देवकोटाको ‘द्धन्द्धमा परेका बालबालिकाको जीवन र शिक्षा’ शोधपुस्तक सार्वजनिक - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   असार ०५, २०७४

श्रीप्रसाद देवकोटाको ‘द्धन्द्धमा परेका बालबालिकाको जीवन र शिक्षा’ नामक शोधपुस्तक सार्वजनिक भएको छ । एड्रोइट पब्लिसर, नयाँ दिल्ली यो पुस्तकको प्रकाशन गरेको हो । देवकोटाद्धारा लिखित उक्त शोधमा दश वर्षे जनयुद्ध र जनयुद्धले स्कुले बालबालिकाको शैक्षिक जीवनमा पारेको असरका बारेमा स्थलगत अनुसन्धान गरी त्यसको समधानका लागि आवश्यक सुझाब समेत दिने काम गरिएको छ । लेखकले यस पुस्तकमा विशेषतः द्धन्द्ध र बालबालिकासम्बन्धी जे जति सन्धिहरु भएता पनि दशवर्षे जनयुद्धमा राज्य र बिद्रोही शक्ति तत्कालिन नेकपा (माओवादी)बाट मानव अधिकारसम्बन्धी अन्तर्राट्रिष्य सन्धिहरुको चरम उलंघन गरेको पाइएको बताउँदै त्यसका करण हजारौँ बालबालिकाको शिक्षाकमा गम्भीर असर परेको उल्लेख गरेका छन् । यस शोध पुस्तकमा देवकोटाले सन् १९९६ देखि २००६ सम्म १८ वर्ष नपुगेका स्कुले बालबालिकाहरुको जनयुद्धले उक्त समयमा पारेको शैक्षिक असर र शान्ति प्रक्रिया पश्चात् उनीहरुको जीवनशैलीका बारेमा अनुसन्धान गरेका छन्। पुस्तकमा गरिबी, राजनैतिक उत्प्रेरणा, अभिभावकको पेशा तथा राज्य र बिद्रोही शक्तिको यातना नै स्कुले बालबालिकाको शैक्षिक जीवनको मुख्य अबरोधका कारण भएको उल्लेख गरिएको छ । विविध कारणले केही बालबालिकाहरु प्रत्यक्षरुपमा लडाकुको रुपमा जनयुद्धमा सहभागी भएको त कोही जनयुद्दमा अभिभाबकको मृत्युकै कारण शिक्षाबाट बञ्चित रहेको बताउँदै शान्ति प्रक्रियापश्चात् राज्य र अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरुमार्फत सामाजिक पुर्नस्थापनाका लागि केही कार्यक्रमहरु संचालन गरिएको भए पनि ती प्रयाप्त नभएको र ती प्रयासले पीडित बलबालिकाहरुलाई सामाजिक समायोजनमा कुनै राहात प्रदान नगरेको लेखकको निष्कर्ष छ । लेखकका अनुसार, जनयुद्धकालीन समयमा शैक्षिक अवसरबाट बन्चित बालबालिकाहरु शान्ति प्रक्रियापश्चात् थप समाजिक बिभेद, गरिबी र घृणाका पात्रहरु बनेका छन् । सामाजिक समायोजनका क्रममा उनीहरु कतै अयोग्य लडाकु त कतै सामाजिक अपराधीको रुपमा बहिष्कृत छन् । लेखकले पीडित बालबालिकाको आवश्यकता भन्दा पनि द्वन्द्वरत देशहरुले सामजिकीकरणमा प्रयोग गरिएको अन्तर्राष्ट्रिय अनुभवलाई जबरजस्त प्रयोग गर्न खोजेका कारण सही रुपमा समायोजन हुन नसकेको उल्लेख गरेका छन् । त्यसकारण राज्यले पीडितहरुको खास समस्याको पहिचान गरी उनीहरुकै आवश्यकता अनुरुपका पुनःस्थापनाका कार्यक्रमहरु सञ्चालन गरिनुपर्नेललेखकको मत रहेको छ । द्वन्द्वका कारण शिक्षाको अवसरबाट बन्चित बालबालिकाहरुलाई पुनः औपचारिक शिक्षामा जोड दिनुभन्दा प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिनुपर्ने सुझाब लेखकले पेस गरेका छन् ।