निर्वाचनको अर्काे उत्साह - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका सम्पादकीय, काठमाडौँ   |   असार ०५, २०७४

यो देश अविश्वासको सिकार त भएकै हो । सँगसँगै षड्यन्त्रका अनेक सिद्धान्तले यहाँका बुद्धिजीवी, राजनीतिक नेतृत्व र जनतासमेत यति धेरै जेलिएका छन् कि तिनलाई आफ्नै आँखाले देखेको सत्यमा पनि विश्वास लाग्दैन । बरु उनीहरू हुँदै नभएका सत्यको खोजीमा लाग्छन् । यसपालि स्थानीय तहको निर्वाचन हुनेमा पनि यस्तै अनेक आशंका गरिए । षड्यन्त्रका अनेकानेक सिद्धान्त बने, बनाइए । तर, ३१ वैशाखमा पहिलो चरणको निर्वाचन सानदार रूपमा सफल भयो । जनताको सहभागिता यति उच्चस्तरको राजनीतिक हस्तक्षेपको तहमा थियो कि निर्वाचन पहिलो चरणमा गर्न नपाएका प्रदेशका जनता र राजनीतिकर्मी आफू पछि परेकोमा पछुताउन थालेका थिए । दोस्रो चरणको निर्वाचन पनि दुईपटक मिति सारेर र तोकिएको दिनमा एउटा प्रदेशलाई बाहिर राखेर तय गरियो । सुरुमा त यसैलाई लिएर मानिस निर्वाचनको सम्भावनाबारे आशंका गर्न थाले । यता सरकार निर्वाचनको तयारीमा थियो, राजनीतिक वातावरण बनाउन अधिकतम प्रयास गरिरहेको थियो, उता मानिसहरूले चाहिँ निर्वाचन हुने–नहुनेमा प्रश्न गर्न छाडेका थिएनन् । अन्तिम समयमा आएर राजपालाई निर्वाचनमा सहभागी गराउने सरकारको प्रयास असफल भयो र २ नम्बर प्रदेशको निर्वाचन पछि सारियो ।

४ असारमा प्रदेश नम्बर १, ५ र ७ मा जुन उत्साहसाथ उम्मेदवारी दर्ता गर्ने काम सम्पन्न भएको छ, त्यसले यी सबै आशंकालाई गतिलो जवाफ दिएको छ । राजपाले मधेसका जिल्लामा आमहडताल आयोजना गरेको थियो । नेकपा विप्लव समूहले हस्तक्षेपको धम्की दिएको थियो । तर, यी सबै प्रदेशमा आइतबार उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ । यससँगै देश फेरि एकपटक निर्वाचनमय भएको छ । निर्वाचन हुन गइरहेका प्रदेशमा मात्र होइन, अरू प्रदेशका मानिसको ध्यान पनि त्यतै गएको छ । यो त पक्का हो कि अब यी तीन प्रदेशमा उत्साहसाथ निर्वाचन सफल हुनेछ । र, यो निर्वाचनसँगै सबैभन्दा ठूलो जुवामा चाहिँ मधेसवादी दलहरूको मोर्चा राजपा परेको छ । राजपाका नेताहरू लामो समयदेखि केही निश्चित माग पूरा गराउने आन्दोलनमा थिए । संविधान संशोधनमार्फत आफ्ना माग पूरा नहोउन्जेल निर्वाचनमा सहभागी नहुने अडानमा रहेको राजपाले २ नम्बर प्रदेशको निर्वाचन पछि सार्न त दबाब दिएको हो । तर १, ५ र ७ नम्बर प्रदेशका तराई भेगमा भएको पछिल्लो सहभागिता र त्यसमा राजपालाई गरिएको एक प्रकारको बहिष्कारले सो दलको राजनीतिक भविष्यमाथि प्रश्न उठाइदिएको छ । उता २ नम्बर प्रदेशका राजपा नेताहरूको अरू दलमा हुने पलायन जारी छ । हिजै मात्र केन्द्रीय कोषाध्यक्ष र जनकपुरमा राम्रो प्रभाव रहेका अर्का केन्द्रीय नेताले पार्टी छाडेर एमाले प्रवेश गरेका छन् । मधेसको अधिकारका लागि संघर्ष गरिरहेको र एमालेका कारण आफ्ना माग पूरा नभएको भनेर आक्रोश व्यक्त गरिरहेकै दलका नेता एमालेमा जानुले राजपाको नैतिक बल कमजोर बनेको छ । अहिलेको हठले राजपाले खासगरी ५ नम्बर प्रदेशको पार्टी प्रभाव गुमाएको छ । यस्तै रह्यो र ऊ निर्वाचनमा सहभागी बन्नबाट भाग्यो भने २ नम्बरको राजनीतिक प्रभाव पनि गुमाउने र सीमान्तीकरणमा जाने निश्चित छ ।