ब्राजिलियन गरिबका सास्ती - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार ०५, २०७४

पर्ती जमिनको चर्को भाडा वृद्धिपछि ब्राजिलका गरिब जनता खाली छोडिएका सरकारी भवनमा शरण लिन बाध्य भएका छन् । ब्राजिलमा सरकारले आवासीय सुधारका लागि अर्बौं डलर खर्च गरे पनि रियोका गरिबलाई यसबाट लाभ प्राप्त हुन अझैँ बाँकी छ । सन् २०१६ मा ओलम्पिक खेल र सन् २०१४ मा विश्वकप आयोजना गर्ने ब्राजिलले रियोमा बस्दै आएका गरिब जनताको जीवनस्तरमा सुधार ल्याउने वाचा गरेको थियो । तर, सरकारले यस्ता बस्तीको सुधारका लागि अर्बौं डलर खर्च गरेको भए पनि यसबाट कुनै त्यस्तो नतिजा देखिएको छैन, जसको अपेक्षा गरिएको थियो ।

यहाँको पर्ती जमिनको भाडा यति वृद्धि भएको छ, यो गरिब जनताको पहुँचबाट बाहिर पुगेको छ । परिणामतः मानिसहरू आफ्ना निवास छाडेर पुराना सरकारी रिक्त भवनमा बस्न बाध्य भएका छन् । माराकाना रंगशालाबाट एक माइलको दूरीमा रहेको म्यानग्वेरामा सयौँ परिवार यस्तै खाली भवनमा बस्न बाध्य छन्, जसमा न त पानीको आपूर्ति हुन्छ न त बिजुली नै आउँछ । यहाँ सरसफाइको पनि कुनै व्यवस्था छैन ।

१६ वर्षीया पामेला आफ्ना आमा र ७ महिनाकी छोरीका साथ त्यो भवनमा बस्छिन्, जसमा कुनै समय ब्राजिलको इन्स्टिच्युट अफ जियोग्राफी एन्ड स्टाटिस्टिक्स (आइबिजिई) को कार्यालय थियो । यो भवन सो संस्थाले १७ वर्षअघि खाली गरेको थियो । अब यहाँ करिब सय परिवार बस्दै आएका छन् । पामेला यस भवनमा १५ वर्षदेखि बसिरहेकी छिन् । उनकी आमा यस भवनमा बस्ने दोस्री महिला थिइन् । पर्ती जमिनको भाडा तिर्न असमर्थ भएपछि उनीहरू यहाँ आएर बस्न थालेका हुन् । यहाँ हरेक साता एक न एक नयाँ परिवार आइरहेको हुन्छ ।

रियोमा करिब २० लाख जनता अर्थात् कुल जनसंख्याको करिब ३० प्रतिशत, पर्ती जमिन भाडामा लिएर बसोवास गर्छन् । यस्ता बस्तीमा सरसफाइ, स्वास्थ्य, शिक्षा र सुरक्षाको पर्याप्त व्यवस्था हुँदैन । यिनै बस्तीमा बसोवास गरिरहेका जनताको जीवनस्तर सुधारका लागि सरकारले २.६ अर्ब डलरको योजना सञ्चालन गरे पनि यसको कुनै प्रभाव देखिएको छैन । रिक्त गरिएको आइबिजिईको भवनमा सन् २०१२ सम्ममा सांस्कृतिक केन्द्र सञ्चालन गर्ने योजना थियो । तर, अहिलेसम्म यहाँ केही पनि परिवर्तन भएको छैन ।

१२ वर्षीया टायना आइबिजिई भवनमा विगतमा ५ वर्षदेखि बस्दै आएकी छिन् । रियोमा ब्राजिलका कुनै पनि नगरको तुलनामा अत्यन्त धेरै मानिस पर्ती जमिनमा बस्ने गर्छन् । यदि रियोका सबै पर्ती जमिनमा बसोवास गर्नेलाई एकै स्थानमा केन्द्रित गर्ने हो भने यो देशकै सातौँ सबैभन्दा बढी आवादी भएको सहर बन्छ । सन् २०१३ को जनगणनाअनुसार पर्ती जमिनमा बस्ने ३२ प्रतिशत जनता आफूलाई मजदुर मान्ने गर्छन् भने ६५ प्रतिशत जनता आफूलाई मध्यमवर्ग बताउने गर्छन् । यहाँ बसोवास गर्ने परिवारका घरमा पानी आउँदैन । भवनका सीमित भागमा मात्र पानी आउँछ, जहाँ लाम लागेर पानी भर्नु यहाँका गरिब जनताको बाध्यता हो ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)