बाबु–आमालाई बन्धकी राखेर हिमाल चढें –सञ्जय पण्डित - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार ०५, २०७४

विश्व पर्वतारोही एवं अल्ट्राधावक सञ्जय पण्डितको अमेरिकामा निधन भएको छ । अलास्का राज्यको डेनाली नेसनल
पार्कस्थित डेनाली माउन्ट आरोहण गर्ने क्रममा हाई अल्टिच्युडका कारण उनको मृत्यु भएको हो । २० हजार एक सय ५६ फिटको डेनाली आरोहणका क्रममा उनको १७ हजार दुई सय फिट उचाइमा मृत्यु भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । पण्डितले अमेरिका जानुअघि नयाँ पत्रिकाका कृष्ण आचार्यसँग  कुराकानी गरेका थिए । उनीसँगको कुराकानी गज्जब साप्ताहिकमा प्रकाशित भएको थियो ।

सबैको आ–आफ्नो सपना हुन्छ । जिन्दगीको गोरेटोमा कोही त्यही सपना पूरा गर्न तल्लीन हुन्छन् र सफल हुन्छन् पनि । केहीले भने सपना नै परिवर्तन गरेर अर्को बाटो रोज्छन् । जहाँ उनीहरूले स्वर्ग देखेका हुन्छन् । जसबाट सन्तुष्ट हुन पाउँछन् । यसरी नै सपना परिवर्तन गरेर सफल भएका एक पात्र हुन्, विश्व पर्वतारोही सञ्जय पण्डित । आजभन्दा २९ वर्षअघि प्युठानको निकै विकट क्षेत्र बिजुवारमा जन्मिएका सञ्जय एसएलसीपछि काठमाडौं छिरे । बाबुले छोराले साइन्स पढोस् भनेर ०६० मा काठमाडौं पठाएका थिए उनलाई । सञ्जयको पनि साइन्स पढ्ने ठूलो रहर थियो । र, ज्वाइन पनि भए कलेज । त्यसको दुई महिनापछि संकाय नै परिवर्तन गर्नुप¥यो । साइन्स उनलाई गाह्रो लाग्यो । अनि पढ्न थाले म्यानेजमेन्ट । त्यसपछि बुने सपना । भविष्यमा अकाउन्टेन्ट बन्ने । तर, बने अल्ट्रा धावक हुँदै पर्वतारोही ।

०००
‘अकाउन्टेन्ट बन्ने सपना बोकेको व्यक्ति कसरी अल्ट्रा धावक हुँदै पर्वतारोही बन्यो त ?’ मेरो पहिलो प्रश्न थियो सञ्जयलाई । ‘यो सबै मेरो बुवाको देन हो,’ सञ्जयले भने, ‘सानोमा हामी बिहान ४ बजे उठेर दौडनुपर्ने हुन्थ्यो । बुवाले एक्सरसाइजका लागि नियमित समयतालिका नै बनाइदिनुभएको थियो । पछि त्यही मेरा लागि वरदान बन्यो ।’ त्यसो त उनी स्कुलेजीवनमा खुबै दौडन्थे रे । खेलकुदमा पनि उनको रुचि । काठमाडौं आएपछि पनि सञ्जय दौडन छाडेनन् । उनी कक्षा १२ को परीक्षा दिँदै थिए । सेन्टर थियो स्वयम्भू, उनी बस्थे पाटन । परीक्षा दिन जाँदा त गाडीमा गए । तर, फर्कने भाडा भने थिएन उनीसँग । त्यसपछि रह्यो एउटै विकल्प, हिँड्ने । छोटकरी बाटो हुँदै आउने क्रममा उनी दशरथ रंगशाला आइपुगे । त्यतिवेला १०औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता राजेन्द्र भण्डारीको निकै चर्चा थियो । उनले एउटै खेलमा दुईवटा स्वर्ण जितेका थिए । त्यस्तै, दीपक विष्टबारे पनि सुनेका थिए उनले । रंगशालानजिकै आएपछि सञ्जयले उनीहरूलाई देखे । त्यहाँ उनीहरूलगायत अन्य पदक विजेताको नागरिक अभिनन्दन भइरहेको थियो । र, सञ्जयको मनमा विभिन्न कुरा खेल्न थाल्यो । ‘यिनीहरू दौडिएर नै आफ्नो नाम कमाउन सफल भएका छन् । दौडन त म पनि सक्छु, अब म दौड्नुपर्छ’ भन्ने लाग्यो उनलाई । त्यति मात्र होइन, उनले काठमाडौंका ठूलाठूला घरहरू हेर्दै सोचे, दौडनेले भविष्यमा घर बनाउला, तर घर बनाउने दौडन सक्दैन । त्यसपछि सुरु भयो उनको दौड यात्रा । पहिलो काठमाडौं अन्तर्राष्ट्रिय म्याराथन यात्रामा सहभागिता जनाएर ४२ किलोमिटरको यात्रा पार गरे । पहिलोपटक ठूलो प्रतियोगितामा सहभागी भएका सञ्जय करिब ६० जनामध्ये २४औँ भए । अनि त्यसपछि उनी काठमाडौंमा हुने थुप्रै म्याराथन प्रतियोगितामा दौडँदै गए ।

