कांग्रेससँग तालमेल गरी विप्लवको पार्टी पनि निर्वाचनमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार ०५, २०७४

स्थानीय निर्वाचन खारेजको नारासहित उम्मेदवार कब्जा अभियान सुरु गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पाका स्थानीय तहमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएको छ । माओवादी गढका रूपमा चिनिएको थबाङ गाउँपालिकामा नेकपाका अमित घर्तीमगरले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । थबाङ गाउँपालिकाको वडा नम्बर ४ मा हिक्मत घर्ती र ५ मा दुकमान रोकाले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

कांग्रेससँग तालमेलः थवाङमा कांग्रेस र नेकपाबीच तालमेल छ । अध्यक्षमा नेकपाका अमित र उपाध्यक्षमा कांग्रेसका श्रीकुमारी रोका उम्मेदवार बनेका छन् ।

लोकतान्त्रिक फोरमद्वारा ८६ तहमा उम्मेदवारी दर्ता

नेपाल लोकतान्त्रिक फोरमले दोस्रो चरणको निर्वाचनमा नौ जिल्लाका ८६ स्थानीय तहमा उम्मेदवारी दिएको छ । पहाडी जिल्ला डडेल्धुरा र मधेसका आठ जिल्लाका विभिन्न तहमा उम्मेदवारी दिइएको लोकतान्त्रिक फोरमका महामन्त्री रामजनम चौधरीले बताए ।

लोकतान्त्रिक फोरमले कैलालीका ११, डडेल्धुराका ७, कञ्चनपुरका ९, बर्दियाका ८, बाँकेका ८, दाङका १०, कपिलवस्तुका १०, रुपन्देहीका १६ र नवलपरासीका ७ स्थानीय तहमा उम्मेदवारी दिएको चौधरीले बताए । कैलालीका १३ स्थानीय तहमध्ये ग्रामीण भेगका दुई गाउँपालिकामा पार्टीको संगठन नरहेकाले उम्मेदवारी नदिइएको महामन्त्री चौधरीले बताए ।

बाजुरामा कांग्रेस–एमाले झडप, एकको मृत्यु

उम्मेदवारी दर्ता गर्ने क्रममा बाजुराको छेडेदह गाउँपालिकामा कांगे्रस र एमालेका कार्यकर्ताबीच भएको झडपमा एकको मृत्यु भएको छ । कम्तीमा दुई दर्जन घाइते भएका छन् । मृत्यु हुनेमा छेडेदह गाउँपालिका–५ का एमाले कार्यकर्ता हंशबहादुर रावत छन् ।

कपिलवस्तुमा विस्फोट, बच्चासहित १० घाइते

उम्मेदवारी दर्ता भइरहेका वेला कपिलवस्तुको वाणगंगा नगरपालिका–४ गजेहडामा बम विस्फोट भएको छ । विस्फोटमा १० जना घाइते भएका छन् । घाइतेहरूको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराका सई प्रकाश केसीले बताएका छन् ।

बाँकेमा एमाले–माओवादी झडप, प्रहरीसहित दुई घाइते

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच बाँकेको बैजनाथ गाउँपालिकामा भएको झडपमा प्रहरीका सइसहित दुई घाइते भएका छन् । टाउकोमा चोट लागेका इलाका प्रहरी कार्यालय कोहलपुरका सइ विश्वजित गौतम अर्का एक घाइतेको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दार्चुलामा एमाले–माओवादी झडप, १५ घाइते

दार्चुलाको मार्मा गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपमा १४ घाइते भएका छन् । त्यस्तै, कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर भएको अर्को झडपमा एक माओवादी कार्यकर्ता घाइते भएका छन्