सुरुमा चुनावै जितिन्छ भन्ने लाग्यो पछि कांग्रेसलाई त जितिन्छ भन्ने थियो - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   असार ०३, २०७४

रन्जु दर्शना, स्थानीय निर्वाचनकी सर्वाधिक चर्चित पात्र । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी रन्जु तेस्रो स्थानमा रहिन् । तर, राजनीतिकी नवआगन्तुक २१ वर्षीया रन्जुले २३ हजार चार सय ३९ मत पाएकोमा धेरैले आश्चर्य मानेका छन् । तर, रन्जु आफैँलाई भने निर्वाचित नै भइन्छ भन्ने विश्वास थियो । मतगणनाको सुरुवाती रुझानले पनि उनलाई उत्साही बनाएको थियो । मतगणना बढ्दै जाँदा निर्वाचनमा पराजित भए पनि कांग्रेसलाई पछि पारिन्छ भन्ने लागेको थियो । तर, उनी कांग्रेसका उम्मेदवारभन्दा पनि आधाले पछि परिन् । उम्मेदवारी दर्तादेखि अन्तिम परिणाम पर्खंदासम्मको मनोविज्ञान उनले यसरी व्यक्त गरिन् :

मायाभाव पाएँ

घरदैलो अभियान सुरु भएदेखि निरन्तर चुनावी अभियानमा लागियो । राति राम्रोसँग सुतिएन भने भोलिपल्ट राम्रो ढंगले खटिन सकिँदैन भन्ने हामीले बुझेका थियौँ । सकेसम्म सुत्नका लागि सात घन्टा पुगोस् भन्ने थियो । कतिपय अवस्थामा बाह्र–एक बजे पनि सुतियो । बिहान ६ बजेदेखि नै कार्यक्रम सुरु हुन्थ्यो ।

चुनाव चिह्न पाइसकेपछि धेरै घरदैलो गर्न पाइएन । जति घरदैलो गर्न पाइयो, त्यहाँ भव्य स्वागत भयो । मिडियाको राम्रो साथ पाएकाले धेरैले मलाई चिनेका थिए । उहाँहरूले कुर्ताबाट नै बढी चिन्नुहुन्थ्यो । चुनावको प्रचार अवधिभरि नै त्यो कुर्ता छाडिनँ । लगभग दुई महिनाजति नै कुर्ता लगाए । छोटो कपाल भएर पनि मानिसलाई चिन्न सजिलो भयो । अर्को मेरो हाँसिरहने बानीले पनि भूमिका खेल्यो । आमाबुबाहरूले मेरो उमेरलाई आफ्नै छोराछोरीसँग दाँज्नुभयो । ‘मेरो छोराले यो गर्दै छ, मेरो छोरीले यो गर्दै छिन्,’ भन्नुहुन्थ्यो धेरैले । कतिपयले त ‘केही न केही खाएरै जानुहोस्’ पनि भन्नुभयो । कतिले पसिना पुछ्ने रुमालसमेत दिनुभयो । कसरी आँट ग¥यौँ ? सर्पैसर्प भएको ठाउँमा गाह्राे होला कि ? कसरी काम गर्न सक्छ्यौ ? भ्रष्टहरू छन् । उनीहरूबाट बचेर कसरी काम गर्छौ ? भन्ने जस्ता प्रश्न मायाको भावबाट गर्ने धेरै भेटिनुभयो । उहाँहरूमध्ये कतिपयले भोट हाल्नुभयो होला, कतिपयले हाल्नुभएन होला ।

पहिला टेम्पो पछि गाडी
हामीले चुनाव प्रचारमा टेम्पो प्रयोग गर्यौँ । पछिल्लो दिनमा भने गाडी नै प्रयोग गर्नुपर्ने अवस्था पनि आयो । टेम्पोबाट टोलटोलमा पुग्ने र झरेर पर्चा बा“ड्ने गरियो । टेम्पोको प्रयोग ‘सिम्बोलिक’ थियो । सफा टेम्पो नेपालमै बन्छ । वातावरणीय हिसाबले पनि हो । निम्न वर्गदेखि उपल्लो वर्गका मानिसले पनि टेम्पो चढ्छ । तर, विडम्बना काठमाडौँको सडकमा टेम्पोमा चढेर हिँड्न सजिलो छैन । खाल्डाखुल्डी, हिलो, धुलो छ ।

गोपीकृष्ण हलबाट कपन जाने बाटोमा टेम्पोमा पुगेका थियौँ । पानी परेको थियो । सडकमा दह नै बनेको थियो । हरे राम…राम….राम….भन्दै हिड्यौँ । टेम्पो नै डुबाउला कि भनेजस्तो भएको थियो । त्यस्तो समस्या देखिएपछि आफ्नो एजेन्डा झन टड्कारो रूपमा आउँथ्यो ।