०००
एक दिन सञ्जयको नेपाली एथलेटिक्सका हस्ती वैकुण्ठ मानन्धरसँग दशरथ रंगशालामा जम्काभेट भयो । सोही समयमा मानन्धरले आफू ०४५ मा काठमाडौंबाट खासा दौडिएको र हालसम्म कोही पनि त्यसरी दौडन नसकेको प्रसंग निकाले । अनि सुनाए दौडने क्रममा उनले बाटोभरि पाएको सम्मानको किस्सा । त्यसपछि सञ्जयले पनि खासासम्म दौडने निर्णय गरे । तर, तत्कालै भने होइन । केही समयपछि । जसको तयारीस्वरूप उनले दशरथ रंगशालाभित्र १२०–२५ राउन्ड लगाउन थाले । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दौडिरहे । त्यसपछि ०६५ मा उनमा काठमाडौंदेखि खासासम्म दौडन सक्छु भन्ने विश्वास पलायो । वैकुण्ठ मानन्धरलाई नै कोअर्डिनेटर बनाएर सहिद दिवसको दिन उनले ११ घन्टा २० मिनेटमा काठमाडौं–खासा दौड पूरा गरे । जुन उनको जीवनमा पहिलो लामो दूरीको दौड थियो । अनि सञ्जय परे मिडियाको नजरमा । हुन थाल्यो उनको चर्चा । सोही क्रममा सन् २००९ देखि २०११ को अन्तरालमा उनी करिब २३ सय किलोमिटर दौडिए । स्वर्गद्वारी–काठमाडौं, जिरी–काठमाडौं, काठमाडौं–गोरखा, दाङको भालुबाङदेखि प्युठानको गौमुखी दौडिएर उनले आफूलाई लामो दूरीको धावकका रूपमा स्थापित गरे । भन्छन्, ‘मलाई काठमाडौंदेखि खासा दुई पाइलाजस्तै लाग्थ्यो । एक पाइला धुलिखेल र अर्को पाइला खासा । सायद दौडनु मेरो प्यासन बनिसकेको थियो ।’ यसरी फेरियो सञ्जयको अकाउन्टेन्ट बन्ने सपना ।

अब त हिमाल चढेर पुग्यो होला नि ?’ उनको कुरा सुनेपछि मैले सोधेँ । तर, उनी मेरो कुरामा सहमत भएनन् । भने, ‘हिमालसँग मेरो प्रेम बसिसकेको छ । र, म बीचमै छाड्ने धोकेबाज प्रेमी होइन ।’

