बलिउड सेलेब्रिटी जसले गरे भागेर बिहे - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार ०४, २०७४

सोहेलखान–सीमा सचदेव
सोहेल खान व्यक्तिगत जीवनका कारण चर्चामा आइरहन्छन् । उनले एक हिन्दू युवती सीमा सचदेवसँग प्रेम गरेको प्रसंग पनि ऊ वेला चर्चामा थियो । उनीहरू विहे गर्न चाहन्थे । तर, दुवैका परिवार उनीहरूको सम्बन्धको विरुद्धमा थिए । अन्ततः उनीहरूले भागी विवाह गरे । १९९८ मा सोहलले निर्देशन गरेको फिल्म ‘प्यार किया तो डरना क्या’ रिलिज भएकै दिन उनीहरूले भागेर बिहे गरेका थिए । अहिले उनीहरूका दुई छोरा छन् । सीमा फेसन डिजाइनर हुन् ।

आमिर खान–किरण राव
आमिर खानले दुईपटक बिहे गरेका छन् । उनकी हालकी पत्नी किरण राव हुन् । आमिरकी पहिली पत्नी रिना दत्ता थिइन् । रिना र आमिर लामो समय प्रेम गरेपछि बिहे गर्ने निर्णयमा पुगे । तर, अलग–अलग धर्म भएका कारण रिनाको परिवार बिहेका लागि राजी भएन । अनि १९८६ मा उनीहरू घरबाट भागेर बिहे गरे । १६ वर्षको वैवाहिक सम्बन्धपछि २००२ मा आमिरले रिनालाई डिभोर्स दिए । र, २००५ मा किरणस“ग विहे गरे । रिनाको कोखबाट आमिरका दुई बच्चा छन्, जो रिनासँगै छन् ।

बिन्दिया गोस्वामी–जेपी दत्ता
बिन्दिया गोस्वामीले पनि निर्देशक जेपी दत्तासँग भागेर बिहे गरिन् । त्यसो त बिन्दियाको यो दोस्रो बिहे हो । पहिले विनोद मेहरासँग बिहे गरेकी थिइन्, जसको अहिले निधन भइसक्यो । पछि जेपीसँग नजिक भएकी बिन्दियालाई परिवारको साथ रहेन । अन्ततः १९८५ मा उनले भागेरै जेपीसँग बिहे गरिन् । दुई छोरीको साथमा उनीहरूको जीवन सुखमय बितिरहेको छ ।

सैफअली–अमृता सिंह
२१ वर्षको उमेरमै सैफअली खान ३३ वर्षीया अमृता सिंहको दिलमा बसेका थिए । त्यो समय सैफ आफ्नो करियर बनाइरहेका थिए भने अमृता चर्चित अभिनेत्री थिइन् । उनीहरूको उमेर अन्तर १२ वर्षको रहेकाले परिवार बिहेका लागि मञ्जुर थिएनन् । त्यसैले १९९१ मा उनीहरूले भागेर बिहे गरे । तर, १३ वर्षपछि फेरि उनीहरू अलग भए । उनीहरूबाट जन्मिएका दुई सन्तान छन् ।

पद्मिनी कोल्हापुरे–प्रदीप शर्मा
पद्मिनी कोल्हापुरे र प्रदीप शर्माको लभ स्टोरी कुनै फिल्मको कहानीभन्दा कम छैन । दुवैको बातचित फिल्म ‘एसा प्यार कहा’को सेटमा १९८६ मा भएको थियो । उनीहरू विस्तारै प्रेममा परे । तर, पद्मिनीको परिवार यो सम्बन्धबाट खुसी थिएनन् । तर, एक दिन पद्मिनी प्रदीपस“ग भागिन् । उनीहरूको एउटा छोरा छन् ।

शशि कपुर–जेनिफर केन्डल
शशि कपुर र जेनिफर केन्डलबीच थिएटरमा प्रेम बसेको थियो । उनीहरूबीच पहिलो भेट १९५६ मा भएको थियो । केही समयको गफगाफपछि उनीहरू विवाह बन्धनमा बाँधिए । तर, जेनिफरको परिवार उनीहरूको सम्बन्धलाई लिएर खुसी थिएनन् । १८५८ मा भागेर मुम्बई उनीहरूले पुगेर बिहे गरे । तर, १९८४ मा जेनिफरको मृत्यु भयो, क्यान्सरका कारण । यो जोडीबाट तीन सन्तान छन् ।

शम्मी कपुर–गीता बाली
यो जोडीको प्रेम १९५५ मा फिल्म ‘रंगिन राते’को सेटमा काम गर्दादेखि सुरु भएको थियो । चार महिनापछि उनीहरूले सम्बन्धलाई बिहेमा बदले । शम्मीभन्दा गीता उमेरले एक वर्ष जेठी थिइन् । यसकारण उनलाई लागिरहेको थियो कि उमेरकै कारण बिहेका लागि घरबाट स्वीकृति मिल्दैन । त्यसपछि उनीहरूले मन्दिरमा गएर बिहे गरे । अहिले शम्मी र गीता यो संसारमै छैनन् ।