कञ्चनपुरका दुई पत्रकार पक्राउ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

मोहन विष्ट, कञ्चनपुर   |   असार ०३, २०७४

कञ्चनपुरका दुई पत्रकारलाई प्रहरीले केही सार्वजनिक अपराध गरेको आरोप लगाएर पक्राउ गरेको छ । समाचारको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरबाट प्रकासित हुने मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश दत्त भट्टलाई पक्राउ गरेको हो ।

उनीहरु दुवैलाई शनिबार पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । भण्डारीलाई मानखण्ड दैनिकको कार्यालय तथा उनकै निवास र भट्टलाई महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो ।

मानसखण्ड दैनिकमा लगातार होटल सञ्चालक कञ्चन नाथ र पुजा नाथ पक्राउ परेको विषयमा प्रहरीसँग जोडिएर समाचार छापिएको थियो । पक्राउ परेका सम्पादक भण्डारीले प्रहरीले समाचार लेखेकै भरमा रिस साध्न आफ्नो सञ्चारगृह बन्द हुने गरि आफू र कार्यकारी सम्पादकलाई पक्राउ गरेको बताए ।

‘यो प्रेस स्वतन्त्रतामाथीको ठुलो प्रहार हो, ‘उनले भने, ‘समाचार लेखेकै भरमा अपहरणशैलीमा प्रहरीले हामीलाई पक्राउ गर्‍यो ।’ युवती नाथका बाबु खेम राज नाथले आफ्नो छोरीको चरित्र हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि पत्रकार भण्डारी र भट्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले युवती नाथका अभिभावकले उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरेको बताए । ‘खेमराज नाथले उजुरी दिएको हो, ‘उनले भने, ‘उहाँहरुलाई समाचारको रिस साध्न पक्राउ गरेका होईनौँ ।’ किटानीका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक दाहालको भनाई छ ।

पत्रकार द्वय भण्डारी र भट्टलाई प्रहरीले समाचार लेखेकै विषयमा पक्राउ गरेको भन्दै प्रहरीको चौतर्फी बिरोध भएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, हिरासतमा राख्ने, थुन्ने काम निन्दनिय र घृषित भएको जनाएको छ ।

महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले समाचार लेखेकै भरमा कुनै पनि पत्रकारलाई यस्तो शैलीमा पक्राउ गर्नु निन्दनिय काम भएको बताए । जघन्य अपराध गरेका व्यक्तिलाई पक्राउ गर्नुको साटो पीडितको न्यायको पक्षमा समाचार लेख्दा युद्धकालिनशैलीमा पत्रकार पक्राउ गरेर प्रहरीले ज्यादती गरेको टिप्पणी गरिएको छ ।