छिमेकी मुलुकको लगानी आकर्षण गर्न निजी क्षेत्रको माग - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असार १३, २०७४

नेपाल उद्योग वाणिज्य महासंघ र अर्थमन्त्रीबीच भेट

नेपाल उद्योग वाणिज्य महासंघले छिमेकी मुलुकको लगानीलाई आकर्षण गर्नेतर्फ विशेष जोड दिन सरकारसँग आग्रह गरेको छ । महासंघ प्रतिनिधिमण्डलले सोमबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर यस्तो आग्रह गरेको हो ।  महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले लगानीको वातावरण बनाउन आग्रह गरेको हो । अध्यक्ष राणाले मुलुकभित्र स्वदेशी एवं विदेशी लगानी आकर्षित हुने वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण गराउँदै विशेष गरी छिमेकी देशबाट लगानी आकर्षणमा जोड दिन आग्रह गरिन् । यसका लागि नीतिगत स्थिरता, व्यावसायिक सुरक्षा, लगानीमैत्री वातावरण निर्माणजस्ता कुरा सरकारको मुख्य प्राथमिकता हुनुपर्ने उनले बताइन् ।

‘अहिले पनि ढुक्क भएर लगानी गर्ने अवस्था छैन,’ उनले भनिन्, ‘सरकारले समस्या समाधान गरेर लगानीको अनुकूल वातावरण बनाउन आवश्यक छ ।’ अध्यक्ष राणाले अनुसन्धानका नाउँमा आआफ्नो क्षेत्राधिकारभन्दा बाहिर गइ उद्यमी व्यवसायीमाथि गरिएका धरपकड तथा मुद्दालगाइएको आरोप लगाउँदै यसबाट उद्यमी व्यवसायीहरू त्रसित भइरहेको बताइन् । यस्ता कार्यले उद्योग व्यवसाय नै बन्द हुने परिस्थिति निर्माण गर्दै लगेको उनको भनाइ थियो ।

व्यापारघाटाप्रति ध्यानाकर्षण
महासंघले व्यापार घाटा उच्च गतिमा बढिरहेको भन्दै त्यसप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । अध्यक्ष राणाले व्यापारघाटा न्यूनीकरणका लागि सरकारले विशेष चासो दिनुपर्ने बताइन् । यसका लागि स्वदेशी उद्योगको विकास एवं विस्तारमा जोड दिनुपर्ने र बढ्दो आयातलाई प्रतिस्थापन गर्न निर्यातलाई प्रवद्र्धन गरिनुपर्ने उनको भनाइ थियो । त्यस्तै, सरकारको पुँजीगत खर्च बढाउनुपर्ने, औद्योगिक प्रवद्र्धन गर्न व्यवस्था भएका छुट र सुविधालाई पछि ल्याइने राजस्व नीतिले काट्न नहुने, प्रत्यक्ष वैदेशिक लगानीलाई निरुत्साहित हुने गरी राजस्व नीति तथा कार्यक्रम ल्याउन नहुने, औद्योगिक नीति, वाणिज्य नीतिलगायतका नीतिसँग नबाझिने गरी एकरूपता कायम गरी राजस्व नीति ल्याउन सदैव चनाखो हुनुुपर्नेलगायत सुझाब  उनले दिइन् ।

निजी क्षेत्रबाट सहयोगको अपेक्षा: अर्थमन्त्री
महासंघ प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले उद्यमी व्यवसायीलाई सम्मान र प्रोत्साहन गर्न आफूले भरमग्दुर प्रयत्न गर्ने बताए ।  उनले आत्मनिर्भर अर्थतन्त्रको विकासमा आफ्नो मुख्य जोड रहने स्पष्ट पार्दै यसका लागि निजी क्षेत्रबाट सहयोगको अपेक्षासमेत गरे । आफ्नो चाहना राष्ट्रको आर्थिक समृद्धि नै भएकाले उद्यमी व्यवसायीहरूसँग नजिकमा रहेर कार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । अर्थमन्त्री कार्कीले महासंघले उठाएका समस्याहरूलाई आफू र आफ्नो मन्त्रालयले अध्ययन गर्ने र त्यसक्रममा अझ बढी गहन रूपमा महासंघस“ग बसेर पुनः छलफल गरी व्यावहारिक सुझाबलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटमा महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, महासंघका महासचिव सुरेशमान श्रेष्ठलगायतको सहभागिता थियो ।