पुस्तक समीक्षा : सार्वभौम युगको ‘ट्राइलजी’ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

पवित्रा अधिकारी   |   असार ०३, २०७४

संविधान

कुलराज पौडेल (रूपक)द्वारा लिखित सार्वभौम युगको ‘ट्राइलजी’मा ‘सार्वभौम युगको विश्वविधान’ पहिलो पुस्तक हो । यसले मानव जातिको भविष्यको रूपमा राष्ट्र–राज्यविहीन युगको संविधानको परिकल्पना गरेको छ । मानव समाजको ऐतिहासिक विकासक्रमबारे चर्चा गरिसकेपछि पुस्तकले मानवजातिको भविष्यको रूपमा ‘सार्वभौम युग’को परिकल्पना पस्केको छ ।

लेखकका लागि सार्वभौम युग भनेको ‘एक पृथ्वी, एक राष्ट्र’ हो । पौडेलको सार्वभौम युगमा देश–देशबीच कुनै भौगोलिक वा भावनात्मक सीमारेखा कोरिएका हुनेछैन । सबै पृथ्वीवासी एउटा राज्यका नागरिक उनको परिकल्पना हो । सार्वभौम युगको नागरिक कुनै राष्ट्रराज्यको नागरिक होइन, ऊ भूमण्डलीय नागरिक हो । पुस्तक नयाँ युगको प्रस्तावित संविधान हो । ‘विश्वनागरिक’को परिकल्पना गर्ने लेखक पहिलो भने होइनन् । राजनीतिक सिद्धान्तमा इमानुअल कान्टकै पालादेखि यस्तो परिकल्पना भएको हो । तैपनि एउटा नेपाली लेखकका तर्फबाट विश्वराज्यको विश्वविधान तयार गरिएको भने यो पहिलोपटक हुनुपर्छ ।

सरल भाषाशैली र प्रस्तुतीकरण पुस्तकको सबभन्दा बलियो पक्ष हो । अनुसन्धानात्मक तथ्यसहित प्रस्तुत गरिएको हुँदा यो पुस्तकले समेटेका विषयवस्तु मूल्यवान् लाग्छन् । लेखकले आफ्नो लेखनलाई ‘सत्य साहित्य’ भनी नयाँ विधाको नामकरण गरेका छन् । उनको लेखन कस्तो साहित्य हो, त्यसमा आमसहमति हुन नसक्ला । तर, पुस्तक पठनीय भने छ ।

विज्ञान

पौडेलको ‘सार्वभौम युग’का लागि एउटा महत्वपूर्ण आधार सार्वभौम विज्ञान हो । उनको दोस्रो पुस्तकको नाम पनि ‘सार्वभौम विज्ञान’ रहेको छ । पहिलो पुस्तक नयाँ युगको उपरिढाँचाबारेको परिकल्पना हो भने, यो पुस्तक त्यसको भौतिक आधारबारे चर्चा हो । हालसालै विज्ञानका विभिन्न विशिष्ट विधामा भएका विकासले कसरी सार्वभौम चरित्र ग्रहण गर्दै छन् र ती एउटै मालामा उनिँदै छन् भन्ने चर्चा यो पुस्तकमा छ । यो पुस्तक पढ्न भौतिक विज्ञानबारे विषयगत पूर्वजानकारीको आवश्यकता भने पर्दैन । विश्व ब्रह्माण्ड, यसको उत्पत्ति, बनावट, समयका सिद्धान्त र पृथ्वी र ब्रह्माण्डबीच भएका शक्ति साझेदारीलगायत विविध विषयलाई लेखकले बिहंगम चर्चा गरेका छन् ।

लेखकले पुस्तकमा केही अनौठा दाबी पनि गरेका छन् । पृथ्वी सूर्यबाट टुक्रिएको होइन भन्ने उनको दाबी एउटा त्यस्तो उदाहरण हो । तर, यस्तो दाबीको पुष्टि गर्न उनले गरेका तर्क त्यति विश्वस्त तुल्याउने खालका भने छैनन् । यसमा हचुवापनको गन्ध आउँछ ।

पाठकलाई आश्वस्त पार्न सक्नु–नसक्नु एउटा विषय हो । तर, पुस्तक रोचक छ । यसले विज्ञानको क्षेत्रमा भएका नयाँ–नयाँ आविष्कार र ती आविष्कारको दिशाबारे जान्न रुचि राख्नेहरूका लागि भने मीठो खुराक प्रदान गर्छ ।

अध्यात्म

हरेक युगको आफ्नै संविधान र विज्ञान भएर मात्रै पुग्दैन । हरेक युगले आफ्नै अध्यात्मको पनि विकास गरेको हुन्छ । अझ भनौँ हरेक युगको आफ्नै आत्मिक आयाम पनि हुन्छ । जस्तो कि सामन्तवादी युगको अध्यात्म धर्मममा आधारित थियो । पुँजीवादी युगको अध्यात्म उपभोगवादमा आधारित छ । आफ्नै नैतिक एवम् आत्मिक सिद्धान्तको विकास गर्न नसक्नु बीसौँ शताब्दीको समाजवादी प्रयोगको असफलता थियो । सार्वभौम युगको आत्मिक आधारको रूपमा पौडेलले ‘सार्वभौम अध्यात्म’को प्रस्ताव गरेका छन् ।

आज विश्वका मानिस विभिन्न आध्यात्मिक समुदायमा विभाजित हुँदा उनीहरूबीच धर्म र जातिका नाममा युद्ध, जातिवध र नरसंहारले मानवजाति आक्रान्त बन्दै आएको छ । हरेक धर्मको साझा लक्ष्यलाई उजागर गरी पृथ्वीमा एउटै मानव धर्म वा ‘सार्वभौम अध्यात्म’को परिकल्पना गर्न सक्नु लेखकको विशिष्ट खुबी बनेको छ ।

सार्वभौम अध्यात्मको अन्तिम उद्देश्य विश्वशान्ति एवम् पृथ्वीको दिगो विकास हो । विविध धर्महरूका दर्शन, ज्ञान तथा सार तत्वहरूलाई एउटै सूत्रमा समेट्न पुस्तक सफल देखिएको छ।

पुस्तकमा ‘भगवान्को आवाज’, सुख, दुःखका कारण अनुसन्धान, शान्ति र आनन्दको सिद्धान्त, ध्यानको सिद्धान्त, आत्माको सिद्धान्त, धर्म र दर्शनजस्ता अलौकिक विषय समेटिएका छन् । तर, सार्वभौम अध्यात्मको खोजी आफैँमा नयाँ धर्मको रूपमा विकास हुने सम्भावना भने नभएको होइन ।