०००
‘अनि दौडमा यति राम्रो सम्भावना बोकेको मान्छेमा पर्वतारोही बन्ने सपनाचाहिँ कसरी पलायो त ?’ सञ्जयतिर मेरो अर्को प्रश्न तेर्सियो । यसबारे पनि उनले बेलिविस्तार लगाए । सुरु गरे २०११ ताका रहेको सगरमाथा चढ्ने ट्रेन्डबाट । सञ्जय पाटनको एक चियापसलमा चिया खाँदै थिए । उनको नजर टिभीमा आइरहेको आक्पा शेर्पाको जीवनीमा प¥यो । जतिवेला शेर्पा १९ पटक सगरमाथा चढिसकेका थिए । शेर्पाको जीवनी हेर्दै गर्दा सञ्जयलाई संसारमा उनीजति बहादुर अर्को मानिस कोही छैन भन्ने लाग्यो । त्यतिवेला शेर्पाको ‘यो संसारमा असम्भव भन्ने केही छैन । तपाईंले आँट्नुभयो भने सबैकुरा सम्भव छ’ भन्ने वाक्यले सञ्जयको भित्रैसम्म छोयो । अनि उनले अठोट गरे, सगरमाथा चढ्ने । सगरमाथा चढ्नुको एउटै लक्ष्य राखे, प्युठान जिल्लाबाट कोही सगरमाथा नचढेकाले एउटा इतिहास बनाउने । जतिवेला उनी २२ वर्षका थिए । पढाइ बिबिए छैटौँ सेमेस्टरसम्म पुगेको थियो । यो कुरा उनले प्युठानमा गएर सुनाए । उनको कुरा कसैले पत्याएन । सबै हाँस्न थाले । तर, सञ्जयले हार खाएनन् । उनले सगरमाथा आरोहण समिति नै गठन गरेर सहयोग संकलन गर्न थाले । तर, सगरमाथा चढ्नु त्यति सजिलो थिएन । त्यसको तयारीस्वरूप उनी आइल्यान्ड पिक चढे । र, सबैलाई विश्वास दिलाए । त्यसपछि उनी २०१२ मा सगरमाथा आरोहणका लागि गए । तर, ८ हजार ६ सय ८५ मिटरभन्दा अघि जान सकेनन् उनी । त्यहीँबाट फर्किए । अनि टुट्यो सञ्जयमाथिको विश्वास । समाजमा उनी टाउको निहुराएर हिँड्न थाले ।

०००
तर, सञ्जयको यात्रामा पूर्णविराम भने कहिल्यै लागेन । सगरमाथाको असफल आरोहणसँगै २०१२ मै उनी ‘किलर माउन्टेन’का रूपमा चिनिने मनास्लु चढे । जतिवेला १४ जनाको ‘अन द स्पोट’ मृत्यु भएको थियो । सञ्जयसँग गएका स्पेनका मार्टिनले समेत संसार छाडे । तर, सञ्जय भने सफल भए । त्यसपछि उनको गन्तव्य बन्यो सगरमाथा । २०१३ मा भने उनी सगरमाथा चढ्न सफल भए । तर, दुःखको कुरा सञ्जयले आफ्नो गाइड गुमाउनुप¥यो । हिउँले खुट्टा खाएपछि उनले औँलाको केही भागसमेत काट्नुप¥यो । यी घटनाले गर्दा सञ्जयलाई हिमाल आरोहण गर्न छाडौँ–छाडौँ लाग्यो । अनि गरे ७ महिनासम्म रेस्ट । तर, त्यतिवेलासम्म उनले एउटा विशाल सपना बुनिसकेका थिए । त्यो थियो विश्वका अग्ला–अग्ला हिमाल चढ्ने । मध्यपश्चिमाञ्चलबाट कसैले विश्वका सात हिमाल नचढेकाले रेकर्ड बनाउने संकल्पका साथ सुरु भयो उनको विश्वका सात महादेशको हिमाल आरोहण । २०१४ मा ६ घन्टा दौडिएर अफ्रिकाको सर्वोच्च शिखर चढे । २०१४ मै युरोपको सर्वोच्च शिखर एल्ब्रोसमा ६ मिनेट अर्धनग्न भए । त्यसपछि सोही वर्ष ५ घन्टा १३ मिनेट उल्टो हिँडेर अस्ट्रेलियाको सर्वोच्च शिखर चढे । २०१५ मा उनी अमेरिकाको सर्वोच्च शिखर र सोही वर्ष जापानको सर्वोच्च शिखर फुजी चढे । त्यसैगरी सञ्जय २०१५ को अन्त्यतिर २५ घन्टा लगाएर अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो चढे । त्यसपछि २०१६ को अन्त्यमा उनी अन्टार्टिकाको सर्वोच्च शिखर चढे । र, त्यहाँ रहेको रजम्यान हिमालसमेत आरोहण गरे । जहाँ उनले १० मिनेट अर्धनग्न भएर नेपालको झन्डा फहराए । यसरी हालसम्म सञ्जयले विश्वका ११ वटा हिमाल आरोहण गरिसकेका छन् ।

