नेपालको व्यापार घाटासँग जोडिएका ६ सवाल - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार ०४, २०७४

 

डा. पोषराज पाण्डे
अर्थविद्

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको १० महिनामा नेपालले ७ खर्ब ४६ अर्ब १८ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ४ प्रतिशतले बढी हो । एकातर्फ खपत बढ्दै जानु, अर्कोतर्फ उत्पादन र निर्यात उल्लेखनीय रूपमा बढ्न नसक्दा मुलुकले ठूलो आकारको व्यापार घाटा व्यहोर्नुपरिरहेको अर्थविद् पोषराज पाण्डे बताउँछन् । व्यापार घाटा यही रफ्तारमा बढ्ने हो भने मुलुकको अर्थतन्त्र कुनै समय ‘क्र्यास’ हुन सक्ने उनको भनाइ छ । व्यापार घाटा अत्यासलाग्दो रूपमा किन बढिरहेको छ र यसलाई रोक्न वा न्यूनीकरण गर्न के गर्नुपर्छ भन्ने विषयमा अर्थविद् पाण्डेको विश्लेषण यस्तो छ स:

व्यापार घाटाको अवस्था
हाम्रो व्यापार घाटा १० महिनामा साढे ७ खर्ब हाराहारीमा पुगेको छ । यो असाध्यै डरलाग्दो व्यापार घाटा हो । आयातको वृद्धिदर उच्च भइरहेको छ । तर, निर्यातको वृद्धिदर न्यून छ । अहिले निर्यात–आयातको अनुपात १ः१३ भन्दा बढी पुगिसकेको छ जुन भोलिका दिनमा १ः१५ पुग्ने पक्का छ । हामी व्यापार घाटामा गम्भीर र चिन्तित हुन सकेका छैनौँ जस्तो लाग्छ ।

व्यापार घाटा भनेको आजको भोलि नै रोकिने कुरा होइन । यसर्थ, आजकै दिनबाट व्यापार घाटा घटाउँछौँ भनेर लाग्दा पनि २–४ वर्षभन्दा बढी समय लाग्छ । गार्मेन्ट, गलैँचा, पस्मिना, हस्तकलालगायत वस्तुको निर्यात दोब्बर नै बनाए पनि तत्काल व्यापार घाटा स्वात्तै घटाउन सम्भव छैन । अहिले गार्मेन्ट, गलैँचा र पस्मिनाको निर्यात करिब २५ अर्बको हाराहारीमा होला । त्यसलाई दोब्बर बनाउँदा पनि ५० अर्ब मात्रै पुग्ने हो । तर, व्यापार घाटा त साढे ७ खर्बको रहेको छ । यसर्थ, अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर व्यापार घाटा न्यूनीकरणका लागि जोड दिन आवश्यक छ ।

किन बढिरहेको छ व्यापार घाटा ?
व्यापार घाटा वृद्धि उच्च दरमा भइरहेको छ । र, यो हाम्रो अवस्था र परिस्थितिले स्वाभाविक पनि हो । हामी उत्पादन नगर्ने खपत मात्रै गर्ने भएपछि व्यापार घाटा नभएर के हुन्छ ? यसलाई सामान्य ढंगबाट हेर्ने हो भने कि त उत्पादन बढाउनुपर्यो कि त खपत घटाउनुप¥यो । अब खपत घटाउने कुरै आउँदैन, त्यसैले हाम्रो मुख्य जोड भनेको उत्पादन वृद्धिमै हुनुपर्छ ।

हाम्रो मुलुकमा मुख्यतः रेमिट्यान्सका कारण खपत बढिरहेको छ । बिदेसिएका नागरिकले पैसा पठाउँछन् र उनीहरूले पठाएका पैसाले परिवार तथा आफन्तले यहाँ आफ्ना आवश्यकता पूर्ति गरिरहेका छन् । अहिले भइरहेको बजार प्रणालीमा हामी प्रतिस्पर्धा गर्न सक्दैनौँ, जसका कारण हाम्रो निर्यात बढ्न सकेको छैन र व्यापार घाटा उच्चदरमा बढिरहेको छ । यसका लागि हाम्रो वस्तुलाई कसरी हुन्छ प्रतिस्पर्धी बनाउनेमा ध्यान दिनुपर्छ ।

