यी दुई अतिवाद - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार ०४, २०७४

अतिवाद समाजको सामान्य अवस्थाका मानकभन्दा भिन्न तरिकाले सोच्ने र आफ्ना विचारलाई स्थापित गर्न जबर्जस्ती गर्ने उद्दण्डता हो भनेर मान्ने हो भने नेपाल यतिवेला केही त्यस्तै उद्दण्डताको सिकार बनिरहेको छ भन्नुपर्ने हुन्छ । केही वर्षयताको राजनीतिक द्वन्द्वका घटनालाई हेर्दा भने यस्ता अतिवादका अनेक तस्बिर आउँछन् । धेरैजसो त पानीका फोकाजस्तो उठ्दै हराउँदै गर्छन् । तर, जतिवेला उठ्छन्, त्यतिवेलाचाहिँ समाजको मनोविज्ञानलाई उद्वेलित गराउने क्षमता राख्छन् । अघिल्लो संविधानसभाको अन्त्यतिर देशमा जातीय द्वन्द्व प्रमुख बन्ने हो कि भन्ने पिरलो बढेको थियो । एकथरीले अर्कोथरीलाई निषेध गर्ने भाषा प्रयोग गर्ने, धम्की दिने विषय सामान्य बनेको थियो । जानजाति, मधेसी, अखण्ड नेपालजस्ता अनेक पक्षबाट भएका यी जबर्जस्ती विभाजनका प्रयास दोस्रो संविधानसभा निर्वाचनकै वेला मतदाताबाट पाखा लगाइए । तर, यसरी पाखा लगाउने क्रममा समाजमा विद्यमान विभेदलाई पनि अस्वीकार गर्ने पक्षले त्यो जनमतको फैसलाबाट फाइदा लियो । यतिवेला मधेस र थरुहटसमेतका नाममा जेजति संघर्ष देखापरेको छ, राजनीतिका क्षेत्रमा त्यसको कारण पनि त्यही हो ।

दुई वर्षअगाडि संविधान जारी गर्ने तरखर गरिरहँदा पनि मधेसमा जेजस्तो आन्दोलन, प्रदर्शन र दमनका शृंखला तयार भए, त्यसले दुईथरी अतिवादलाई हुर्काउन मद्दत ग¥यो । एकथरीले संविधानमा भएका सकारात्मक पक्षलाई समेत अस्वीकार गर्दै आफ्ना भनाइबाहेक अरूका विचार सुन्न नसकिने अडान लिए । मधेसका धेरै अभियन्ताले संविधानको स्वामित्व ग्रहण गरेर त्यसमा रहेका समस्याको हल खोज्न दबाब दिनुको साटो संविधान खारेजीको माग लिएर चर्काचर्की गरिहिँडे । अर्काथरीले चाहिँ अहिलेको संविधान विश्वकै उत्कृष्ट भन्दै यसमा फेरबदलको गुञ्जायस नभएको दाबी गरिरहे । यी दुवैखाले अतिवादको चक्करमा परेर देशको दुई वर्ष समय झन्डै खेर गयो ।

यतिवेला फेरि अतिवादले आफ्नो टाउको उठाउँदै छ । एकातिर मधेसमा आफैँले भनेजस्तो नहोउन्जेल निर्वाचन हुन नदिन सहभागी नबन्ने पक्ष चर्को स्वरमा कराइरहेको छ, अर्कोतिर २ नम्बर प्रदेशको निर्वाचन सर्दैमा आकास खस्ने हल्ला मच्चाएर प्रतिपक्षले असन्तोषको तुँवालो फालिरहेको छ । पहिलो त मधेसवादी दलहरू खासगरी राजपाले यतिवेला नबुझेको विषय हो कि उसले आन्दोलन निरन्तर जारी राख्न खोज्दा आफ्नो शक्ति गुमाउँदै छ । दुई वर्षअघि यो समस्या देशभर फैलिएको थियो । एक वर्षअघिसम्म त्यो मधेसका सबै ठाउँमा थियो । केही महिनापहिले समस्याले २ र ५ नम्बर प्रदेशलाई मात्र गाँजेको थियो । अब त त्यो पनि खुम्चिएर २ नम्बर प्रदेशको पनि राजमार्ग दक्षिणको क्षेत्रमा खुम्चिएको छ । यो भनेको राज्यको प्रतिरोध क्षमता बढ्नु र आन्दोलनकारीका लागि स्पेस खुम्चिनु हो । यस्तो अवस्थामा निर्वाचनमा सहभागी भएर शक्ति सञ्चय गर्ने बाटो अपनाउनुको साटो राजपा आत्मघाती बाटोतिर लम्केको छ । अहिले दुई महिना निर्वाचन सर्दा खुसी भए पनि त्यो खुसी लामो समय रहनेछैन ।

यता, अर्का अतिवादीको तर्क पनि नाजायज छँदै छ । उनीहरू देशका अरू भागमा निर्वाचन भएर राजनीतिले एउटा संक्रमणकाल पार गर्ने अवस्था बन्दै गएकोमा खुसी हुन छाडेर २ नम्बरमा निर्वाचन भएन भनेर कोकोहोलो गरिरहेका छन् । २ नम्बरमा पनि भएको भए राम्र्रै हुन्थ्यो र नहुनुपर्ने कारण पनि स्थापित भएको छैन । राजपाले नै निर्वाचन पछि सार्ने कामको विरोध गरेपछि सरकारको निर्णयको औचित्य स्थापित हुँदैन । तर, यसको अर्थ निर्वाचन सार्नेबित्तिकै सबै समाप्त हुने होइन । दोस्रो चरणको निर्वाचन सकिएको दुई महिनामै अर्को निर्वाचनको चटारो सुरु हुनेवाला नै छ भने अहिले वाहियात कुतर्कका आधारमा राजनीतिक बजारमा धुवाँ उडाएर बेच्न खोज्नु पनि अतिवाद नै हो । दुवै अतिवादबाट आफू पनि बचौंँ, अरूलाई पनि बचाऔँ ।