यस कारण बढ्दै छन् गर्भपतन गराउने नयाँँ पुस्ता - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

डा. मीरा हाडा, काठमाडौं   |   असार ०३, २०७४

पछिल्लो समय अस्पतालमा गर्भपतन गराउने महिलाको संख्या बढ्न थालेको छ । तर, कतिपयले चिकित्सकको सल्लाहविनै विभिन्न खालका औषधिको सेवन गरी गर्भपतन गराउन खोज्दा ज्यानकै जोखिम पनि मोलिरहेका छन् । विशेष गरी युवामा आकस्मिक गर्भनिरोधक चक्की खाने वा अन्य तरिकाले गर्भपतन गराउने प्रवृत्ति बढेको छ । यसरी गराएको गर्भपतनले शरीरमा गर्ने नोक्सानीबारे सचेत नहुँदा धेरैले ज्यान गुमाइरहेका छन् । पुरुषमा गर्भनिरोधक साधनको प्रयोगसम्बन्धी सचेतना नहुँदा र महिलाले मात्र गर्भनिरोधक साधन लगातार प्रयोग गरिरहँदा धेरै समस्या आइरहेका छन् । समाजमा देखिएको गर्भपतनको समस्या, उब्जिएका कारण र समस्या हुन नदिन अपनाउनुपर्ने सावधानीबारे स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मीरा हाडा यसो भन्छिन्ः

डा. मीरा हाडा, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

—सरकारले गर्भनिरोधक अस्थायी साधनको प्रयोग गर्न चेतना जगाउनुपर्ने हो । तर, गर्भपतनलाई मान्यता दिँदा युवामा यस्तो सोच हाबी भएको छ । सरकारले निःशुल्क गर्भपतन गर्न प्रोत्साहन गर्दा यो समस्या धेरै बढिरहेको छ ।

—गर्भपतनलाई अहिलेका युवाले परिवारनियोजनका साधन प्रयोग गर्नुभन्दा पनि सहज रूपले लिने गरेका छन् । त्यसैले उनीहरूलाई गर्भपतन गर्दा हुन सक्ने जोखिमबारे सचेतना जगाउनुपर्छ ।

—आफूलाई चाहिने बच्चा पुगेपछि परिवारनियोजन गर्नुपर्छ भन्ने चेतना नहँुदा पनि गर्भपतन गराउने महिला बढेका छन् । गर्भनिरोधक अस्थायी साधनको प्रयोग नगरेर अस्थायी गर्भपतन गराउने युवाको संख्या बढिरहेको छ ।

—सामान्य सिटामोलजस्तै तरिकाले गर्भपतनको औषधि सहज रूपमा उपलब्ध हुन्छ । जसले गर्दा आकस्मिक गर्भपतन गराउने युवायुवतीको संख्या गाउँ–सहरमा धेरै मात्रामा छ ।

—गर्भपतन गराउनेमध्ये धेरै किशोरी छन् । सानै उमेरमा शारीरिक सम्बन्धपछि गर्भपपतन गराउँदा उनीहरू मानसिक रूपमा असक्त हुने गर्छन् ।

—बच्चा पेटमा बस्नुमा महिला–पुरुष उत्तिकै जिम्मेवारी हुनुपर्छ । त्यसैले शारीरिक सम्बन्धको समयमा पुरुषले गर्भनिरोधक राधनको प्रयोग गर्नुपर्छ ।