रोयल्टी संकलनमा स्रष्टा र सरकार सँगै - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असार ०४, २०७४

रोयल्टी संकलन कार्य व्यवस्थित हुन नसक्दा नेपाली कला, साहित्य र संगीतकर्मी पलायन हुनुपर्ने स्थिति सिर्जना भइरहेको भन्दै सरकारले चासो देखाएको छ । नेपाल प्रतिलिपी रजिस्ट्रारको कार्यालय र संगीत उत्पादक समाज नेपालले शनिबार आयोजना गरेको अन्तरक्रियामा स्रष्टा, सर्जकहरू आर्थिक रूपमा कमजोर हुँदा नेपाली सांस्कृतिक पक्ष नै कमजोर बन्ने भन्दै सरकारी पक्ष र कलाकर्मीले सहकार्यको प्रतिबद्धता जनाएका हुन् ।

‘प्रतिलिपी अधिकार, कानुन र गीतसंगीतको सार्वजनिक प्रयोग’ विषयक एकदिने अन्तरक्रियामा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं संगीत रोयल्टी अनुगमन तथा निर्देशक समितिका संयोजक भरतमणि सुवेदीले अब वैज्ञानिक मापदण्डमा रोयल्टी संकलन हुने बताए । बौद्धिक सम्पत्तिसँग सम्बन्धित सरकारी निकायले रोयल्टी संकलनलाई व्यवस्थित बनाउनेतर्फ गृहकार्य गरिरहेको उनको दाबी छ ।

कार्यक्रममा संगीत उत्पादक समाज नेपालका अध्यक्ष निर्मल ढकालले रोयल्टी संकलन कार्यलाई वैज्ञानिक बनाउन सरकारको अर्थपूर्ण सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘नेपालमा प्रतिलिपी अधिकार ऐन २०५९ र प्रतिलिपी अधिकार नियमावली २०६१ रहे पनि यसको प्रभावकारी कार्यान्वयन आवश्यक पर्छ । अहिले सरकारी निकायदेखि संसद्को विकास समितिबाट समेत स्रष्टा र सर्जकको रोयल्टी संकलनको पक्षमा महत्वपूर्ण सहयोग प्राप्त भएको छ । निकट भविष्यमा नेपालमा रोयल्टी संकलन कार्य वैज्ञानिक ढंगले अगाडि बढ्ने आशा छ ।’ अध्यक्ष ढकालले विकसित मुलुकमा समेत रोयल्टी संकलन कार्य व्यवस्थित हुन सय वर्षभन्दा बढी लागेको भन्दै नेपालमा विगत एक दशकदेखिको प्रयासमै ठूलो उपलब्धि प्राप्त भएको बताए ।

प्रविधिको विकाससँगै नेपालमा सार्वजनिक स्थललगायत हरेक व्यक्तिले पनि निःशुल्क गीतसंगीत सुन्न पाएका छन् । जसले गर्दा गीतकार, संगीतकार, संगीत उत्पादक कम्पनी र गायक गायिकाले लगानीअनुसारको प्रतिफल पाउन सकिरहेका छैनन् । नेपाल टेलिकमको सिआरबिटी, एनसेलको पिआरबिटीलगायत अन्य केही संगीत प्रयोगकर्ता कम्पनी र संघसंस्थाबाट रोयल्टी प्राप्त भइरहेको छ । तर, गीत–संगीत प्रयोगको सबै क्षेत्रबाट रोयल्टी संकलनलाई व्यवस्थित गर्न सके वार्षिक अर्बौंको रोयल्टी संकलन हुने संगीत रोयल्टी संकलन समाजका अध्यक्ष एवं संगीतकार सुरेश अधिकारी बताउँछन् । शनिबारको अन्तरक्रियामा करिब आधादर्जन लोक तथा दोहोरी साँझका सञ्चालकले आगामी दिनमा गीतसंगीतको प्रयोग गरेबापत रोयल्टी बुझाउने प्रतिबद्धता पनि जनाएका छन् ।