न्युजिल्यान्डमा युवा आत्महत्या किन बढी छ ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार ०४, २०७४

न्युजिल्यान्ड पहाड, नदी र हरियालीले भरिएको देश हो । यति सुन्दर देशमा कुनै पनि समस्या छैन भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं बिल्कुलै गलत सोचिरहनुभएको छ । न्युजिल्यान्डको दोस्रो पाटो पनि छ, जसले संसारलाई हैरान बनाइदिन सक्छ । वर्षौंदेखि यो देश डिप्रेसन र आत्महत्याको समस्यासित जुधिरहेको छ । युनिसेफले जारी गरेको एक नयाँ रिपोर्ट फेरि पनि न्युजिल्यान्डलाई हैरान पार्ने खालको छ ।

युनिसेफको रिपोर्टअनुसार विकसित देशहरूमध्ये न्युजिल्यान्डमा संसारमै सबैभन्दा बढी युवाले आत्महत्या गरिरहेका छन् । जब कि बाँकी संसारका लागि भने यो रिपोर्ट अचम्मलाग्दो छैन । यसरी युवा आत्महत्यामा न्युजिल्यान्ड अगाडि भएको रिपोर्ट पहिलोपटक सार्वजनिक भएको होइन । युनिसेफको रिपोर्टअनुसार ४१ युरोपेली देशमध्ये सबैभन्दा बढी न्युजिल्यान्डमा १५ देखि १९ वर्ष उमेरका युवाले आत्महत्या गरिरहेका छन् । प्रति एक लाखमा १५.६ आत्महत्याको दर अमेरिकाभन्दा दोब्बर हो भने बेलायतको भन्दा झन्डै पाँच गुना बढी हो ।

आखिर न्युजिल्यान्डमा यस्तो किन भइरहेको छ ?
न्युजिल्यान्डमा यसरी युवाको आत्महत्या बढी हुनुका पछाडि कैयौँ कारण छन् । युनिसेफ, न्युजिल्यान्डका डा. पु्रडेन्स स्टोनका अनुसार यो घटना केवल तत्यांकसँग सम्बन्धित छैन । युवा आत्महत्याको यो डरलाग्दो तथ्यांकको सम्बन्ध अन्य कैयौँ घटनासित जोडिएको छ । स्टोनका अनुसार यहाँका बालबालिकामा गरिबीको उच्च दर, किशोरीहरूको गर्भधारण र बाबुआमाले काम नगर्ने परिवारका कारण यहाँ यसरी युवा आत्महत्या बढी हुने गरेको छ । न्युजिल्यान्ड मेन्टल हेल्थ फाउन्डेसनका सन रबिन्सनका अनुसार स्कुलहरूमा डर देखाउने तथा धम्काउने मामिलामा न्युजिल्यान्डको अवस्था अत्यन्त खराब छ । परिवाहरूबीचको हिंसा पनि निकै बढी छ । यहाँका बालबालिकाले निकै प्रताडना झेल्नुपर्छ । यसका साथै बालबालिकामा गरिबीको दर पनि निकै उच्च छ । यसलाई तत्काल सुल्झाउनु वा सम्बोधन गर्नु जरुरी छ ।

न्युजिल्यान्डको यस तथ्यांकबाट यहाँको मावरी समुदाय र प्यासिफिक द्विपवासीमा आत्महत्याको दर निकै उच्च छ भन्ने प्रस्ट हुन्छ । स्टोनले भनेका छन्— यसबाट यो सांस्कृतिक पहिचान र औपनिवेशीकरणको प्रभावको परिणाम हो भन्ने प्रस्ट हुन्छ । र, यसबाट हाम्रो समाजमा स्थानीय तथा सांस्कृतिक नश्लभेद कुन स्तरमा छ भन्ने पुष्टि हुन्छ । यस्ता घटनामा समस्या समाधानको उपाय खोजी गरी समाधान निकाल्न सकिने गरी कुनै जाँच पनि हुँदैन । जब कि, यस्ता घटनाबारे बारम्बार सचेत गराउने काम भने भइरहेको हुन्छ ।

अन्य पश्चिमी देशको तुलनामा न्युजिल्यान्डको स्वास्थ्य सेवा पनि खराब छ । स्टोनका अनुसार यहाँका पुरुषमा कठोर छविको संस्कृति छ । यस कारण कैयौँ अवस्थामा उनीहरू एक किसिमको दबाबमा रहन्छन् । यस्तो अवस्थामा पुरुषहरू निकै जमेर बियर पिउने गर्छन् । डाक्टरहरूको भनाइअनुसार पछिल्लो समयमा केही सुधार आएको छ । यहाँका केही संगीतकार र फिल्म निर्माताहरू पुरुषको यस्तो छवि बदल्ने कोसिस गरिरहेका छन् । रबिन्सनको भनाइअनुसार न्युजिल्यान्डले आफ्नो देशका किशोरहरूलाई दबाबसित जुध्न कुनै पनि मद्दत गरिरहेको छैन । यहाँका युवा जेजस्ता दबाब र मानसिक चुनौतीसित जुधिरहेका छन्, त्यसमा सुधार ल्याउन तथा युवाहरूलाई मद्दत गर्न न्युजिल्यान्डले कुनै कदम चालेको छैन । परिणामतः युवा आत्महत्याको दर उच्च हुँदै गएको छ ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी हिन्दी डटकमबाट