पाकिस्तान बन्यो नयाँ च्याम्पियन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

एजेन्सी, ओभल   |   असार ०५, २०७४

पाकिस्तानले साबिक विजेता भारतमाथि १ सय ८० रनको सानदार जित निकाल्दै पहिलोपटक आइसिसी च्याम्पियन्स ट्रफी उचालेको छ । पहिलो ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ४ विकेट नोक्सानीमा ३ सय ३८ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा भारत ३०.३ ओभरमा १ सय ५८ रनमा समेटियो । जितसँगै पाकिस्तानले आइसिसीले आयोजना गरेको ठूलो प्रतियोगितामा भारतसँग हारको सिलसिला पनि तोडेको छ ।

जमान, आमिर र हसन चम्किए

पाकिस्तानको जितमा फखर जमान, मोहमद आमिर र हसन अली चम्केपछि भारतले लज्जास्पद हार बेहो¥यो । ब्याटिङ क्रममा जमानले शतकीय योगदान दिए । त्यसपछि बलिङमा आमिर र हसनले घातक बलिङ गरेपछि हार्दिक पान्ड्याबाहेक अन्य कुनै पनि भारतीय ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन् । आमिरले भारतको शीर्ष तीन ब्याट्सम्यानका विकेट लिँदै पाकिस्तानलाई सनसनी सुरुवात दिलाए । आमिरले इनिङको तेस्रो बलमै ओपनर रोहित शर्मा (०)लाई एलबिडब्लू धरापमा पारे । त्यसपछि उनले शिखर धवन (२१) र विराट कोहली (५) लाई आउट पार्दै भारतलाई ३३–३ को स्थितिमा पु¥याए । आमिरले ३ विकेट लिन १६ रन मात्र खर्चे । त्यसपछि हसनले ३ विकेट आफ्नो नाममा लेखाए । उनले महेन्द्रसिंह धोनी (४), रविचन्द्रन आश्विन (१) र जसप्रित बुमराह (१) को विकेट लिँदै पाकिस्तानको जित सुनिश्चित पारे ।

ब्याटिङमा पान्ड्या मात्र चले

भारतका शीर्ष तथा मध्यक्रमका स्टार ब्याट्सम्यानको फितलो ब्याटिङ प्रदर्शन भएको पिचमा अलराउन्डर पान्ड्याले साहसिक इनिङ खेले । पान्ड्या क्रिजमा आउँदा भारत ७२–६ को नाजुक अवस्थामा थियो । पान्डयाले रवीन्द्र जडेजासँग सातौँ विकेटका लागि ८० रनको साझेदारी गर्दै भारतलाई १५२–७ को स्थितिमा राखे । तर, जडेजासँग रनिङ बिट विन द विकेट नमिल्दा पान्ड्या रनआउट भए । मोहमद हफिजबाट रनआउट हुनुअघि उनले ४३ बलमा ७६ रनको योगदान दिए । उनले ६ छक्का र ४ चौका प्रहार गरेका थिए ।

जमानको मेडन शतक

पाकिस्तानका बायाँहाते ब्याट्सम्यान फखर जमानले आफ्नो पहिलो एकदिवसीय शतक भारतविरुद्ध लगाए । च्याम्पियन्स ट्रफीको फाइनलमा भारतविरुद्ध उनले उत्कृष्ट १ सय १४ रनको योगदान दिए । पाकिस्तानबाट दोस्रो विकेटका रूपमा आउट हुनुअघि उनले १ सय ६ बल सामना गरेका थिए । उनले १२ चौका र ३ छक्का प्रहार गर्न सफल भए । इनिङको ३३.१ ओभरमा उनी हार्दिक पान्ड्याको ओभरमा रवीन्द्र जडेजाबाट क्याचआउट भए । जमानको यो केवल चौथो एकदिवसीय खेल हो । चालू च्याम्पियन्स ट्रफीअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध जमानले एकदिवसीय खेलमा डेब्यु गरेका थिए । आफ्नो पहिलो एकदिवसीयमा उनले केवल ३१ रन बनाए । त्यसपछि उनले श्रीलंकाविरुद्ध ५० रन तथा इंग्ल्यान्डविरुद्ध ५७ रन बनाए ।

हफिजको आक्रामक ब्याटिङ

फाइनलमा पाकिस्तानको रनरेट ६ भन्दा माथि रहँदा मोहमद हफिजको आक्रामक ब्याटिङ पनि एक थियो । हफिजले अन्तिमसम्म नटआउट रहँदै ५७ रन बनाए । उनले ३७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । हफिजले इमाद वासिमसँग पाँचौँ विकेटका लागि ७१ रनको विस्फोटक साझेदारी गरे । हफिज र इमादले केवल ७.३ ओभर मात्र ब्याटिङ गर्दै पाकिस्तानलाई २६७/४ बाट ३३८/४ सम्म पु¥याए । इमादले २१ बलमा समान १ चौका र छक्का प्रहार गरी २५ रन बनाए । सो इनिङमा बाबर मलिकले ५२ बलमा ४६ रन जोडे ।

बलियो ओपनिङ साझेदारी

पहिलो ब्याटिङ गरेको पाकिस्तानले ओपनिङ साझेदारी उत्कृष्ट पायो । ओपनर अजहर अली र फखर जमानले पहिलो विकेटका लागि १ सय २८ रनको साझेदारी गरे । दुवैले पहिलो विकेटका लागि २२.६ ओभरसम्म ब्याटिङ गरी साबिक विजेता भारतमाथि दबाब राखे । पाकिस्तानले आफ्नो पहिलो विकेट रनआउटका रूपमा पायो । अजहर आफ्नै ‘कल’ मा विकेटकिपर महेन्द्रसिंह धोनीबाट रनआउट भए । अजहरले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरी ५९ रनको योगदान दिए ।