निर्यात बढ्न नसक्नुका कारण
निर्यातका लागि हाम्रो उत्पादन प्रतिस्पर्धी छैनन् । प्रतिस्पर्धी क्षमता पनि बढाउनुपर्छ । रणनीतिमै परेका वस्तुको निर्यात घटिरहेको छ । एनटिआइएसमा परेका वस्तुको निर्यात हुने मुख्य गन्तव्य भारत हो । तर, त्यहाँ गैरभन्सार अवरोधका कारण निर्यात घटिरहेको छ । अदुवा, अलैँचीलगायत उत्पादनले धेरै अवरोध झेलिरहेका छन् । यसमा कि त हामीले भारतले भनेजस्तो उत्पादन गर्न सकेका छैनौँ कि त भारतले जानाजान अवरोध गरिरहेको छ । यसको तथ्य पत्ता लगाएर समाधान गर्ने काम राज्यको हो ।

निर्यात वृद्धिका लागि पूर्वाधार विकास आवश्यक छ । सडक, ऊर्जा, भन्सारलगायत पूर्वाधारको विकासले हाम्रो उत्पादन वृद्धि र व्यापार सहजीकरणमा सहयोग पु¥याउँछ । अझ प्रविधिको प्रयोगमा हामीले धेरै ध्यान दिनुपर्ने देखिन्छ । कृषि तथा औद्योगिक उत्पादनमा प्रविधिको उपयोग बढाएर गुणस्तरीय उत्पादन वृद्धि गराउन सकिन्छ । हामीले बजारसमेत छान्नुपर्छ । र, बजारअनुसार उत्पादनको गुणस्तर तथा परिमाण बढाउनुपर्छ । अब उत्पादन मात्रै होइन, सेवा निर्यातमा पनि ध्यान दिनुपर्छ । हामीले सूचनाप्रविधिको आउटसोर्सिङ, बिपिओ (बिजनेस प्रोसेस आउट सोर्सिङ)लगायततर्फ पनि जोड दिनुपर्छ । सधैँ दुई–चारवटा उत्पादनको निर्यात गर्छु र व्यापार घाटा कम गर्छु भनेर सम्भव छैन ।

आयात कसरी विस्थापन गर्ने ?
सबैभन्दा पहिला के–के बढी आयात भइरहेको छ त्यसको सूची तयार गर्नुपर्छ । त्यसमध्ये के–केको आयात विस्थापन वा न्यूनीकरण गर्न सकिन्छ भनेर अध्ययन गर्नुपर्छ । र, सोहीअनुसार उत्पादन वृद्धि तथा निर्यात प्रवद्र्धन गर्नुपर्छ । अहिले हामीले धेरै कृषि सामग्री आयात गरिरहेका छौँ । यो मुलुकलाई कृषि प्रधान भनिन्छ, तर धेरै कृषि वस्तु किन आयात भइरहेको छ ? यसमा गम्भीर समीक्षा गर्न आवश्यक छ । त्यसैले अब राज्यले कृषि उत्पादन वृद्धिका लागि अनुकूल नीति बनाउनुपर्छ । कृषिमा प्रविधि भित्राउनुपर्छ । आधुनिक तथा व्यावसायिक कृषिको अवधारणामा चल्नुपर्छ ।

