धमाधम राजीनामा दिँदै अस्पताल विकास समिति अध्यक्ष - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

अर्जुन अधिकारी, काठमाडौँ   |   असार ०४, २०७४

स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि उठ्न अस्पताल विकास समितिका अध्यक्षहरूले धमाधम पदबाट राजीनामा दिन थालेका छन् । पाँच महिनाअघि ठूलै शक्ति प्रयोग गरेर अस्पताल विकास समितिको अध्यक्ष भएकाले जनप्रतिनिधि बन्न पदबाटै राजीनामा दिन थालेका हुन् ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि देशभरबाट शुक्रबारसम्म पाँचजनाले राजीनामा दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले अहिलेसम्म पाँचजनाले राजीनामा दिएको बताए । अध्यक्ष पदमा भन्दा जनप्रतिनिधिमा बसेर काम गर्दा विकास गर्न सकिने उद्देश्यले राजीनामा दिएको हुन सक्ने उनको भनाइ छ । ‘आजसम्म पाँचजनाले राजीनामा दिइसकेका छन्, अझै दुई दिन बाँकी रहेकाले बढ्न सक्ने सम्भावना छ,’ श्रेष्ठले भने ।

जनप्रतिनिधि भएर सेवा गर्न राजीनामा
महाकाली अञ्चल अस्पतालका अध्यक्ष भोजराज बोहराले जनताबाट निर्वाचित जनप्रतिनिधि भएर विकासमा लाग्न राजीनामा दिएको बताए । ‘म पाँच महिना अस्पताल विकास समितिको अध्यक्ष भएर काम गर्ने अवसर पाएँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘छोटो समयमा केही सुधारका काम भएका छन् । यसले मात्रै पुगेन, त्यसैले वेदकोट नगरपालिकाको समग्र विकास गर्न राजीनामा दिएको हुँ ।’ बोहरा कांग्रेसबाट वेदकोट नगरपालिकाको मेयरमा लड्ने भएका छन् । आफूले कुनै आग्रह–पूर्वाग्रहका आधारमा राजीनामा नदिएको उनले बताए ।

भोजपुर जिल्ला अस्पतालका अध्यक्ष गजेन्द्र कार्कीले पनि गाउँपालिका अध्यक्षको टिकट पाएपछि पदबाट राजीनामा दिएका छन् । अरुण गाउँपालिकाको अध्यक्षमा टिकट पाएपछि कार्कीले पदबाट राजीनामा दिएको बताए । आफूले तीन महिना मात्रै अस्पताल विकास समितिको अध्यक्ष भएको बताउँदै कार्कीले भने, ‘कुनै सुधारको काम गर्न नपाउँदै पदबाट राजीनामा दिनुपर्यो ।’