लापरबाहीले दुर्घटना निम्त्याउँदो रहेछ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार ०४, २०७४

माओवादी केन्द्रका केन्द्रीय नेता कृष्ण केसी केही दिनअघि ठूलो दुर्घटनामा परे । अहिलेसम्म पनि उनको टाउकाको दायाँ भाग अचेत छ । ड्राइभरको कमजोरीले भएको दुर्घटनाका साक्षी नेता केसीले लापरबाहीले दुर्घटना कसरी निम्त्याउँदो रहेछ भन्ने अनुभव सुनाएका छन् :

स्थानीय तहको पहिलो चरणको निर्वाचन सकेर जेठ १२ गते बाग्लुङबाट काठमाडौं आउँदै थिएँ । निर्वाचन र जिल्ला पार्टीको स्थितिबारे पार्टी नेतृत्वलाई ब्रिफिङ गर्नका लागि काठमाडौं आइरहेको थिएँ । पार्टीको केन्द्रिय सदस्य भएकाले यो जिम्मेवारी मेरो काँधमा थियो ।

बिहान ६ः३० बजे माइक्रोमा हिँडेको थिएँ । अन्य यात्रु पनि थिए । गुरुजीको आडैमा एकजना महिला पनि थिइन् । मोबाइलमा न्युज अपडेट हुँदै यात्रा गरिरहेको थिएँ । पोखरा र बाग्लुङको मध्यबिन्दु लुम्ले आइपुग्दा ९ बजेको थियो । त्यहाँ खाजा खाइयो । एक्लेफाँटमा खाना खाने योजनासहित त्यहाँबाट हिँड्यौँ ।

दिनको १ बजे तनहुँको डुम्रेमा आइपुगियो । गाडी द्रूत गतिमा थियो । गाडीको गति देख्दा दुर्घटना हुन्छ कि भन्ने शंका मलाई पहिल्यै लागेको थियो । यो यसकारण पनि थियो कि बाग्लुङबाटै चढेकी महिलालाई आफ्नै आडको सिटमा राखेर गुरुजी निकै गफिँदै आएका थिए । यस्तो लाग्थ्यो, उनको दिमाग गाडीमाभन्दा महिलातिर सक्रिय थियो । तर, त्यहाँ आउँदासम्म म केही बोलिनँ । किनभने त्यहाँसम्म सडकमा सवारीको चाप पनि कम थियो ।

माइक्रो डुम्रेबाट झन्डै दुई किलोमिटर जति अगाडि बढेको थियो । अब भने गुरुजीलाई केही सचेत गराउनुपर्छ भन्ने सोचिरहेको थिएँ । माइक्रो सीधा बाटोमै हुइँकिइरहेको थियो । त्यति नै वेला निकै ठूलो आवाज सुनेँ । त्यसपछि के भयो मलाई केही पत्तो भएन । त्यसको आधा घण्टापछि मात्र मैले निकै कोलाहाल सुनेँ । मेरा आँखा बन्द थिए, तर, मेरो कानले निरन्तर रोइकराइ गरेको आवाज सुनिरहेको थियो । त्यसपछि थाहा पाएँ, दुर्घटनामा परेको रहेछु ।

त्यो कोलाहाल हेर्नका लागि आँखा उघार्ने प्रयास गरेँ । तर, यति धेरै रिंगटा लागेको थियो कि, आँखासमेत उघार्न सकिनँ । टाउकोमा चोट लागेको छ भन्नेसम्म थाहा पाएँ । पूरै शरीर रगतले भिजेको भान हुन्थ्यो । म गाडीमा छैन, कुनै चौरमा सुताइएको छु भन्नेसम्म थाहा पाएँ ।
अर्कोपटक ब्युझँदा आफूलाई डुम्रेको लक्ष्मी हस्पिटलमा पाएँ । मेरो आँखीभौँनिर १९ वटा टाँका लगाइएको थियो, हातमा सलाइन उनिएको थियो । त्यतिवेला एउटा आँखा मात्र खुल्यो, अर्को आँखा निधारबाट चोइटिएको मासुले ढाकेको थियो । शरीर खपिनसक्नु गरी दुखेको थियो । मेरो आडैमा अन्य सात–आठजना घाइते छटपटाइरहेको थाहा पाएँ । मैले त्यहीँबाट परिवार, पार्टीका नेता र प्रधानमन्त्री सचिवालयमा फोन गरी घटनाबारे अवगत गराएँ । रोल्पा रहेका नेता वर्षमान पुन अनन्तले नर्भिक जान भन्नुभयो ।

म दुई घण्टापछि होसमा आएको रहेछु । लक्ष्मी हस्पिटलमा आएपछि मात्र थाहा भयो कि चालकको कमजोरीले विपरीत दिशातिरबाट आएको ट्रकसँग जुधेर दुर्घटना भएको रहेछ । यो मेरो जीवनको पहिलो दुर्घटना थियो । म महिनामा दुई–तीनपटक बाग्लुङ–काठमाडौं ओहोरदोहोर गर्ने मान्छे । तर, दुर्घटनाबारे कहिल्यै सोचेको थिइनँ । बरु, धौलागिरी अञ्चल अस्पतालको अध्यक्ष हुँदा दुर्घटनामा परी मृत्युशøयामा छट्पटाइरहेका थुप्रै घाइतेलाई उद्धार गरेको थिएँ ।

अस्पतालमा केही समय बिताएपछि अपरिचित सहयात्री राजु थापाले उद्धार गरेर नर्भिक अस्पतालमा ल्याउन सहयोग गर्नुभयो । त्यतिवेलासम्म दुर्घटनाबारे स्थानीय तथा केन्द्रीय विभिन्न सञ्चारमाध्ययममा समाचार बनिसकेको रहेछ । जसका कारण मेरो मोबाइलमा सयौँ फोन कल आएको रहेछ । तर, मोबाइल प्रहरीसँग थियो ।

एम्बुलेन्सअभावमा फोल्ड गरेको प्राइभेट गाडीको सिटमा सुतेर राति १२ बजे नर्भिक अस्पताल आइपुगेँ । त्यसपछि मात्र जीवन र आफन्तको बारेमा सोच्न थालेँ । मलाई त्यतिवेला लाग्यो, मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भएछु । अस्पतालमा आइसकेपछि न्युरो सर्जन डा. राजीव झा नेतृत्वको स्वास्थ्य टोलीले मेरो उपचार सुरु गर्यो ।

अर्को दिन बिहानैबाट आफन्त, शुभचिन्तक र पार्टीका नेताहरू भेट्न आउनुभयो । शुभचिन्तकहरू आउनुभयो । १२ दिनसम्म अस्पताल बसेपछि डिस्चार्ज भएँ । तर, पूर्ण रूपमा ठीक भइसकेको छैन । अहिले पनि टाउकाको दायाँ भाग अचेत छ ।

कहालीलाग्दो दुर्घटनाबाट बाचेँपछि आफ्नै जीवन अहिले नाफा पाएजस्तो लागिरहेको छ । बाँकी जीवन फेरि पनि समाज रूपान्तरणकै अभियानमा खर्च गर्नेछु ।