तेस्रो शक्तिले पाकिस्तानलाई फाइनल पुर्याए ! - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

एजेन्सी, काठमाडौँ   |   असार ०३, २०७४

पाकिस्तानका पूर्वकप्तान आमिर सोहेलले पाकिस्तानी टोली आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुग्नुको पछाडि तेस्रो शक्ति कारण भएको दाबी गरेका छन्, सोहेलले तेस्रो शक्तिलाई ‘बुकी र फिक्सिङ’ को रूपमा विश्लेषण गरे

आइसिसी च्याम्पियन्स ट्रफीको उपाधि भिडन्तमा साबिक विजेता भारत र पाकिस्तानबीच आइतबार नटिघममा प्रतिस्पर्धा हुँदै छ । क्रिकेटकै सर्वाधिक कडा प्रतिद्वन्द्वीबीचको फाइनल रोमाञ्चक हुने अपेक्षा छ । तर, पाकिस्तानका पूर्वकप्तान आमिर सोहेलले च्याम्पियन्स ट्रफीको फाइनलअघि विवादास्पद टिप्पणी दिएका छन् । सोहेलले पाकिस्तान आफ्नै मिहिनेतले नभएर तेस्रो शक्तिका कारण फाइनल पुगेको आरोप लगाएका छन् । सोहेलले तेस्रो शक्तिलाई ‘फिक्सिङ वा बुकी’का रूपमा विश्लेषण गरेका छन् । यस किसिमको विवादास्पद टिप्पणी दिएकै कारण सोहेलको चौतर्फी विरोध भइरहेको पाकिस्तानी एजेन्सीहरूले जनाएका छन् ।

फाइनलको खुसी नमनाऊ
सोहेलले पाकिस्तानी क्रिकेटरले फाइनल पुग्दा उपाधि जितेको जस्तो खुसियाली मनाएको बताएका छन् । तर, पाकिस्तानी खेलाडीहरूले फाइनल पुगेको खुसी मनाउनुको कुनै अर्थ नरहेको सोहेलले जनाए । ‘पाकिस्तानी साथीहरू फाइनल पुगेको क्षण हर्दा मलाई हाँसो उठ्यो, मेरो विश्लेषणमा उनीहरू आफ्नै मिहिनेतका कारण फाइनल पुगेका होइनन्, उनीहरूलाई उपाधि भिडन्तसम्म पु-याउन तेस्रो व्यक्तिले सहयोग गरेका थिए,’ पाकिस्तानी टोलीमा अझै फिक्सिङ गन्ध आएको इंगित गर्दै सोहेलले भने, ‘वर्तमान पाकिस्तानको स्तर फाइनल पुग्ने किसिमको होइन, यो टोली नकआउट चरणबाटै बाहिरिनुपर्ने थियो ।’

च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा पाकिस्तानले आयोजक इंग्ल्यान्डमाथि ८ विकेटको जित निकालेको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २ सय ११ रन बनाएको थियो । पाकिस्तानले ३७.१ ओभरमा २ विकेट गुमाउँदै २ सय १५ रन जोडेको थियो ।

खेलाडीलाई प्रदर्शन सुधार्न आग्रह
नब्बेको दशकका चर्चित ब्याट्सम्यानसमेत रहेका सोहेलले पाकिस्तानी खेलाडीलाई व्यक्तिगत प्रदर्शन सुधार्न आग्रह गरेका छन् । पाकिस्तानी खेलाडीहरूले कसैको सहयोगमा नभएर आफ्नै प्रदर्शनका आधारमा खेल जितेको हेर्न चाहेको उनले बताए । ‘मेरो एउटै चाहना हो, पाकिस्तानले आफ्नै मिहिनेतका कारण खेल जितोस्, कसैको सहयोगमा होइन,’ उनले भने, ‘यसका कारण प्रत्येक खेलाडीले प्रदर्शनमा सुधार गर्नुपर्छ ।’ उनी भन्छन्, ‘खेलाडीले राम्रो काम गर्दा हामी सबै प्रशंसा गर्छौं जब नराम्रो गर्छन्, त्यसवेला सबले आलोचना गर्छन् ।’

कप्तान सर्फराजको आलोचना
पाकिस्तानी कप्तान सर्फराज अहमदले सेमिफाइनलसम्म कुनै उदाहरणीय काम नगरेको आरोप सोहेलले लगाएका छन् । सर्फराजको कप्तानीमा पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा पुग्दा अचम्म लागेको सोहेलले बताए । ‘सर्फराजले यस्तो केही उदाहरणीय काम गरेको देख्दिनँ, फाइनल पुगेका कप्तानले केही न केही महान् काम गर्नुपर्छ नि, तर त्यो भएन,’ उनले भने, ‘उसलाई मैदानमा जितको खुसी मनाउने अधिकार पनि छैन, हामी सबैलाई थाहा भएकै कुरा हो, पाकिस्तान कसरी फाइनल पुगेको हो भनी ।’