शरीरका सबै अंगलाई शक्ति दिने सर्वांगासन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

सुजिता बस्नेत, काठमाडौं   |   असार ०३, २०७४

शारीरिक र मानसिक रूपमा स्वस्थ हुन योगका विविध आसन, प्राणायाम र ध्यानतिर धेरैको आकर्षण बढेको पाइन्छ । वर्तमान समयमा कसका लागि योगको आवश्यकता छ भन्ने प्रश्न नै गलत हुन्छ । यो सम्पूर्ण पेसाकर्मी तथा उमेर समूहका लागि फाइदाजनक छ । योगका विविध आसनमध्ये सर्वांगासन पनि एक हो । शरीरका सबै अंगलाई शक्ति दिने यो आशन बच्चादेखि प्रौढसम्मले गर्न सक्छन् । हरेक दिन बिहान उठेर यो आसन गर्दा सम्पूर्ण शरीरलाई नै धेरै फाइदा पुग्छ । सर्वांगासन गर्ने तरिका र यसका फाइदाबारे योग प्रशिक्षक सुजिता बस्नेतको सुझाब यस्तो छः

विधिः
सर्वांगासनको सुरुवातमा भुइँमा उत्तानो परी दुवै गोडा जोडी दुवै हातलाई हिपको दायाँबायाँ राखी सीधा भएर सुत्ने । त्यसपछि बिस्तारै सास तान्दै दुवै गोडालाई जोडेर एकैसाथ माथि उठाउँदै जानुपर्छ । यही क्रममा पछाडिबाट कम्मरमा दुवै हातले समाई खुट्टालाई जतिसक्दो सीधा राख्ने प्रयास गर्नुपर्छ । गोडालाई ९० डिग्रीमा राख्नुपर्छ भने माथि उठेका खुट्टाका दुवै तीघ्रा, घुँडा, गोलीगाँठा र औँला जोडिएका हुनुपर्छ । यो आशनमा करिब ३० सेकेन्ड जति रोकी बिस्तारै पहिलेकै अवस्थामा फर्किनुपर्छ । त्यसपछि केही समय आराम गरेर मात्र उठ्नुपर्छ ।

सुजिता बस्नेत, योग प्रशिक्षक

फाइदाः

—बच्चाको उचाइ बढाउन ।

—थाइराइडको समस्यामा लाभदायक ।

—पाचन प्रणालीलाई लाभदायक ।

—मानसिक तनाबबाट मुक्ति पाउन लाभदायक ।

—शरीरलाई लचिलोपन बनाई शरीरलाई सुन्दर बनाउँछ ।

—खुट्टाको औँलादेखि शिरसम्मका सबै अंगलाई फाइदा गर्छ ।

—शरीरमा रक्तसञ्चार सुचारु भई मस्तिष्कको कसरत गराएर स्मरण शक्ति बढाउँछ ।

—शरीरलाई स्वास्थ राखी अनुहारमा चमक ल्याउँछ ।

 

सावधानीः

—उच्च रक्तचाप, दम, मुटुका बिरामीले यो आसन गर्दा सावधानी अपनाउनुपर्छ ।

—कुनै पनि कडा रोग लागेको छ र शरीर धेरै कमजोर छ भने सर्वांगासन नगर्नु नै उपयुक्त हुन्छ ।

—महिनावारी भएको अवस्थामा पनि गर्नुहुँर्दै ।

—शरीरमा कुनै चोटपटक लागेको छ या घाँटीमा केही समस्या छ भने पनि आसधन गर्नुहुँदैन ।