पोर्चुगलको जंगलमा भीषण आगलागी, ५७ को मृत्यु - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

एजेन्सी , पेनेल   |   असार ०५, २०७४

पोर्चुगलको मध्यभागमा पर्ने एउटा जंगलमा लागेको भीषण आगलागीमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ । लिस्बोनबाट करिब १५० किलोमिटर उत्तरपूर्वमा रहेको लैरिया जिल्लाको पेद्रोगाओ ग्रान्दे क्षेत्रमा शनिबार साँझबाट सो आगलागी फैलिएको थियो । आगलागीमा ७ जना अग्निनियन्त्रकसमेत दर्जनौँ घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

घाइते हुनेमा एक ८ वर्षीया बालिका पनि छिन्, जो आगलागी भएको क्षेत्रमा एक्लै भौँतारिएकी थिइन् । मृतकमध्ये अधिकांश सवारीसाधनभित्रै जलेका थिए । आगो नियन्त्रणका लागि करिब छ सय अग्निनियन्त्रक र १६० भन्दाबढी उद्धारकर्ता परिचालन गरिएको छ ।

विपत्तिको अवस्था

प्रधानमन्त्री इन्टोनिओ कास्टोले आगलागीलाई विपत्तिको संज्ञा दिँदै देशले त्रासदी र वियोगको सामना गरिरहेको बताए । ‘शनिबारको आगलागी इतिहासको दुर्भाग्यपूर्ण घटनामध्येको एक हो,’ उनले भने । आगलागीमा दर्जनाैँ मानिस घाइते भएकाले मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए । आगलागीले ठूलो जनधनको क्षति भएको बताउँदै प्रधानमन्त्रीले पीडितलाई धैर्य धारणा गर्न आग्रह गरेका छन् । अग्निनियन्त्रकलाई धैर्यता र उच्च मनोबलका साथ अग्नि क्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिएका छन् । चट्याङका कारण आगो लागेको हुन सक्ने प्रधानमन्त्रीले बताएका छन् । गत वर्ष पनि झन्डै एक लाख हेक्टर क्षेत्रफलको जंगलमा आगलागी भएको थियो ।

आगलागीको कारण खुलेन

आगलागीको कारण खुलेको छैन । आगो कसरी लाग्यो भन्ने विषयमा प्रष्ट हुन नसकेको पेद्रोगाओ नगरका मेयरले बताए । अधिक तापक्रमका कारण जंगलमा डढेलो सल्किएको हुन सक्ने केहीले अनुमान गरेका छन् । आगलागी नियन्त्रण गर्न पर्याप्त अग्निनियन्त्रक नभएको पनि उनले बताए ।

पोर्चुगलका अधिकांश स्थानको तापक्रम अहिले ४० डिग्री सेल्सियसको हाराहारीमा छ । यसअघि पनि पोर्चुगलका जंगलमा बारम्बार आगो लाग्ने गरेको थियो । शनिबार लागेको आगो आइतबार साँझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन केही विमान प्रयोग गरिएको छ । आगो निभाउन स्पेनले पानी फाल्ने विमान पठाएको छ । युरोपेली युनियनले अन्तर्राष्ट्रिय अग्निनियन्त्रकहरूसँग संयोजन गरिरहेको छ ।

गाडीभित्रै जलेर मृत्यु

मृत्यु हुनेमध्ये धेरैजसो गाडीमा सवार यात्रु छन् । गृहमन्त्री जर्ज गोम्सले ३० जनाको कारभित्र जलेर मृत्यु भएको र १७ जनाको गाडीनजिकै जलेको अवस्थामा भेटिएको बताए । त्यस्तै, लैरिया जिल्लाको पेद्रोगाओ ग्रान्दे क्षेत्रमा आगलागीमा फँसेको एउटा गाडीमा सवार १६ जनाको जलेर मृत्यु भएको छ । सो गाडीलाई चारैतिरबाट आगोले घेरेको थियो । सडक खण्डमा यात्रा गरेका बटुवा आगोको धुँवाको मुस्लोमा निसासिएर मृत्यु भएको गृहमन्त्रालयका एक अधिकारीले बताए । आगलागीपछि केही मानिस बेपत्ता भएका छन् । त्यस्तै, सडक खण्डनजिकैको एउटै गाउँका ११ जनाको मृत्यु भएको छ ।