भ्रष्टाचार र कालो अर्थतन्त्र - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

शूरवीर पौड्याल, काठमाडौँ   |   असार ०५, २०७४

नेपालमा कालो अर्थतन्त्रको आकार कत्रो होला ? यसमा कमैको चासो देखिन्छ । सामान्य अर्थमा करको दायराभित्र नछिरेको आय अनौपचारिक आय हो । यस्तो आय राष्ट्रिय आयको गणनामा पर्दैन । सानातिना खुद्रा व्यापार, ससाना कृषि तथा पशुपालन क्षेत्र आदिको आर्जनलाई पनि राज्यले जानीबुझी करको दायराबाट बाहिरै राख्ने गर्छ । त्यसैले यी अनौपचारिक क्षेत्रका आय त हुन् तर कालो कमाइ होइनन् । तर, कानुनबमोजिम तिर्नुपर्ने कर नतिरी आर्जित रकम वा कानुनविपरीत काम गरी आर्जित आय अनौपचारिक कालो धन हो । कमिसन र भ्रष्टाचारको ठूलो फैलावट भएको नेपालको जस्तो अर्थतन्त्रमा यसको आयतन ठूलो हुने गर्छ ।

भ्रष्टाचारको आडमै कालो अर्थतन्त्रका गतिविधि मौलाउने भएकाले भ्रष्टाचार बढी भएको देशमा कालो अर्थतन्त्रको आकार ठूलो देखिने गरेको छ । यसले एकातिर कुशासनलाई देखाउँछ भने अर्कोतिर देशको अर्थतन्त्रको विकासमा घात गर्छ ।

हालसालै मात्र यस लेखकको हात परेको नेपाल राष्ट्र बैंकको अध्ययनले कालो अर्थतन्त्रको आकारतर्फ केही संकेत गरेको छ । नेपाल र भारतबीच अनौपचारिक कारोबार हुन्छ भन्ने सबैलाई थाहा छ । त्यति मात्रै किन ? सीमानाकामा हाकाहाकी सामानको कम मूल्यांकन गराएर भन्सार छली हुने गर्छ भन्ने पनि सबैलाई थाहा छ । देशभित्रै पनि कर कार्यालय, मालपोत, अदालत, नापीजस्ता सरकारी कार्यालयमा काम परेर जाने भुक्तभोगीलाई थाहा भएकै कुरा हो, समयमा कर्मचारीबाट काम लिन के गर्नुपर्छ । थाहा भएकै हो, राजनीतिक नियुक्ति लिन, राजदूत हुन, कर्मचारीले बढुवा र मालदार कार्यालयमा सरुवा हुन के गर्नुपर्छ । तर, थाहा नभएको पाटोचाहि“ के भने भारतको भन्सारमा नेपालतर्फ निर्यात भनी अभिलेख भएको र नेपालको भन्सारमा भारतबाट आयात भनी अभिलेख नभएको कारोबार मूल्यबीचको अन्तर कतिपय वर्षमा करिब ६० प्रतिशतसम्म छ । यसलाई माथिको अध्ययनले देखाएको छ । यो भनेको भारतबाट वैध रूपमा नेपालतर्फ निर्यात गरिएको वस्तु नेपाली भन्सारमा न्यून बिजकीकरण वा कम मूल्यांकन गरेर आयात भएको छ वा भारतीय भन्सार कटेपछि ती वस्तु नेपाली भन्सारतिर नआएर चोर बाटोबाट नेपाल छिर्ने गरेका छन् । जे भए पनि नेपालका लागि त्यो अनौपचारिक कारोबार हो भने भारतका लागि यो कारोबार औपचारिक । अर्थात् भारतमा तिनै वस्तुको निर्यात वैध अर्थतन्त्रको हिस्सा बनेको छ भने नेपालमा भने कालो अर्थतन्त्रको । हाम्रो सन्दर्भमा मात्र नै किन नहोस्, यसले भारतको दाँजोमा नेपालमा भन्सार चुवाहटको आकार ठूलो छ भन्ने संकेत गरेको छ ।