पेट्रोलियम पदार्थ १ खर्बभन्दा बढीको आयात हुन्छ । यसको आयात तथा खपततर्फ सोच्नुपर्छ । यसका लागि हामीले जलविद्युत् उत्पादनमा प्राथमिकता दिनुपर्छ । विद्युत् उत्पादन बढाउन सक्यौँ भने पेट्रोलियम पदार्थको खपत प्रतिस्थापन गर्न सक्छौँ । अझ विद्युत् नै निर्यातसमेत गर्न सक्छौँ, जसले गर्दा हाम्रो व्यापार घाटा न्यूनीकरण गर्न ठूलो मद्दत पुग्छ । पर्याप्त विद्युत् उत्पादन हुन सके घरमा ग्यासको सट्टा विद्युत् प्रयोग गर्न सकिन्छ, विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सकिन्छ । त्यस्तै उद्योगहरूमा खपत हुने डिजेल र पेट्रोलको मात्रा घट्छ ।

जिम्मेवार को हो ?
अहिले व्यापार घाटा भनेको वाणिज्य मन्त्रालयको मात्रै चिन्ताको विषयजस्तो सोचिएको छ । यसको अर्थतन्त्रमा पर्ने असर र मुलुकलाई धरासयी बनाउन सक्ने प्रभावका बारेमा कोही पनि चिन्तित देखिएका छैनन् । दुई–चारजना अर्थशास्त्री, उद्योगी र वाणिज्य मन्त्रालयले मात्रै चिन्ता जाहेर गरेर वा लागेर व्यापार घाटा घटाउन सकिँदैन । अन्य मन्त्रालय, विभागलगायत सम्बन्धित तथा सरोकारवाला निकाय र व्यक्तिले पनि उत्तिकै भूमिका खेल्नुपर्छ ।

कतिपय सन्दर्भमा सरकार र सम्बन्धित निकायमा यस्ता समस्याबारे सुन्ने र बुझ्ने मान्छे चाहिएको छ । व्यापार घाटा के हो ? यो किन डरलाग्दो रूपमा बढिरहेको छ ? यसले हामीलाई के असर पार्छ भन्नेलगायत कुरा बुझ्ने मानिस सम्बन्धित निकायमा चाहिएको छ । त्यस्तै, विज्ञहरूले दिएका सुझाब सुन्ने मानिस पनि चाहिएको छ । यहाँ त न बुझ्ने मान्छे आउँछन् न त सुन्ने नै ।

समस्या र समाधानको उपाय
एउटा कुरा के स्पष्ट छ भने जुन दिन रेमिट्यान्स बन्द हुन्छ, त्यही दिनदेखि अर्थतन्त्र क्र्यास हुन्छ । पछिल्ला दिनमा त्यो लक्षण देखिएको छ । रेमिट्यान्सको वृद्धिदर घटेको छ । हाम्रो मुलुकको अर्थतन्त्र अहिले रेमिट्यान्सले धानिरहेको छ । अर्थतन्त्रको आधार नै भत्कियो भने के होला ? यसर्थ, अब हामीले रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित बनाउन सक्नुपर्छ । हाम्रो अर्थतन्त्रको आधार रेमिट्यान्स होइन, उत्पादनलाई बनाउनुपर्छ ।

मुख्यतः उत्पादन तथा निर्यात वृद्धि र व्यापार घाटा न्यूनीकरणका लागि सबैभन्दा पहिला हामीले संरचना नै परिवर्तन गर्नुपर्छ । हाम्रो नीति तथा प्राथमिकता फेरिनुपर्छ । उत्पादन र बजार विविधता बढाउनुपर्छ । सरकारले अनुदान र प्रोत्साहनको व्यवस्था गर्नुपर्छ । कृषि तथा औद्योगिक उत्पादनमा दिइने अनुदान एवं प्रोत्साहनले हाम्रो उत्पादनको प्रतिस्पर्धी क्षमता बढाउँछ । राजनीतिक स्थिरता पनि उत्तिकै आवश्यक छ । हामी अहिले पनि निर्वाचन, मधेसका मुद्दा, संविधानको कार्यान्वयनलगायत विषयमा केन्द्रित छौँ । जब यस्ता विवादित राजनीतिक विषयले किनारा पाउँछ अनि मात्रै अर्थतन्त्र केन्द्र बिन्दुमा आउँछ र व्यापार घाटा न्यूनीकरणका समाधानमा लागिएला ।