०००
‘यत्तिका हिमाल चढ्न त निकै खर्च लाग्यो होला नि ?’ मैले उनीसामु जिज्ञासा प्रकट गरेँ । सञ्जयले मेरो कुरालाई सहजै स्विकारे । भने, ‘हो, यो धेरै खर्चिलो काम हो । तर, धेरैको सहयोगमा यो कार्य सफल भएको छ । म उहाँहरूप्रति निकै आभारी छु ।’
अहिलेसम्म कति खर्च भयो त ? म अलि गहिराइमा जान चाहेँ । ‘करिब तीन करोड,’ उनले छोटो उत्तर फर्काए । र, एकछिनपछि भने, ‘पछिल्लोपटक अन्टार्टिकाको आरोहणमा मैले घर, खेत बन्धकी राखेर ५६ लाख रुपैयाँ ऋण लिएको छु ।’ यसलाई उनी आफ्नो बाबु–आमालाई बन्धकी राखेसरह ठान्छन् । भन्छन्, ‘यो भनेको मैले मेरो बाबु–आमालाई बन्धकी राख्नुजस्तै हो ।’ आफू विश्वका हिमाल आरोहणमा जाँदा नेपालको प्रचार भएको र त्यहाँबाट पर्यटकहरू आएर करोडौँ रकम नेपालमा खर्च गरे तापनि आफूलाई सरकारले खासै सहयोग नगरेको उनको गुनासो छ ।

०००
‘अब त हिमाल चढेर पुग्यो होला नि ?’ उनको कुरा सुनेपछि मैले सोधेँ । तर, उनी मेरो कुरामा सहमत भएनन् । उनले भने, ‘हिमालसँग मेरो प्रेम बसिसकेको छ । र, म बीचमै छाड्ने धोकेबाज प्रेमी होइन ।’ त्यसपछि उनी हाँसे । यसै वर्ष उनी केही साथीहरूसहित पाँच महादेशको भ्रमण गर्दै छन् । भ्रमणको उद्देश्य हो, जलवायु परिवर्तनले गर्दा हिमाली क्षेत्रमा पारेको प्रत्यक्ष प्रभावसम्बन्धी विश्व समुदायलाई सचेत बनाउनु । यसरी उनी ‘माउन्ट एभरेस्ट टु डेनाली’ भ्रमणको तयारीमा जुटेका छन् । उनको टिमले सबै महादेशको सर्वोच्च शिखर आरोहण गर्नेछ ।
अन्तिममा मैले उनलाई जीवनको अर्थ सोधेँ । उनले जीवनलाई संघर्ष भन्न रुचाए । भने, ‘जति संघर्ष गरिन्छ त्यति प्रतिफल नै प्राप्त हुन्छ ।’ आरोहण निकै गाह्रो हुने र यसले आरोहीको ज्यानसमेत लिन सक्ने बताउने सञ्जय सामना गर्न सक्ने आँट र अठोट लिएर अघि बढ्ने मानिस नै एक दिन सफल हुने तर्क गर्छन् । अब उनलाई ऋण तिरेर आफ्ना ‘बाबु–आमा’लाई बन्धकमुक्त गर्नु छ । तर, कसरी त्यो उनलाई नै थाहा छैन ।