१८ सय किमि खुला सिमानाले जोडिएको भारत र नेपाल दुवै देशका भन्सारमा अभिलेख नभएर आउने आयात निर्यातको कथाव्यथा अर्कै छ, त्यतातिर नजाऊँ । मात्र यति भनूँ, यसको आकार पनि ठूलो छ । यसबाहेक भ्रष्टाचार, कमजोर सुरक्षा संयन्त्र र अनौपचारिक कारोबारमा राज्यको माथिल्लो निकायको संरक्षणको कुख्याति नेपाली राज्यका अभिन्न अंग बनेका छन् । फलतः विश्व मानचित्रमा काठमाडौं अवैध कारोबारको हब बनेको समाचार आउने गरेको धेरै भयो । सुन तस्करी, विदेशी मुद्राको तस्करी, रक्त चन्दन, लागुऔषधको कारोबार, मानव तस्करी, जीवजन्तु तथा अंगको तस्करी, हत्या, हिंसा, दलाली, भ्रष्टाचारबाट आर्जित रकम, अवैध कर्म र विनिमय आदि अनौपचारिक कारोबारबाट प्राप्त हुने आय कालो अर्थतन्त्रभित्र पर्छ । भारतीय सुरक्षा जा“चपछि मात्रै काठमाडौंबाट भारतीय विमान उड्न पाउने व्यवस्थाले पनि नेपाली सुरक्षा व्यवस्थाको निरीहता जाहेर गर्छ । यी सबैबाट पनि नेपालमा कालो अर्थतन्त्रको आकार ठूलो छ भन्नेतिर संकेत मिल्छ । भारतीय कालो अर्थतन्त्रको आकार कुल गार्हस्थ उत्पादनको ७० प्रतिशतको हाराहारीमा रहेको एउटा अध्ययनमा देखिएको छ ।

देशमा व्याप्त भ्रष्टाचारले पनि कालो अर्थतन्त्रको आकार कति ठूलो छ भन्ने संकेत गर्छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले हरेक वर्ष प्रकाशित गर्ने करप्सन इन्डेक्स तालिकामा नेपाल निरन्तर रूपमा तल झरेको देखाएको छ । यस तालिकामा कम भ्रष्ट देशलाई माथि र बढी भ्रष्टाचार भएको देशलाई तल राखिन्छ । त्यसैले जति पुछारतिर नाम देखिन्छ, त्यति बढी भ्रष्टाचार भएको देश हो भन्ने बुझिन्छ । विश्वका १ सय ७६ देशमध्ये नेपाल अघिल्लो वर्षको दाँजोमा एक अंकले तल झरेर १ सय ३१ मा नम्बरमा परेको छ सन् २०१६ मा । जब कि यही वर्ष भारत ७९ नम्बरमा छ । यसलाई आधार मान्ने हो भने पनि भारतको तुलनामा नेपालमा भ्रष्टाचार निकै बढी छ भन्ने देखिन्छ । भारतभन्दा नेपाल करप्सन इन्डेक्स तालिकामा निकै तल देखिनु चिन्ताको विषय त हो नै, यसैलाई मात्र आधार मान्ने हो भने कालो अर्थतन्त्रको आकार भारतमा भन्दा नेपालमा ठूलो छ भन्न सकिन्छ । त्यसो त कालो अर्थतन्त्रको आकारलाई निर्धारण गर्ने कारक करप्सन मात्रै पनि होइन । यसबाहेक अन्य कारक पनि हुने गर्छन् । तैपनि भ्रष्टाचारको आडमै कालो अर्थतन्त्रका गतिविधि मौलाउने भएकाले भ्रष्टाचार बढी भएको देशमा कालो अर्थतन्त्रको आकार ठूलो देखिने गरेको छ । यसले एकातिर कुशासनलाई देखाउँछ भने अर्कोतिर देशको अर्थतन्त्रको विकासमा घात गर्छ । भ्रष्टाचारले देशमा सरकारी राजस्वमा चुहावट भई सरकारले गर्ने सडक, रेल, सिँचाइ, जलविद्युत्जस्ता पूर्वाधार निर्माण र शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता सामाजिक क्षेत्रको विकास प्रभावित हुन्छ । वैदेशिक सहायतामाथिको निर्भरता बढ्छ । यसले एकातिर ऋणको बोझ पर्छ भने अर्कोतिर नीति निर्माणमा सरकारले वैदेशिक हस्तक्षेप सहन गर्नुपर्ने हुन्छ । यसबाहेक उत्पादनशील लगानीलाई यसले हतोत्साहित गर्छ । यी सबै अवस्था नेपालमा देखिएकै छन् । विभिन्न देशमा गरिएका अध्ययनबाट के थाहा हुन्छ भने करप्सन घट्दा आर्थिक वृद्धिदर बढ्छ । यसबाहेक बेरोजगारी, जीवनस्तरमा सुधार, प्रतिव्यक्ति आय, उपभोग खर्च, बचत आदि सरकारी तथ्यांकले अर्थतन्त्रको वास्तविकता प्रतिबिम्बित गर्दैनन् । यसले गर्दा सरकारले निर्माण गर्ने विकास नीतिहरू र योजनाहरू धरातलीय यथार्थभन्दा फरक हुने र अन्ततः फेल हुने स्थिति आउँछ । सहरबजार, त्यसमा पनि काठमाडौंजस्ता ठूला सहरमा मानिससँग रहेको अथाह सम्पत्ति र औसत मानिसको जीवनस्तर र लवाइखवाइले देशको आर्थिक अवस्थासँग कतै पनि मेल देखाउँदैन । समाजमा नैतिक मूल्यको ह्रास र अशान्तिलाई यससँगै जोडेर हेर्नुपर्छ । यसको पछाडि भनिराख्नुपर्ने होइन, करप्सनको हात रहेको छ । यसले अनौपचारिक अर्थतन्त्रको आकारलाई बढाएको छ । तैपनि, नेपालको कालो अर्थतन्त्रको आकार कत्रो छ, यस सम्बन्धमा अध्ययन भएको थाहा पाइएको छैन । कम्तीमा पनि नेपाली कालो अर्थतन्त्रको आकार भारतको नजिक रहेको हुनुपर्छ भन्ने अनुमानसम्म गर्न सकिन्छ । अझ देश विकासमा लगाउनुपर्ने कति श्रम, सीप, बुद्धि, विदेशी मुद्रा, पुँजी, प्रविधिजस्ता आर्थिक स्रोत–साधन यस्ता गतिविधिमा खेर गएको होला र त्यसको क्षति नेपाली अर्थतन्त्रको विकासमा परेको होला भन्न सकिने अवस्था छैन ।

