ढाकाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरिँदै - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

प्रकाश धौलाकोटी, तेह्रथुम   |   असार ०५, २०७४

जिल्लामा परम्परागत रूपमा हातेमेसिनबाट बुनेर तयार गरिँदै आएको ‘तेह्रथुमे ढाका’ कपडाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनको प्रयास सुरु गरिएको छ । व्यावसायिक रूपमै ढाका कपडा बुनिरहेका महिला उद्यमीलाई अन्तर्राष्ट्रिय बजारमा चर्चित ढाकाको आकर्षक डिजाइन, कपडाको रङ, बुट्टा, बजार व्यवस्थापन र मूल्य निर्धारणलगायत विषयमा सीप प्रदान गरी बजार प्रवद्र्धन थालिएको हो ।

ढाकाबाट आम्दानी बढाउँदै महिला

स्थानीय महिलाले गाउँघरमै हातेमेसिनबाट हातले बुनेर तयार गरिएका ढाका देश–विदेशमा ‘तेह्रथुमे ढाका’को नामले चर्चित छ । हातैले बुनेको, कलात्मक र आकर्षक बुट्टा राखिएका कारण तेह्रथुमे ढाका एक हस्तकलाका रूपमा लोकप्रिय बन्दै गएको हो । जिल्लाका गाउँ–गाउँमा महिलाले घरायसी कामसँगै थोरै लगानीमा हातेमेसिनबाट आकर्षक डिजाइनका ढाका कपडा बुनेर आम्दानी लिँदै आएका छन् ।

गरिबी निवारण कोषको सहयोग

स्थानीय महिलाको समय, सीप र मिहिनेतबाट तयार हुने आकर्षक डिजाइनका कलात्मक ढाकाका कपडाको मूल्य निर्धारण र बजार व्यवस्थापनमा पहुँच भने पुग्न सकेको छैन ।

जिल्लामा सञ्चालित गरिबी निवारण कोष कार्यक्रमले महिला उद्यमीको सीपलाई आधुनिक र व्यवस्थित बनाई उनीहरूको आयस्तर बढाउन ढाका कपडाको व्यवसायीकरण र बजार प्रवद्र्धनमा सहयोग पु¥याएको छ ।

‘परम्परागत व्यवसायमा सीपको विकास, परिमार्जित प्रविधि नै बजारीकरणको निकास’ नारासहित गरिबी निवारण कोष कार्यक्रमअन्तर्गत जापान सामाजिक विकास कोषको सहयोगमा सञ्चालित सीप विकास तथा व्यावसायिकता कार्यक्रमले ‘तेह्रथुमे ढाका’को बजारीकरणमा उद्यमीको पहुँच विकास गर्न प्रयत्न गरिरहेको गरिबी निवारण कोषका जिल्ला कार्यप्रबन्धक नरेन्द्रप्रसाद कटुवालले जानकारी दिए ।

जिल्लामा देउराली सोसाइटी नामक गैरसरकारी संस्थाको सहजीकरणमा विभिन्न गाउँहरूमा सञ्चालन भइरहेको छ । सुरुमा उद्यमीलाई सदरमुकाम म्याङलुङमा ढाका कपडाको नयाँ र आकर्षक डिजाइन, मूल्य निर्धारण र बजारीकरणसम्बन्धी तालिम सञ्चालन भइरहेको कोषका जिल्ला प्रबन्धक कटुवालले बताए ।

१ सय ५ महिला उद्यमीले लिए तालिम

हालै सञ्चालित तालिममा जिल्लाका ३५ वटा सामुदायिक संस्थाका १ सय ५ जना महिला उद्यमी सहभागी भइरहेका छन् । १५ दिनसम्म सञ्चालन हुने तालिमपछि महिला उद्यमीलाई स्वदेशी तथा विदेशी बजारमा लोकप्रिय बुट्टा, रङ, डिजाइन र मूल्यबारे सिकाइनेछ ।

तालिमपछि आय बढाउन सहयोग हुने

तालिमले महिला उद्यमीलाई ढाकाको नयाँ सीप विकास र विस्तारमा समेत सहयोग पुग्नेछ । सहभागीलाई महिला उद्यमी बहुउद्देश्यीय सहकारी संघका रीता सिंह, मीरा तुम्बाहाम्फे र बजार विशेषज्ञ आङडिकु शेर्पाले सहजीकरण गरिरहेका छन् । तालिमले महिला उद्यमी आफैँलाई ढाकाको बजार, मूल्य र उत्पादन विषयमा ज्ञान हुने र उनीहरूको आय बढाउन सहयोग पुग्ने महिला उद्यमी महासंघकी उपाध्यक्ष रीता
सिंहले बताइन् ।

