त्रिविका १९५ विद्यार्थीको उत्तरपुस्तिका हरायो - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

नवनिर्वाचित जनप्रतिनिधिले मानोमानी गर्न थालेको भन्दै रजवाराबासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  गौमुखी गाउँपालिका–३ का वडा अध्यक्षले मनोमानी ढंगले कर्मचारी नियुक्त गरेको, संविधानले नागरिकलाई प्रदान गरेको सूचनाको हकको प्रयोगको…
पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् । ‘रिल’ लाइफमा दर्शकले…
पूरा पढ्नुहोस् »

दसैँले हामीहरूको घर–आँगन टेकिसकेको छ । यो वेलामा सहरबाट गाउँ जानेहरूको भिड हुन्छ । गाउँमा आफ्ना आफन्त, पाहुना आएका हुन्छन् । विभिन्न प्रकारका फलफूल, बजारमा पाइने मिठाईहरू लैजाने चलन छ…
पूरा पढ्नुहोस् »

मुलुक संघीयतामा गइसकेको परिस्थितिमा यसको कार्यान्वयनका लागि राजस्व परिचालन अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसमा पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आन्तरिक राजस्व परिचालन अझ महत्वपूर्ण हुन्छ । संघीयता कार्यान्वयन गर्दै जाँदा…
पूरा पढ्नुहोस् »

वासिंटन/अमेरिकी बमवर्षक र युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमाको आकाशमा शक्ति प्रदर्शन गरिरहेका छन् । अमेरिकी क्षेत्र गुआम र जापानको ओकिनावाबाट कोरियाली आकाशमाथि ती विमान उडेका हुन् । अमेरिकी राष्ट्रपति…
पूरा पढ्नुहोस् »

विभागीय टोली एपीएफ झापाको शिवसताक्षी नगरपालिकास्थित दुधेमा जारी पहिलो संस्करणको दुधे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दुधे खेल मैदानमा सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–१…
पूरा पढ्नुहोस् »

स्थानीय तहको तेस्रो चरण निर्वाचन करिब अन्त्यतिर छ । प्रदेश नम्बर २ अन्तर्गतका ८ जिल्लाका १३६ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । केहीको मतगणना जारी छ…
पूरा पढ्नुहोस् »

प्रस्तुतिः अच्युत पुरी एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रियको वार्षिक कार्यक्रमअनुसार यस वर्ष पाटा ट्राभल मार्टको आयोजना गर्ने अवसर मकाउले पायो । एसिया प्यासिफिक क्षेत्रका ६० भन्दा बढी मुलुकका पर्यटनसँग…
पूरा पढ्नुहोस् »

स्थानीय तहको अन्तिम चरणको परिणाम आइरहेकै वेला दलहरू आउने मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । आउने २९ असोजमा समानुपातिकतर्फका दुवै तहका उम्मेदवारको नाम…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

भवानीश्वर गौतम, काठमाडौँ   |   असार १९, २०७४

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययन गर्ने १९५ विद्यार्थीको उत्तरपुस्तिका हराएको छ । त्रिविको आंगिक पब्लिक युथ क्याम्पसका एमबिएस प्रथम वर्षका विद्यार्थीको उत्तरपुस्तिका हराएको हो ।

पुसमा परीक्षा दिएका १९५ विद्यार्थीको उस्तरपुस्तिका नभेटिएपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनुपस्थित भनेर अरू विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ । उत्तरपुस्तिका नै नभेटिएपछि पनिकाले पुनः परीक्षाको वातावरण बनाउन खोजे पनि विद्यार्थीले भने त्यसको विरोध गरेका छन् ।

त्रिविका नवनियुक्त परीक्षा नियन्त्रक पुष्पराज जोशीले १९५ विद्यार्थीको उत्तरपुस्तिका नभेटिएको र कसको गल्ती हो भन्ने खोजतलास भइरहेको बताए । व्यवस्थापन संकायअन्तर्गतको स्नातक प्रथम वर्षको ५० पूर्णांकको एकाउन्टिङ विषयको उत्तरपुस्तिका नभेटिएको हो । यति धेरै विद्यार्थीको उत्तरपुस्तिका नभेटिएपछि अनुपस्थित भन्दै ११ असारमा पनिकाले नतिजा सार्वजनिक गरेको थियो ।

१९५ विद्यार्थीको एउटै विषयमा अनुपस्थित भएर नतिजा आएपछि क्याम्पस प्रशासनले तुरुन्त नतिजा सार्वजनिक गर्न भन्दै त्रिवि पनिकालाई पत्राचारसमेत गरेको छ । पब्लिक युथ क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम थापाले नतिजा आएपछि आफ्नो भविष्यबारे धेरै योजना बनाएर बसेका विद्यार्थी मानसिक तनावमा रहेको बताए ।

‘पनिकाले पुनः परीक्षा दिनुपर्छ जस्तो कुरा गरेको छ, तर विद्यार्थी त्यसका लागि तयार छैनन्,’ सहायक क्याम्पस प्रमुख थापाले भने, ‘विद्यार्थीको हामीलाई धेरै प्रेसर छ, आन्दोलन र ताला लगाउने चेतावनी दिइरहेका छन् ।’ उनले दण्डहीनताको अन्त्य हुनुपर्ने र विद्यार्थी पीडित हुन नहुने बताए । अहिले विद्यार्थीले मिनेट मिनेटमा फोन गरेर जवाफ मागिरहेका उनको भनाइ छ । थापाका अनुसार साउथ वेस्ट्रन कलेज केन्द्रबाट पब्लिक युथ क्याम्पसका झन्डै तीन सय विद्यार्थीले परीक्षा दिएका थिए ।

परीक्षा नियन्त्रक जोशीले कापीमा कैफियत देखिएपछि विद्यार्थीलाई मर्का नपर्ने गरी निकास निकाल्ने उपायको खोजी भएको बताए । अब के गर्ने भन्ने विषयमा बोर्डको बैठक बसेर निर्णय गर्ने उनको भनाइ छ ।

त्रिवि पनिकाबाट उत्तरपुस्तिका हराउने समस्याबाट प्रत्येक वर्ष विद्यार्थी पीडित हुने गरेका छन् । त्रिविको परीक्षाजस्तो संवेदनशील निकायमा दण्डहीनता बढेको भन्दै विद्यार्थी आक्रोशित भएका छन् । विद्यार्थीले लापरबाही गर्नेलाई कारबाही गर्न माग गरिरहेका छन् ।