपाइँ भइरहेको छ । मनसुन औसत मात्र रहे पनि रोपाइँ र खाद्यान्न उत्पादनमा भने ठूलो असर नपर्ने कृषि विकास मन्त्रालयले जनाएको छ ।

यस वर्ष समयमै मनसुन सुरु भई औसत वर्षा भइरहेकाले धानसँगै मकैखेती राम्रो हुँदै गएको कृषि विकास मन्त्रालयका उपसचिव संकर सापकोटाले बताए ।

‘औसत मात्र वर्षा भए पनि यस वर्ष धान उत्पादन घट्दैन,’ उनले भने, ‘बरु, गत वर्षको भन्दा धान उत्पादन बढ्न सक्ने सम्भावना देखिएको छ ।’ उनले खाद्यान्न वर्षासँगै बिउबिजन तथा मलको उपलब्धतामा निर्भर हुने बताए ।

वर्षा औसत मात्र हुने अनुमान
यस वर्षको मनसुनमा औसत मात्र वर्षा हुने प्रक्षेपण गरिएको छ । देशैभर औसत वर्षा भए पनि मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने औसतभन्दा पनि कम वर्षा हुने मौसमविद् शान्ति कँडेलले बताइन् ।

विगत ३० वर्षको मौसमको विश्लेषणका आधारमा यो वर्ष नेपालमा कम वर्षा हुने अनुमान गरिएको उनको भनाइ छ । नेपालमा वर्षभरिमा १४ सय मिलिमिटर पानी पर्छ । मनसुनको अवधिमा मात्र ८० प्रतिशत पानी पर्ने गर्छ ।

सबैभन्दा धेरै वर्षा पोखरामा
यस वर्षको मनसुन सुरु भएदेखि अहिलेसम्म सबैभन्दा धेरै वर्षा पोखरामा भएको छ । मनसुन सुरु भएदेखि शनिबारसम्म सबैभन्दा धेरै वर्षा पोखरामा ८ सय ६२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै अहिलेसम्म सबैभन्दा कम वर्षा जुम्लामा भएको छ । जुम्लामा १३७.२ मिलिमिटर मात्र वर्षा भएको छ ।