सहरी विकासमा १ खर्ब ३० अर्बको ‘फन्डिङ ग्याप’ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

जीवन बस्नेत/नयाँ पत्रिका, काठमाडौं   |   असार ०५, २०७४

वार्षिक १ खर्ब ६५ अर्ब रुपैयाँ चाहिनेमा ३५ अर्ब मात्र लगानी

सहरी पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानीमा ठूलो अभाव रहेको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माका अनुसार प्रत्येक वर्ष सहरी पूर्वाधारका लागि १ खर्ब ६५ अर्ब रुपैया“ लगानी आवश्यक छ । जबकि अहिले वार्षिक ३५ अर्ब रुपैया“बराबर मात्र लगानी भइरहेको छ ।

योजनाबद्ध र व्यवस्थित सहरी पूर्वाधार विकासमा लगानी नहुनु ठूलो चुनौती बनिरहेको उनले बताए । बढ्दै गएको सहरी जनसंख्या र लगानीको अनुपातमा ठूलो भिन्नता रहेकाले लगानी वृद्धि गर्नैपर्ने आवश्यकता देखिएको सचिव शर्माको भनाइ छ । उनले मन्त्रालयको काम पछिल्लो २ वर्षमा चार गुणाले वृद्धि भए पनि जनशक्ति यथावत् रहँदा विकास खर्च हुन नसकेको बताए । आर्थिक वर्ष ०७२÷७३ मा ८ अर्ब रुपैया“ बजेट रहेकोमा चालू आवमा २४ अर्ब रुपैया“ विनियोजन गरिएको थियो । आगामी आव ०७४÷७५ का लागि ३२ अर्ब रुपैया“ विनियोजन गरिएको छ ।

आर्थिक वर्षको ११औँ महिनामा कुल पु“जीगत खर्च २० प्रतिशत मात्र खर्च हुनु भनेको निराशाजनक अवस्था हो । सचिव दीपेन्द्रनाथ शर्माका अनुसार मन्त्रालयको २० जेठसम्मको पु“जीगत खर्च २० प्रतिशत मात्र रहेको छ । कुल बजेट १९ अर्ब ४ करोड ९८ लाख रुपैया“ रहेकामा ४ अर्ब १८ करोड रुपैया“ मात्र खर्च हुन सकेको छ ।

मापदण्ड निर्धारण टोली गठन

सरकारले संघीय संरचनाअनुसार गठन गरिने प्रदेशस्तरमा आवश्यक सरकारी कार्यालयको मापदण्ड निर्धारण र आवश्यकता पहिचान गर्न कार्यटोली गठन गरेको छ । सहरी विकास मन्त्रालयका आवास तथा भवन महाशाखा प्रमुख डा. रमेशप्रसाद सिंहको संयोजनकत्वमा गठन गरिएको उक्त कार्यटोलीले २ महिनाभित्र प्रतिवेदन बुझाउने सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिए । सात सदस्यीय कार्यटोलीका सदस्यमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक र उपमहानिर्देशक, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका उपसचिव तहका कर्मचारी प्रतिनिधि तथा सहरी विकास मन्त्रालयको आर्थिक प्रशासन शाखा प्रमुख रहनेछन् । आवास तथा भवन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर भने सदस्य–सचिव रहनेछन् ।

६ सदस्यीय डिजाइन प्रारूप तयारी समिति

सहरी विकास मन्त्रालयले सातवटा प्रदेशलाई आवश्यक निकायहरूका लागि नया“ भवन–संरचना डिजाइन कार्यको प्रारूप तयार गर्न पनि समिति गठन गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्मा संयोजक रहेको ६ सदस्यीय समितिलाई १ महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ । समितिका सदस्यमा विभागकै भवन महाशाखाका उपमहानिर्देशक, विभागको आर्थिक प्रशासन शाखा प्रमुख, कर्मचारी प्रशासन शाखा प्रमुख, मन्त्रालयको आवास तथा भवन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर रहेका छन् । विभागकै भवन निर्माण शाखाका सिनियर डिभिजनल इन्जिनियर सदस्य–सचिव रहेका छन् ।

सहरी पूर्वाधार निर्माण तीव्र बनाइने

सहरी विकासमन्त्री प्रभु साहले सहरी पूर्वाधार निर्माणमा तीव्रता दिएर आर्थिक विकास गर्नु आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । आइतबार पदभार ग्रहण गर्दै उनले कर्मचारीबाट कामको सहयोग चाहेको बताए । ‘म क्षेत्रगत रूपमा पक्षपात गर्दिनँ,’ उनले भने, ‘कामलाई हेरेर मूल्यांकन गर्छु ।’ मन्त्रालयको पु“जीगत खर्च न्यून भएकाले अबको एक महिना त्यसलाई अधिकतम खर्च गर्नमा केन्द्रित हुने उनको भनाइ छ । उनले प्रदेशस्तरीय सरकारी कार्यालयको मापदण्ड निर्धारण टोली गठनसम्बन्धी पहिलो निर्णय गरेका छन् ।