जिस्क्याउने पनि भेटिए
हेरौँला भोट कति आउँछ भनेर जिस्क्याउने पनि भेटिए । हेल्लो गर्ने साथीहरूले पनि नमस्कार भनेको, दाइ–दिदीहरूले पनि नमस्ते दिदी भनेको धेरै भेटेँ । आफ्नै उमेर समूहका साथीबाट पनि एकदम सम्मानका साथ सहयोग भयो । कलेजका साथीहरूचाहिँ चुनावी अभियानमा हिड्नुभएन, तर आफ्नो वरिपरिकासँग चाहिँ भोट माग्नुभयो । युवा र आमाबुबाहरूले हामीसित आश गरेको पाइयो । अस्ट्रेलिया, अमेरिका पढ्नका लागि गएका युवाले पनि घरमा फोन गरेर मलाई भोट हाल्न प्रेरित गर्नुभएको पनि पाइयो । यही भएका कतिपय युवाले मतदाता नामावलीमा नामै नलेखाएको पाइयो । राजनीति फोहोरी खेल हो भनेर घृणा गर्नेहरू पनि हाम्रो समर्थनमा आउनुभयो । उहाँहरूले आफ्नो वरिपरिका मतदातालाई कन्भिन्स गर्ने काम गर्नुभयो । छोरीले तपाईंलाई भोट हाल्नु भनेर ¥याख¥याख्ती पारी, छोराले र्याखर्याख्ती पार्यो भनेको पनि मतदान स्थलमा सुनियो ।

घरदैलो गर्ने समय पुगेन
कुन चिह्नमा जाने वा नजाने भोट भन्ने हुँदैन । सधैँभरि हाम्रो चुनाव चिह्नमा भोट हाल्छन् भन्ने सोच्नुचाहिँ मूर्खता हो भन्ने लाग्छ । कामको आधारमा भोट हाल्ने हुन् । हामीले त्यहाँ बसेर हेर्दा स्टकोटमा भोट हालेपछि सूर्यलाई हार्ने र रुखलाई हाल्ने धेरै भेटियो । स्टकोट र सूर्य दुवै चिह्नमा प्रमुखलाई भोट हालेर बदर भएको पनि धेरै पाइयो । चुनावको आधिकारिक परिणाम आएको भोलिपल्टदेखि मतदातालाई धन्यवाद दिन अभियान गर्यौँ । मतदाताको सुझाब लियौँ र हाम्रो जवाफ दियौँ । निमन्त्रणा नै गरेर मुख्यमुख्य चोक र भित्री चोकमा पनि हामीले कार्यक्रम नै गर्यौँ । मैदानमा जो खेलाडी आए पनि जित्छु भनेरै आउँछ । चुनाव चिह्न ढिलो प्राप्त गरेका कारण धेरै ठाउँमा घरदैलो कार्यक्रम गर्न पाएनौँ । नकारात्मक समाचार पनि आयो । मतदातासँग घरदैलो गर्ने समय अलि बढी भएको भए, एजेन्डा व्यापक रूपमा मतदातासँग पु¥याउन सकेको भए अहिलेको भन्दा व्यापक मत आउँथ्यो होला भन्ने लाग्छ ।

आँखा तरेर पनि हेरे
भोट माग्ने क्रममा म त कांग्रेस, म त एमाले भन्ने पनि भेटिनुभयो । उहाँहरूले ठुस्स परेर भन्दा कताकता नमज्जा लाग्यो । निकै कमले त्यसो भने पनि मेरो दिमागमा भने पस्यो । किन ठुस्स पर्नुपरेको होला, हाँसेको भए त भइहाल्थ्यो नि भन्ने लाग्यो । मतगणना भइरहँदा आँखा तरेर हेर्ने पनि भेटिए । मचाहिँ मुसुक्क हाँसेर नमस्ते भन्थेँ । वडा नं. १९ मा घरदैलोको क्रममा कांग्रेससँग जम्काभेट भयो । उहाँहरूले पार्टीको पक्षमा नारा लगाउँदै झ्याली पिट्नुभयो । हामी आफ्नो बाटो लाग्यौँ ।

मुटुको धड्कन एक्कासि बढ्यो
उत्साहित हुने मत धेरै वडाबाट आएको छ । जहाँ घरदैलो गर्न पाइएन, त्यहाँचाहिँ उत्साहित हुने मत आएन । तर, मतचाहिँ आयो । मतदान सकिएपछि अब गणना हुन्छ भन्दा मुटुको ढुकढुकी एक्कासि बढ्यो । जब मतगणना गर्न ढिला भयो, मुटुको धड्कन पनि घट्न थाल्यो । १ नं. वडाको मत गन्दा आफ्नो खाता खुलेपछि ‘ल खाता खुल्यो’ भनेर राष्ट्रिय सभागृहबाट अरू साथीलाई लिएर निस्केँ । हाम्रो भोट बढिरहँदा जिम्मेवारी बढ्दै छ भन्ने लाग्यो । सुरुको मत हेर्दा जितिन्छ नै भन्ने भयो । बिस्तारै दोस्रो चाहिँ हुने भइयो भन्ने थियो । किनकि एमालेले मतान्तर धेरै पारिसकेको थियो । जब कांग्रेससँग मतान्तर बढ्यो, तब तेस्रो भइयो भन्ने लाग्यो ।

