निजीकरण गरिएका संस्थानको अवस्था निराशाजनक - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

कृष्ण रिजाल, काठमाडौँ   |   असार १०, २०७४

३० मध्ये ११ संस्थान मात्रै सञ्चालनमा, नाफा कमाउने संस्थान ८ वटा –

सरकारले सार्वजनिक संस्थानलाई प्रतिस्पर्धी, व्यावसायिक र नाफामूलक बनाउन निजीकरण गरेका ३० मध्ये २४ संस्थानको अवस्था निराशाजनक देखिएको छ । संस्थानमा राज्यको दायित्व घटाउन तथा व्यावसायिक तथा वित्तीय अवस्थालाई बलियो बनाउन निजीकरण गरिएको भए पनि त्यस्ता संस्थानको प्रगति भने दयानीय देखिएको हो ।

सरकारले २०४८ मा निजीकरणको नीति लिएपछि हालसम्म ३० वटा संस्थानलाई निजीकरण गरिएको छ । त्यसमध्ये ११ वटा मात्रै सञ्चालनमा रहेको अर्थ मन्त्रालयको तथ्यांक छ । सञ्चालनमा रहेका ११ मध्ये ८ वटा संस्थान नाफामा रहेको मन्त्रालयले जनाएको छ । बाँकी ३ वटा भने नोक्सानमा छन् । निजीकरण गरिएका बाँकी १९ मध्ये ३ वटा संस्थान अस्तित्वमा छैनन्, ९ वटा बन्द अवस्थामा छन् भने ७ वटा सञ्चालनमा नरहेको अर्थ मन्त्रालयको तथ्यांक छ ।

निजी क्षेत्र असफल ?
निजी क्षेत्रले जिम्मेवारीपूर्वक संस्थान सञ्चालन गर्न नसक्दा निजीकरण गरिएका अधिकांश संस्थानको अवस्था कमजोर देखिएको अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख गणेशप्रसाद पाण्डेले बताए । ‘सरकारले जिम्मा लगाएपछि संस्थानको सम्पत्ति, दायित्व सबै निजीकै हुन्छ,’ उनले भने, ‘यसर्थ, निजीकरण गरिएका संस्थान नाफा वा घाटामा जानुको कारण पनि उनीहरू नै हुन् ।’ यद्यपि, सरकारले पनि निजीकरण गरेका उद्योगको अवस्था कमजोर भए त्यसको सबलीकरणका लागि सहयोग गर्नुपर्ने उनले बताए ।

‘दोष सरकारको पनि हो’
व्यवसायीले भने सरकारले आवश्यक सहयोग नगर्दा निजीकरण गरिएका संस्थानको अवस्था दयानीय हुन पुगेको आरोप लगाउने गरेका छन् । कमजोर अवस्थामा रहेका संस्थान निजीलाई सुम्पिए पनि सरकार त्यसपछिको दायित्व तथा सहयोगबाट टाढिएपछि अवस्था नाजुक हुन पुगेको उनीहरूको भनाइ छ । सरकार आफूले चलाउन नसकेर बिक्री गरेका उद्योग तथा कम्पनी सरकारकै असहयोगका कारण सन्तोषजनक तथा उत्साहप्रद रूपमा चल्न नसकेको एक उद्योगीले बताए । नाम नबताउने सर्तमा उनले भने, ‘कतिपय व्यवसायीको पनि नियत नराम्रो देखियो होला, तर सरकारले सहयोग गरेको भए निजीकरण गरिएका उद्योग सन्तोषजनक ढंगबाट सञ्चालनरत हुने थिए ।’

एक–अर्कालाई आरोप
निजीकरण गरिएका संस्थानको अवस्था कमजोर हुनु तथा वासलात ऋणात्मक हुनुमा सरकार र व्यवसायीले एक–अर्कालाई दोष देखाएका छन् । कमजोर अवस्थाको संस्थानको स्वामित्व बिक्रीपछि सरकारले कुनै सहयोग नगरेको उद्योगी–व्यवसायीको आरोप छ । सरकारले भने निजी क्षेत्र नै जिम्मेवार नभएकाले निजीकरणमा गएका संस्थानको अवस्था दयानीय भएको जनाएको छ ।

