पर्वतारोही पण्डितको अल्पायुमै निधन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   असार ०५, २०७४

एभरेष्ट टु डेनाली एक्सपिडिसन अभियानअन्तर्गत उत्तर अमेरिकाको सर्वोच्च शिखर डेनाली (माउन्ट मेकिन्ले ६१४० मिटर) आरोहणका क्रममा सञ्जयको निधन कीर्तिमानी पर्वतारोही तथा अल्ट्राधावक सञ्जय पण्डितको अल्पायुमै निधन भएको छ । एभरेष्ट टु डेनाली एक्सपिडिसन अभियानअन्तर्गत उत्तर अमेरिकाको सर्वोच्च शिखर डेनाली (माउन्ट मेकिन्ले ६१४० मिटर) आरोहणका क्रममा उनको निधन भएको हो । हाई एल्टिच्युड सिकनेसका कारण १७ हजार दुई सय फिट उचाइमा उनको मृत्यु भएको अमेरिकास्थित नेपाली दूतावासका उच्च अधिकारीले पुष्टि गरेका छन् ।


अमेरिकी समयअनुसार १६ जुन, शुक्रबार (नेपालमा शनिबार बिहान) उनको निधन भएको थियो । ‘डेनाली नेसनल पार्क एन्ड रिजर्भ माउन्टनियरिङ पर्मिट अफिसबाट दुर्घटनाको खबर प्राप्त भएको छ,’ स्रोतले भन्यो, ‘खराब मौसमका कारण हेलिकोप्टर जान सकेको छैन ।’ आइतबार पनि त्यहाँको मौसम खराब नै हुने प्रक्षेपण अमेरिकी मौसम विभागले गरेकाले उद्दारमा थप कठिनाई हुने ती अधिकारीले बताए ।


टासी शेर्पाको नेतृत्वमा पण्डित र टासी लाक्पा शेर्पा पनि आरोहणमा गएका थिए । शेर्पाद्वय भने सकुशल छन् । ‘तर, अमेरिकी सरकारले घटनाको औपचारिक घोषणा गर्न चाहेको छैन,’ दूतावासका ती अधिकारीले भने, ‘घटनास्थलबाट सब ल्याएपछि मात्रै यसबारे विस्तृत जानकारी हामीलाई आउनेछ ।’


अल्ट्रा धावनमा कयौ कीर्तिमान बनाएका प्यूठानका पण्डित विश्वका सबै महादेशका सर्वोच्च शिखर आरोहण गरी अर्को कीर्तिमान राख्ने अभियानमा थिए । विश्वको सर्वोच्च शिखर सगरमाथा दोस्रो प्रयासमा सफल आरोहण गरिसकेका उनले एक दर्जन हिमालको सफलतापूर्व आरोहण गरिसकेका थिए ।


उनले सगरमाथाबाहेक नेपालका मनास्लु, आइल्याण्ड पिक, नागार्जुन पिकलगायत हिमाल चढेका थिए । यसबाहेक अफ्रिका, यूरोप र अर्जेन्टिनाका सर्वोच्च शिखर आरोहण गरेको कीर्तिमान पनि उनको नाममा छ । पण्डितले अफ्रीकाको सर्वोच्च शिखर किलिमान्जारो र अष्टे«लियाको सर्वोच्च शिखर कोस्यूस्को उल्टो हिंडेर आरोहण गरेका थिए । २०७० सालमा सगरमाथा आरोहण र २०७३ सालमा अन्टार्टिकाको सर्वोच्च शिखर विसन मासिफका क्रममा नया“ पत्रिका राष्ट्रिय दैनिकको ब्यानर चुचुरोमा पु¥याएका थिए । 


उनले प्यूठानदेखि काठमाडौं, खासादेखि काठमाडौं र गोरखादेखि काठमाडौंसम्म दौड पुरा गरेका थिए । उनका बुबाआमा र श्रीमती छन् ।


— अन्टार्टिकाको आरोहणमा मैले घरखेत बन्धकी राखेर ५६ लाख रुपैयाँ ऋण लिएको छु । यो भनेको मैले मेरो बा/आमालाई बन्धकी राख्नुजस्तै हो ।

— हिमालसँग मेरो प्रेम बसिसकेको छ, चटक्क कसरी छाड्नु ? म बीचमै छाड्ने धोकेबाज प्रेमी पनि त होइन ।

— आरोहण निकै गाह्रो काम हो । यसले आरोहीको ज्यान पनि लिन सक्छ तर आँट र अठोट लिएर गए सफलता कसो नपाइएला ।