पहिलो चरणको निर्वाचनमा जस्तो देखिएन तालमेल - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

रामकृष्ण अधिकारी, काठमाडौँ   |   असार ०४, २०७४

दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि प्रमुख दलहरूले विभिन्न जिल्लामा चुनावी तालमेल गरेका छन् । उम्मेदवार मनोनयनको दिनसम्म आइपुग्दा दलहरूले झन्डै आधा दर्जन जिल्लामा तालमेल गरेका छन् । कांग्रेस–माओवादी केन्द्रबीच अधिकांश स्थानमा तालमेल भएको छ । दोस्रो चरणमा निर्वाचन हुने एक मात्र महानगरपालिका विराटनगरमा एमाले र लोकतान्त्रिक फोरमबीच तालमेल भएको छ ।

पहिलो चरणको निर्वाचनमा कतिपय ठाउँमा तालमेल प्रभावकारी नदेखिएपछि दोस्रो चरणमा तालमेल कम देखिएको छ । केन्द्रबाट भन्दा पनि स्थानीयस्तरमा आफैँ पहलकदमी लिएर तालमेल भएको नेताहरूले बताएका छन् । धेरै जिल्लामा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । माओवादी र एमाले एक नगरपालिकामा मात्रै तालमेलमा छन् । केही स्थानीय तहमा दलहरूबीच तालमेलको पहल जारी छ । स्थानीय आवश्यकताअनुसार ठूला दलहरूले विभिन्न ठाउँमा साना दलहरूसँग पनि तालमेल गरेका छन् ।

एक लाख ६३ हजार सुरक्षाकर्मी परिचालन

गृह मन्त्रालयले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुरक्षाको सबै तयारी पूरा भएको जनाएको छ । पहिलो चरणभन्दा दोस्रो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारेको गृहले जनाएको छ । तीनवटै सुरक्षा निकाय र म्यादी प्रहरी गरी निर्वाचनमा एक लाख ६३ हजार ८ सय २३ जना सुरक्षाकर्मी खटाइएको गृहप्रवक्ता दीपक काफ्ले बताए । नेपाल प्रहरी, सशस्त्र, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धान र सेना खटाएर सबै मतदान केन्द्र सुरक्षा नियन्त्रणमा लिइएको गृहमन्त्री जनार्दन शर्माले बताए । तत्काल जनताको सुरक्षा व्यवस्थाका लागि पछाडि नहट्न प्रहरी अधिकृतलाई निर्देशनसमेत दिइएको उनले बताए ।