रुचि अन्तिमसम्म रह्यो
मतान्तर धेरै भएपछि पनि कति मत आउँछ भन्ने रुचि भइनै रह्यो । मलाई छिनछिनको अपडेट एसएमएस आइरहेको हुन्थ्यो । अब पाँच वर्ष छ । त्योबीचमा धेरै काम गर्न सकिन्छ । मेरो जिम्मेवारी बढ्यो भन्ने भयो । झट्ट एकैपटक परिणाम आएको भए छाँगाबाट खसेजस्तै हुन्थ्यो होला, बिस्तारै परिणाम आएका कारण मानसिक रूपमा तयार भइसकेको थिएँ । अन्तिम परिणाम आइसकेपछि आफैँले समीक्षा गरेँ र मतदातासँग पनि समीक्षा गर्न पुग्यौँ ।

कलेजभित्र राजनीति लगिनँ
निजी कलेज भएका कारण धेरै कुरामा म ध्यान दिन्थेँ । कलेजले राजनीतिलाई स्वीकृति दिएको थिएन, त्यसकारण मैले राजनीतिलाई कलेजभित्र लगिनँ । कक्षामा छलफल हुने छुट्टै कुरा भयो । बालुवाटारमा ‘क्याम्पियन’ गर्दा हातमा कालोपट्टी बाँधेर विरोध गथ्र्यौं । तर, क्याम्पस जाँदा कालोपट्टी गेटमै खोलेर जान्थेँ । गुरुहरूले सानासाना धेरै कुरा याद गर्नुभएको रहेछ । त्यो मलाई थाहा थिएन । एकजना गुरुले ‘राम्रो बाटोमा छौ, म खुसी छु, आफ्नो विद्यार्थी भएको नाताले सहयोग गर्छु । अहिलेको पुस्तामा हुनुपर्ने गुण यस्तै हो’ भन्नुभयो । पढाइ छाड्छे कि भन्ने डर लागेको रहेछ । पढाइ छाडेर कसरी नेता भइन्छ भन्ने मेरो सोचाइ छ ।

संस्कार बसालेँ
संस्कारको कुरा पनि हो । क्रिकेट र फुटबल नै हेरौँ न । हारजित हुन्छ तर लहरै बसेर हारजित हुने दुवै पक्ष हात मिलाएर मैदानबाट निस्कन्छन् । हार्नेले पनि कहाँ कमजोरी भयो भनेर समीक्षा गर्दै सुधार गर्छ । हुन त राजनीतिलाई खेलसँग जोड्न मिल्दैन तर संस्कारचाहिँ त्यही हुनुपर्छ । मैलै त्यही संस्कार बसालेको हुँ । हाम्रो भोट यति आयो, अब केही गर्नै सकिँदैन भनेर रुवाबासी गरेर बस्ने कि यो भोट हामीप्रतिको विश्वास हो, विश्वासघात गर्नुहुँदैन भनेर अगाडि बढ्ने ? म अगाडि बढ्न चाहन्छु, पछाडि हट्न होइन । एमालेका विद्यासुन्दर शाक्यले मेयरमा चुनाव जित्नुभयो, म आदर गर्छु । अबदेखि यस संस्कारलाई सबैले अँगाल्नुपर्छ भन्ने सन्देश पनि हो ।

मिडियाको ठूलो सहयोग
जिन्दगीको पहिलो अन्तर्वार्ता, टिभी ‘फेसिङ’ एकदमै अविस्मरणीय रह्यो । चुनावमा मिडियाको ठूलो सहयोग पाइयो । कतिपय अवस्थामा त अन्तर्वार्ता दिने समय मिलाउनसमेत हम्मेहम्मे पर्यो । हरेक पत्रकारले अन्तर्वार्ता लिँदा सहयोग पुग्ने गरी नै प्रश्न सोध्नुभयो । एउटै कार्यक्रममा पनि अरूलाई धेरै पेलेको पाएँ । तर, मैले निकै ठूलो सहयोग पाएँ । तपाईंको अन्तर्वार्ता हेरेको थिएँ, राम्रो लाग्यो । त्यही भएर कार्मक्रममा भाषण सुन्न आएको भन्ने पनि धेरै पाएँ ।

प्रस्तुतिः प्रेम गौतम
तस्बिर : अमुल थापा