व्यवसायीले प्रधानमन्त्रीसँग सुरक्षाको प्रत्याभूति मागे - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   असार ०९, २०७४

पछिल्ला दिनमा व्यवसायीमाथि आक्रमण, अपहरण र हत्यालगायतका गतिविधि बढेको गुनासो

उद्योगी व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवासँग सुरक्षाको प्रत्याभूति मागेका छन् । पछिल्ला दिनमा उद्यमी व्यवसायीमाथि आक्रमण, अपहरण, हत्या, कालोमोसो दल्नेलगायतका घटना बढेको भन्दै उनीहरूले प्रधानमन्त्रीसँग सुरक्षाको प्रत्याभूतिको माग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री देउवालाई भेटेर व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको हो । महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिँदै केही सुझाब तथा मागसमेत पेस गरेको हो ।

अध्यक्ष राणाले निजी क्षेत्र मुलुकभित्र उद्योग व्यवसाय विस्तारमा अहोरात्र खटिरहेका वेला विगत केही समयदेखि देशका विभिन्न भागमा उद्यमी व्यवसायीमाथि पुनः आक्रमण, अपहरण, हत्या, कालोमोसो दल्ने, हातपात गर्नेजस्ता दुःखद घटना हुन थालेको प्रधानमन्त्रीलाई जानकारी गराइन् । उनले यस्ता घटनाबाट उद्यमी व्यवसायीहरू हतोत्साहित हुन पुगेकाले व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिन् । ठूलो राजनीतिक उपलब्धि हासिल गरेको र नयाँ संविधान कार्यान्वयनतर्फ अगाडि बढिरहेको अवस्थामा पुनः यस्ता घटना हुन जाँदा लगानीकर्तामा त्रासको वातावरण सिर्जना हुनुका साथै अन्तर्राष्ट्रिय जगत्मा नकारात्मक सन्देश जाने महासंघको ठहर छ ।

उपभोक्ता ऐनमा निजी क्षेत्रको सुझाब राख्न आग्रह
सोही अवसरमा अध्यक्ष राणाले उपभोक्ता संरक्षणसम्बन्धी कानुनको मस्यौदा उद्योगी व्यवसायीको सल्लाह–सुझाबविना नै संसद्मा पेस गरिएको भन्दै त्यसको विरोध गरिन् । उनले उक्त ऐन जस्ताको तस्तै पारित हुने हो भने मुलुकभित्र व्यवसाय गर्न नसक्ने स्थिति पैदा हुनेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् । उद्यमी व्यवसायीहरूको बृहत् सहभागितामा उनीहरूका सुझाबलाई समेत समावेश गरी अगाडि बढाउन सुझाबसमेत दिइन् । उक्त भेटमा महासंघ विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरू तथा महासंघका महासचिव सुरेशमान श्रेष्ठलगायतको सहभागिता थियो ।

समस्या समाधान हुन्छ : प्रम
सो अवसरमा महासंघबाट गएको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निजी क्षेत्रका समस्या तत्काल समाधान गर्ने बताए । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघलाई आफूले सधैँ नै उच्च प्राथमिकतामा राख्दै आएको स्पष्ट उल्लेख गर्दै उनले मुलुकको आर्थिक विकासमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्न आग्रहसमेत गरे । प्रधानमन्त्री देउवाले महासंघले उठाएका समस्यालाई आफूले तत्काल सम्बोधन गर्ने विश्वाससमेत दिलाए । उपभोक्ता संरक्षणसम्बन्धी कानुन संसद्बाट पारित गर्नुअघि निजी क्षेत्रसँग बसेर बृहत् छलफलपश्चात् मात्र अगाडि बढाइने उनले आश्वासन दिए ।

टिफा सम्झौता प्रभावकारी बनाउन आग्रह
नेपाल उद्योग परिसंघले अमेरिकाको न्युयोर्कस्थित नेपालका नवनियुक्त महावाणिज्यदूत मधुकुमार मरासिनीलाई नेपाल र अमेरिकाबीचको आर्थिक सम्बन्धलाई अझ विस्तार गर्ने भूमिका खेल्न आग्रह गरेको छ । परिसंघको सचिवालयमा बिहीबार आयोजित भेट तथा छलफल कार्यक्रममा उद्योगी व्यवसायीले मरासिनीलाई दुई मुलुकबीचको आर्थिक कूटनीतिलाई बढाउन आग्रह गरेका हुन् ।

उक्त अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले ‘नेपाल–अमेरिका व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा)’को प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न मरासिनीलाई आग्रह गरे । नेपालको विकासमा प्रमुख सहयोगी राष्ट्र अमेरिकासँग नेपालले आर्थिक कूटनीतिका माध्यमबाट थप सहयोग एवं फाइदा लिन सकिने भन्दै शर्माले यसका लागि वातावरण तयार पार्न महावाणिज्यदूत मरासिनीको भूमिका महत्वपूर्ण हुने बताए ।

अध्यक्ष शर्माले नेपालमा लगानीको वातावरण अनुकूल बन्दै गएको अवस्थालाई अमेरिकी लगानीकर्तासम्म पु¥याउन, नेपालको निकासीलाई अमेरिकी बजारमा बढाउन, प्रविधि र सूचनाको क्षेत्रमा सहयोग ल्याउनेलगायत काममा कूटनीतिक पहल गर्न आग्रह गरे । यसका लागि निजी क्षेत्रका बीच सहकार्य आवश्यक रहेकोसमेत उनले बताए ।

सो अवसरमा नवनियुक्त महावाणिज्यदूत मरासिनीले नेपाल–अमेरिकाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई बढाउन आफ्नो प्रयास रहने बताए । ‘नेपाल र न्युयोर्कसँग व्यापार, लगानी, प्रविधि, बिमा आदि क्षेत्रको आपसी लगानी र सम्बन्ध बढाउन सके मात्र पनि नेपालको विकासमा थप सहयोग पुग्ने अवस्था छ,’ उनले भने, ‘यस यथार्थतालाई दृष्टिगत गर्दै आफ्नो कार्यकालमा यसतर्फ यथाशक्य प्रयास गर्नेछु ।’