देश फेरि पनि निर्वाचनमयः महानगर र उपमहानगरमा कस्ता छन् उम्मेदवार ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   असार ०५, २०७४

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आइतबार शान्तिपूर्ण र उत्साहजनक ढंगले उम्मेदवारी दर्ता भएको छ । दलहरूले मर्यादित र व्यवस्थित ढंगले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । 
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले ३५ जिल्लाका ३३४ स्थानीय तहमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता भएको बताए । १४ असारमा मतदान हुँदै छ । 

दोस्रो चरणमा विराटनगर महानगर र धरान, इटहरी, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज र धनगढी गरी ७ उमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुन लागेको आयोगले जनाएको छ । ती तहमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता छन् । आयोगका अनुसार सबै तहका ८ हजार ३ सय ६४ मतदान केन्द्रमा १ लाख ६३ हजार ८ सय २३ सुरक्षाकर्मी र ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको छ ।

 

महानगर र उपमहानगरमा कस्ता छन् उम्मेदवार ?

 

विराटनगर महानगर

विराटनगर महानगरपालिकमा ७ स्वतन्त्रसहित १४ जनाले मेयर र ५ स्वतन्त्रसहित १० जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस एक्लै चुनावी मैदानमा छ । एमाले र लोकतान्त्रिक फोरम तथा माओवादी र संघीय समाजवादी फोरमबीच तालमेल भएको छ । मेयरमा एमालेका विनोद ढकाल र उपमेयरमा लोकतान्त्रिक फोरमबाट सूची चौधरीले उम्मेदवारी दिएका छन् । 

िकांग्रेसले मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई अघि सारेको छ । संघीय समाजवादीबाट मेयरमा उमेश यादवले र उपमेयरमा माओवादीकी नमिता न्यौपानेले उम्मेदवारी दिएका छन् । त्यस्तै, राप्रपाबाट प्रह्लादप्रसाद साह, मालेबाट लिलोमोहन राजवंशी, नेपाल समावेशी पार्टीबाट गोपालप्रसाद गिरी, चुरेभावर राष्ट्रिय एकता पार्टीबाट घनश्याम टन्डनले मेयरमा उम्मेदवारी दिएका छन् ।

धरान उपमहानगर

एमाले र कांग्रेस एक्लाएक्लै भिडिरहँदा माओवादी केन्द्रले संघीय समाजवादी फोरमसँग तालमेल गरेको छ । कांग्रेसबाट मेयरमा तिलक राई, उपमेयरमा श्यामा रेग्मी, एमालेबाट तारा सुब्बा मेयर र मञ्जु भण्डारी उपमेयरका उम्मेदवार छन् । माओवादी केन्द्रले मेयरमा अइन्दविक्रम बेघालाई र समाजवादी फोरमले उपमेयरमा पारस काङमाङलाई उम्मेदवार बनाएको छ ।

बुटवल उपमहानगर

बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । मेयरमा कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा माओवादीका जगतबहादुर पोखरेल उम्मेदवार बनेका छन् । एक्लै मैदानमा उत्रिएको एमालेका तर्पmबाट मेयरमा सोमराज सुवेदी र उपमेयरमा गोमा आचार्य उम्मेदवार छन् ।

धनगढी उपमहानगर

कांग्रेसले नृपबहादुर वड मेयर र सुशीला भट्ट मिश्रलाई उपमेयरको उम्मेदवार बनाएको छ । एमालेले मेयरमा दुर्गाप्रसाद जोशी र उपमेयरमा रुक्मणि देवकोटालाई, माओवादी केन्द्रले रामसमज रानालाई मेयर र शान्ति अधिकारी क्षेत्रीलाई उपमेयरमा अघि सारेको छ । त्यस्तै, राप्रपाले मेयरमा विष्णु शाह र उपमेयरमा जनककुमारी कुँवर, लोकतान्त्रिक फोरमले प्रेम बिसीलाई मेयरमा र दुर्गा कुश्मीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

इटहरी उपमहानगर

मेयरमा कांग्रेसबाट रोहित प्रसाईं, एमालेबाट द्वारिकलाल चौधरी, माओवादी केन्द्रबाट हरिमाया जिमी र राप्रपाबाट मेयरमा रामकुमार सुब्बाले उम्मेदवारी दिएका छन् ।

नेपालगन्ज उपमहानगर

कांग्रेसबाट मेयरमा डा. सुरेशकुमार कनोडिया र उपमेयरमा उमा थापा मगरले उम्मेदवारी दिएका छन् । एमालेले मेयरमा समसुद्दिन सिद्धिकी र उपमेयरमा शान्ति ढकाल, माओवादी केन्द्रले मेयरमा दामोदर आचार्य र उपमेयरमा कलामुन अन्सारीलाई अघि सारेको छ । त्यस्तै, राप्रपाको तर्पmबाट मेयरमा डा. धवलशमशेर राणा र उपमेयरमा रमारानी वैश्यले उम्मेदवारी दिएका छन् ।

तुलसीपुर उपमहानगर

कांग्रेसबाट मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा देविका नेपाली रेग्मी, एमालेबाट मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया आचार्य उम्मेदवार बनेका छन् । त्यस्तै, माओवादी केन्द्रले मेयरमा शेषुराम भण्डारी र उपमेयरमा सीता ओली, राप्रपाले मेयरमा लालबहादुर केसी र उपमेयरमा लक्ष्मीसिंह राठौरलाई अघि सारेको छ ।

घोराही उपमहानगर

कांग्रेसबाट मेयरमा भूपबहादुर डाँगी र उपमेयरमा पुष्पा श्रेष्ठ, एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा सीता न्यौपाने तथा माओवादी केन्द्रबाट मेयरमा जीवन गौतम र उमपेयरमा सीता चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।