राजपा फकाउन अन्तिमसम्मै प्रधानमन्त्रीको कसरत - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

रमेश सापकोटा, काठमाडौँ   |   असार ०४, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजप)लाई निर्वाचनमा सहभागी गराउन अन्तिम समयसम्म प्रयास गरेका छन् । पार्टी नेताहरू विमलेन्द्र निधि, फरमुल्लाह मन्सुरमार्फत अनौपचारिक छलफल चलाउँदै आएका देउवाले शनिबार बिहान राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवलाई आफ्नै निवास बूढानीलकण्ठमा भेट गरी दोस्रो चरणको निर्वाचनमा सहभागी हुन आग्रह गरे । भेटमा माओवादी केन्द्रका नेता मातृका यादव पनि सहभागी थिए । मातृका राजपा नेता महेन्द्र राय यादवलाई लिएर देउवानिवास पुगेका थिए ।

प्रधानमन्त्री देउवाले तराई–मधेसको विकास र राजनीतिक अधिकारका लागि पनि राजपाले निर्वाचनमा भाग लिनुपर्ने भन्दै यादवलाई सम्झाएका थिए । ‘मधेसमा कहिले द्वन्द्व र कहिले अधिकारका हिसाबले पछि पार्दै आइयो । निर्वाचनपछि आउने जनप्रतिनिधिले अधिकार र विकास सबै गाउँगाउँसम्म लान्छन्,’ देउवाले भने, ‘त्यसैले अधिकार दिलाउने निर्वाचनमा भाग लिएर जनमतको सदुपयोग गर्नुस् । तराईंका जनताको भावनाअनुसार हामी निर्वाचनपछि संविधान संशोधन गरेर जान्छौँ । अहिले मधेसी जनताको निर्वाचनका भाग लिन पाउने अधिकारलाई वञ्चित नगर्नुस् ।’ प्रधानमन्त्री देउवाले दुई असोजसम्म राजपाकै नाममा निर्वाचन लड्ने वातावरण बनाउने भन्दै अहिले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन आग्रह गरेका थिए ।

यसअघि राजपाका नेता महेन्द्र यादव र शरत्सिंह भण्डारीले पहिलोचोटि दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा सार्ने गरी मध्यमार्गी प्रस्ताव ल्याएका थिए । राजपामा यी दुई नेता मध्यमार्गी धारका भएकै कारण कांग्रेस र माओवादीका नेताले उनीहरूलाई मनाउने प्रयास गर्दै आएका छन् । आइतबार एक, पाँच र सात नम्बर प्रदेशमा उम्मेदवार मनोनयन गर्ने कार्यतालिका छ ।

अब निर्वाचन सर्दैन :  देउवा
प्रधानमन्त्री देउवाले दुई दिनअघि प्रदेश नम्बर– दुईको निर्वाचन असोजसम्म स्थगित गर्ने र एक, पाँच र सात नम्बर प्रदेशमा निर्वाचन गर्ने सहमति भए पनि तराई गएर आएपछि राजपाका नेताले कुरा फेरेको भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘राजपाकै नेताको प्रस्तावअनुसार हामीले प्रदेश नम्बर– दुईको निर्वाचन सारेका हौँ,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै बुढानिलकण्ठ स्रोतले भन्यो, ‘अब मनोनयनको दिन आइसक्यो, फेरि पाँच नम्बरको सारौँ, पाँच नम्बर प्रदेशका तीन जिल्लाको निर्वाचन सारौँ भन्ने माग अब जायज छैन ।’ प्रदेश नम्बर– दुईमा रहेका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको निर्वाचन दुई असोजका लागि सारेपछि राजपा नेताहरूले पाँच नम्बर प्रदेशका नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लाको मात्रै भए पनि निर्वाचन सार्न माग गरेका छन् । तर, अब कानुनले पनि नमिल्ने र व्यावहारिक पनि नहुने भन्दै सरकार निर्वाचन सार्ने पक्षमा छैन ।

देउवाले प्रदेश नम्बर– दुई बाहेकका प्रदेशमा हुने निर्वाचनमा भाग लिन आग्रह गरे पनि राजपा नेता महेन्द्र राय यादव अध्यक्ष मण्डलका अन्य नेतासँग कुराकानी गर्ने भन्दै बाहिरिएका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि यादव अध्यक्ष मण्डलका अन्य नेतासँगै नवलपरासीमा विरोधको कार्यक्रममा सहभागी हुन पुगेका थिए । प्रधानमन्त्री देउवाले यादवद्वयसँग सबा घन्टा छलफल गरेका थिए ।

पहिले राजपाका नेताले प्रदेश नम्बर– दुईको मात्रै निर्वाचन सार्न तयार भए पनि तराई गएर फर्किएपछि पुनः पाँच नम्बर प्रदेशको पनि सार्न माग गरेका हुन् । दुई नम्बर प्रदेशका जनताले ‘दुई नम्बर मात्र मधेस’ भनेर छुट्याउन खोजेको भन्दै दबाब दिएपछि राजपाले पुनः पाँच नम्बर प्रदेशको निर्वाचन सार्न माग गरेको हो ।

देउवा सोमबार बालुवाटार सर्ने
प्रधानमन्त्रीमा निर्वाचित भएको १४औँ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारीनिवास बालुवाटार सर्ने तयारी गरेका छन् । रंगरोगनसहितका काम सकिन समय लागेको बताइए पनि साइत हेराउँदा पाँच असारमा उपयुक्त समय मिलेपछि १४ दिनपछि प्रधानमन्त्री देउवा बालुवाटार सर्न लागेका हुन् । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले पाँच असारमा बालुवाटार सर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

पाँच बजे प्रवेश गरिसक्ने, ६ बजे पूजा सक्ने
सोमबार पाँच बजे बालुवाटार प्रवेश गरिसकेपछि ६ बजेभित्र पूजाआजा गरिसक्ने गरी तालिका तय भएको बुढानिलकण्ठ स्रोत बताउँछ । यसअघिका प्रधानमन्त्रीहरूले बालुवाटार सर्दा गर्ने गरेको जस्तै पूजाको विधि गर्ने तयारी छ । पूजासहित बोकाको बलिसमेत दिने तयारी रहेको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।