एसइई नतिजा : २० विषयमा आएन ए प्लस ग्रेड - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

भवानीश्वर गौतम, काठमाडौँ   |   असार ०४, २०७४

०७३ को एसइईमा २० विषयमा कुनै पनि परीक्षार्थीले पनि ए प्लस ग्रेड ल्याउन सकेनन् । ५३ विषयमा सञ्चालित परीक्षामा १९ ऐच्छिक र एक अनिवार्य विषयमा कसैले पनि ए प्लस ल्याएनन् ।

९० र त्यसभन्दा माथिको प्राप्तांकलाई ए प्लस ग्रेड निर्धारण गरिएको छ । जसको ग्रेड प्वाइन्ट ४.० निर्धारण गरिएको छ । नौवटा ग्रेडमध्ये शून्यदेखि २० सम्मको प्राप्तांकलाई ई ग्रेड निर्धारण गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार संंस्कृततर्फको अनिवार्य विषय फलित ज्योतिषमा कसैको पनि ए प्लस ग्रेड आएको छैन ।

ए+ नआएका विषय
इलेक्टिभ इंग्लिस, फलित ज्योतिष, तिम्बेतन, मैथिली, नेवारी, संस्कृत (ऐच्छिक), सामवेद, इतिहास, साहित्य, न्याय, भोट ल्यांग्वेज, वेद, आयुर्वेदमा कसैको पनि ए प्लस ग्रेड आएको छैन । त्यसैगरी, बुद्धिस्ट एजुकेसन, होम साइन्स, इन्ड्रस्ट्रियल एजुकेसन, फुड साइन्स, निडल वर्क, पत्रकारिता र तर्क संगत विषयमा पनि कुनै विद्यार्थीको ए प्लस ग्रेड आएको छैन ।

यस कारण कमजोर भयो नतिजा
शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले विद्यालयलाई नपढाए पनि पास हुन्छन् भन्ने मनोविज्ञान रहेकाले नतिजा कमजोर भएको बताए । उनले अर्को प्रमुख कारणमा विद्यार्थीको निरन्तर मूल्यांकन नहुनु बताए । यस्तै, अवस्था रहे ठूलो दुर्घटना निम्त्याउने उनको भनाइ छ ।

ई ग्रेड सबैभन्दा धेरै गणितमा, त्यसपछि अंग्रेजी र विज्ञानमा

यस वर्षको एसइई परीक्षामा सबैभन्दा बढी एक लाख ५० हजार नौ सय विद्यार्थीले अनिवार्य गणितमा सबैभन्दा कमजोर ग्रेड ‘ई’ ल्याएका छन् । पाठ्यक्रम विकास केन्द्रले शून्यदेखि २० नम्बर ल्याउनेलाई ई ग्रेडमा राखेको छ । गणितमा डी ग्रेड ल्याउनेको संख्या ५६ हजार ११० छ । सबैभन्दा बढी २८ हजार १३ विद्यार्थीले ए प्लस पनि गणितमै ल्याएका छन् । विज्ञानमा एक लाख १० हजार ७११ जनाको ई ग्रेड छ भने ८४ हजार ८० जनाको डी ग्रेड छ । अंग्रेजीमा पनि डी र ई ग्रेड ल्याउनेको संख्या धेरै छ । अंग्रेजीमा ७१ हजार ३९२ ले ई र ७७ हजार ६३७ ले डी ग्रेड ल्याएका छन् ।

गत चैतमा भएको साधारण धारका नियमिततर्फ एसइईमा चार लाख ६२ हजार १३६ विद्यार्थी सहभागी थिए । सो परीक्षामा ३.६५ देखि ४ सम्म १२ हजार २८४, जिपिए ३.२५ देखि ३.६० सम्म ४२ हजार ४२७, २.८५ देखि ३.०२ सम्म ५० हजार ६४६, जिपिए २.४५ देखि २.८० सम्म ल्याउने ६१ हजार ९५५ विद्यार्थी छन् । जिपिए २.५ देखि २.४० सम्म ल्याउने ९१ हजार ३१४, १.६५ देखि २.०० सम्म १ लाख ८ हजार ४६४, जिपिए १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५७७, ०.८५ देखि १.२० सम्म ११ हजार २८५, जिपिए ०.०० देखि ०.८० सम्म ल्याउने विद्यार्थी १५ छन् ।

ऐच्छिक गणितमा साढे २६ हजार ए+
एसइईका ऐच्छिक विषयमध्ये सबैभन्दा बढी ए प्लस गणित विषयमा आएको छ । गणितमा २६ हजार ६ सय १२ विद्यार्थीको ए प्लस ग्रेड आएको छ । सो विषयमा ए ग्रेड ल्याउने १९ हजार सात सय ७६ विद्यार्थी छन् । गणितमा सबैभन्दा तल्लो ग्रेड ‘ई’ ल्याउने विद्यार्थी संख्या ११ हजार तीन सय ८९ छ ।