‘ढाका कपडा नेपालमा भन्दा विदेशमा लोकप्रिय छ । हातले बुनेर तयार गरिने ढाका कपडाको सम्भावना अझै उच्च छ । बजारमा आकर्षक देखिने ठूला उद्योग र मेसिनबाट तयार गरिने कपडा धेरै छन् । तर, हातैले बुनेर तयार हुने कलायुक्त ढाका कपडाको महत्व फरक हुने गर्छ,’ उनले भनिन् ।

साझा सुविधा केन्द्र स्थापना गरिने

तालिमपछि महिलाले उत्पादन गरेका ढाका कपडा बिक्री सहज बनाउन साझा सुविधा केन्द्र स्थापना गर्ने तयारी थालिएको छ । महिला उद्यमीले घरैमा उत्पादन गरेका सामग्री संकलन गरेर बजारसम्म पु¥याउने माध्यमको समेत विकास गर्नुपर्ने उपाध्यक्ष सिंहले बताइन् ।

‘अहिलेसम्म उद्यमीले भन्दा बिचौलियाले धेरै कमाएका छन्, अबका दिनमा हामी आफैँ अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने माध्यमको खोजी गरिदिने प्रयत्न गरिरहेका छाँै,’ उनले भनिन् ।

भारतीयबाट ढाका बुनाइ तालिम

यसअघि म्याङलुङ, जलजले, सिम्ले, सोल्मा र ओयाक्जुङका १० महिलालाई भारतीय प्रशिक्षकबाट समेत ढाका डिजाइनसम्बन्धी ४५ दिने तालिम दिइसकिएको छ । जिल्लाभर गठन भएका ३५ वटा ढाका बुनाई सामुदायिक संस्थामार्फत ६ सय ३५ जना ढाका महिला उद्यमी विकास भइरहेको गरिबी निवारण कोषका प्रबन्धक कटुवालले बताए ।

कोषले यस्ता समूहलाई घुम्तीकोषमा लगानी गर्न अनुदानमा करोडौँ रुपैयाँसमेत उपलब्ध गराएको छ । महिलालाई समूहमार्फत सस्तो ब्याजदरमा ऋण लिने र ढाका बुनाइ व्यवसायमा लगानी गर्ने गरी अनुदान दिइएको हो ।

जिल्लाका ढाका उद्यमी र तिनीहरूसम्बद्ध विभिन्न संस्थाले समय–समयमा ढाकाको बजार प्रवद्र्धनका सम्बन्धमा छलफल र सीप विकासे तालिम सञ्चालन गर्दै आएका थिए ।

उचित मूल्य पाउन नसकेको गुनासो

लामो समयसम्म पनि ढाकाको बजार प्रवद्र्धन नहुँदा जिल्लाका ढाका उद्यमीले कपडाको उचित मूल्य पाउन नसकिएको गुनासो गर्दै आएका छन् । स्वदेश–विदेशमा समेत ढाकाको माग उच्च भए पनि बजार व्यवस्थापनको सीप उद्यमी आफैँमा विकास नहुँदा बिचौलिया हाबी छन् । बजारमा खुलेका दर्जनौँ सोरुमले उद्यमीबाट न्यून मूल्यमा खरिद गर्ने र दोब्बर मूल्य लिएर बिक्री गर्दै आएको उद्यमीको गुनासो छ ।

बिचौलियाकै कारण राम्रो मूल्य नपाउँदा ढाका व्यवसायबाटै विस्थापित हुने अवस्थामा रहेका उद्यमी आफैँलाई अहिले बजार व्यवस्थापन र मूल्य निर्धारणको सीप विकासको प्रयास भइरहेको गरिबी निवारण कोष कार्यक्रमका जिल्ला प्रबन्धक कटुवालले बताए ।

५ हजार ढाका उद्यमी

जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार जिल्लामा हाल करिब ५ हजार ढाका उद्यमी छन् । जिल्लाभर करिब ३ दर्जन ठूला ढाका उद्योग र अन्य २ हजारभन्दा बढी घरेलु ढाका उद्योग सञ्चालनमा रहेको तथ्यांक छ ।