विश्वभरि नै करप्सन, तस्करी र अन्य अवैध कारोबार आदिबाट आर्जित कालो धनले लगानीको माध्यमबाट चोखिने अवसरको खोजी गरिरहेको हुन्छ । यसको उपयोगले नेपालजस्ता देशले आर्थिक विकास गर्न सकिन्छ भन्नेहरू पनि छन् । तर, यसो गर्न सम्भव छैन । र, सम्भव नै भए पनि गर्नु हुँदैन । कालोलाई सेतो धन बनाउनुलाई मुद्रा निर्मलीकरण भन्ने गरिन्छ । यसलाई रोक्ने प्रयासस्वरूप विश्वभरि नै मुद्रा निर्मलीकरण प्रतिरोधी ऐन निर्माण गरिएको छ । विडम्बना नै भन्नुपर्ने हुन्छ, ऐनको कार्यान्वयन गर्ने निकायमा नै सबैभन्दा बढी अनाचार छ र यस्ता प्रयास सफलभन्दा असफल हुनु स्वाभाविक देखिन्छ । कालो धनले घुमाउरो बाटोबाट वैध लगानीमा प्रवेश गरेको हुन्छ । उद्योग वा व्यापारमा नेता र कर्मचारीका नातागोतालाई हिस्सेदारी गराएर वा नगद वा जिन्सी दिएर उनीहरूको साथ सहयोगमा कालो धनको औपचारिक वा सेतो लगानी हुने गर्छ । त्यसैले अवैध कारोबार गर्ने कतिपयको देखाउने वैध व्यवसाय अर्कै हुने गर्छ । उद्योग, व्यापार, व्यवसायमा असामान्य लाभ हुने नीतिगत निर्णय गराउनमा पनि कालो धनको प्रयोग गरिन्छ । राजनीतिक दललाई सञ्चालन खर्च र चुनावमा चन्दा दिन कालो धनको व्यापक प्रयोग हुन्छ । कतिपय अवस्थामा अदालतबाट समेत उनीहरूको पक्षमा निर्णय गराएर चोखिने वा लाभ प्राप्त गर्ने गरिन्छ । जग्गाको खरिद र सेयर बजारमा पनि व्यापक रूपमा यस्तो धनको प्रवेश हुने गर्छ । कालो धनलाई सेतो बनाउने प्रयोजनले सेयर बजार र जग्गा बजारमा व्यापक रूपमा लगानी हुने गर्छ । कर छलीको प्रयोजनका लागि छुट्टै खाता राख्ने प्रचलन उद्योग व्यापारको क्षेत्रमा सामान्य हो भनिन्छ । कमसल धितोलाई बढी मूल्यांकन गराई बैंकबाट ऋण प्रवाह गर्नेहरू र गलत काम गरी बैंक तथा वित्तीय संस्थालाई डुबाउने संस्थापक पनि यहाँ कैयौँ छन् । त्यसो त यस्ता अनियमितता धेरथोर सबै देशमा हुने गर्छ । तर, नेपालजस्ता अल्पविकसित देशमा बढी हुन्छ । विकसित देशको दाँजोमा विकासशील देशमा तुलनात्मक रूपमा बढी हुन्छ । नेपालजस्तो देशमा विदेशी सहायता पनि भ्रष्टाचारको प्रमुख स्रोत देखिएको छ ।
(पौड्याल अर्थशास्त्री हुन्) paudyalsurbir@gmail.com