किन सफल भएन निजीकरण ?
अर्थ मन्त्रालयले ‘सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा–२०७४’ मा निजीकरणमा समस्या देखिनुमा थुप्रै चुनौती रहेको औँल्याएको छ । मन्त्रालयले खासगरी १० चुनौतीका कारण निजीकरण गरिएका संस्थानको अवस्था दयनीय हुन पुगेको निष्कर्ष निकालेको छ । मन्त्रालयका अनुसार निजीकरण समिति र निजीकरण इकाई प्रभावकारी नहुनु, सरोकारावालाबीच नीतिगत सामञ्जस्य हुन नसक्नु, जटिल र लामो विघटन प्रक्रिया हुनु, जग्गा अतिक्रमणको विषयमा विवाद, निजीकृत निकायको सम्पत्तिको व्यवस्थापनमा समस्या, समायोजन हिसाब मिलान अद्यावधिक हुन नसक्नु, न्यायिक निकायमा निजीकृत निकायको विवादित विषय र अनुगमन तथा मूल्य प्रणाली प्रभावकारी नहुनु नै निजीकरणको मुख्य चुनौती भएको उल्लेख गरेको छ ।

निजीकरण असफल भएको होइन
 शेखर गोल्छा
वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

सरकारले सन् १९९० को दशकमा निजीकरणलाई अघि बढायो । तर, त्यसलगत्तै मुलुकमा सशस्त्र आन्दोलन सुरु भयो । एकातर्फ, सशस्त्र आन्दोलन सुरु भयो भने अर्कातर्फ ऊर्जा, सडकलगायत पूर्वाधार उपलब्ध भएनन् । भृकुटी कागजकै कुरा गर्दा त्यहाँ एकै समयमा ८ वटासम्म मजदुर युनियन भए, हामीले थेग्नै सकेनौँ र उद्योग बन्द गर्यौँ । अधिकांश उद्योगको अवस्था यस्तै थियो । जिडिपीमा १५ प्रतिशत रहेको उद्योग क्षेत्रको योगदान ६ प्रतिशतमा झर्यो । निजीकरण भएका मात्रै होइन, निजी र अन्य सरकारी उद्योग पनि बन्द भए । यसर्थ, निजीकरण असफल भएको होइन । राजनीतिक र व्यावसायिक वातावरण प्रतिकूल हुँदा निजीकरण गरिएका उद्योग–व्यवसाय सफल हुन नसकेका हुन् । तर, निजीकरण गरिएका केही संस्थान नाफामा पनि छन् ।

निजीकरणपछि नाफामा सञ्चालनमा रहेका संस्थान
– नेपाल बिटुमिन ब्यारेल कम्पनी

– नेपाल ल्युब आयल कम्पनी
– नेपाल ढलौट उद्योग लिमिटेड
– नेपाल बैंक लिमिटेड
– बुटवल पावर कम्पनी लिमिटेड
– नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
– लुम्बिनी चिनी कारखाना लिमिटेड
-भक्तपुर इँटा कारखाना लिमिटेड

निजीकरणपछि पनि नोक्सानमा चलेका उद्योग
– नेपाल रोजिन एन्ड टर्पेन्टाइन
– नेपाल चिया विकास निगम

निजीकरणपछि बन्द भएका उद्योग
– भृकुटी पल्प एन्ड प्रतिष्ठान मिल्स
-हरिसिद्धि इँटाटायल कारखाना
– बालाजु कपडा उद्योग
– कृषि आयोजना सेवा केन्द्र
-हेटौँडा कपडा उद्योग
-वीरगन्ज चिनी कारखाना लिमिटेड
– कृषि औजार कारखाना लिमिटेड
– विराटनगर जुट मिल्स
-हिमाल सिमेन्ट उद्योग लिमिटेड

अज्ञात अवस्थामा रहेको
-नेपाल कोल लिमिटेड

बन्द नभएको, तर सञ्चालनमा नरहेको
– रघुपति जुट मिल
– घरेलु शिल्पकला बिक्री भण्डार
– नेपाल ड्रिलिङ कम्पनी

निजीकरणपछि अस्तित्वमै नरहेका संस्थान
– नेपाल यातायात संस्थान
– सुर्ती विकास कम्पनी
– बाँसबारी छाला जुत्ता कारखाना
– काँचो छाला संकलन तथा बिक्री कम्पनी
– नेपाल जुट विकास तथा व्यापार कम्पनी

खारेजीमा गएको
– कृषि चुन उद्योग लिमिटेड