मुम्बई हमला १९९३ अदालतद्वारा ६ जना दोषी ठहर - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

एजेन्सी, नयाँदिल्ली   |   असार ०३, २०७४

भारतको एउटा अदालतले सन् १९९३ मा मुम्बईमा भएका शृंखलाबद्ध हमलामा संलग्न रहेको आरोपमा ६ जनलाई दोषी ठहर गरेको छ । भारतको पश्चिम मुम्बईको अदालतले शुक्रबार ६ जनालाई दोषी ठहर गरेको हो । मुम्बुईमा विस्फोट गराई पोर्चुगल भागेका अबु सलिमसहित ६ जनलाई दोषी ठहर गरेको हो । पोर्चुगलले उनलाई सन् २००५ मा भारतलाई सुपर्दुगी गरेको थियो ।

मुम्बई हमला
शृंखलाबद्ध हमलामा दुई सय ५७ जनाको मृत्यु भएको थियो । एउटा दंगामा मुसलमानहरूको हत्यापछि बदलास्वरूप आक्रमणकारी मुम्बईका विभिन्न सहरमा शृंखलाबद्ध हमला गरेका थिए ।

आक्रमणकारीले मुम्बई स्टक एक्सचेज, एयर इन्डियाको केन्द्रीय कार्यालय र महत्वपूर्ण होटललगायत मानिसको भीडभाड हुने महत्वपूर्ण क्षेत्रमा हमला गरिएको थियो । हमलामा संलग्न रहेको आरोपमा सातजनलाई सन् २००३ देखि २०१० को अवधिमा पक्राउ परेका थिए । पक्राउपछि उनीहरूलाई मुद्दा दायर गरी अदालतमा पेस गरिएको थियो ।

आपराधिक षड्यन्त्र र हत्या गरेको ठहर
उनीहरूमध्ये ६ जनाले आपराधिक षड्यन्त्र र हत्या गरेको अदालतले ठहर गरेको छ । एकजनालाई भने सफाइ दिइएको छ । अदालतले उनीहरूलाई सोमबार सजाय सुनाउने भएको छ । मुख्य अभियोगी अबु भूमितग आपराधिक गिरोहका नाइके दाउद इब्राहिमका सहयोगी रहेको पनि अदालतले जनाएको छ । उनलाई अर्को एक छुट्टै अपराधमा सन् २०१५ मा नै आजीवन कारावासको सजाय सुनाइएको थियो । त्यस्तै, सो बम हमलाका योजनाकार याकुब मेमनलाई सन् २०१५ मा मृत्युदण्ड दिइएको थियो । याकुबले आक्रमणका लागि आर्थिक रकम सहयोग गरेका थिए ।

मृत्युदण्डको सजाय हुन सक्ने
सलिमबाहेक अदालतले फेरोज खान, तहर मर्चेन्ट, रियाज सिद्दिकी र करिमुल्लाह खान र मुस्ताफा डोसालाई दोषी ठहर गरेको छ । अर्का एकजनलाई भने अदालतले सफाइ दिएको छ । अदालतले उनीहरूमाथि सोमबार सजायको फैसला तोक्ने भएको छ । अदालतले दोषी सबैलाई मृत्युदण्डको फैसला सुनाउने अनुमान गरिएको छ ।

२३ अझै फरार
सो हमलामा संलग्न रहेको आरोप लागेका अन्य २३ जना भने फरार छन् । फरारको सूचीमा भूमिगत आपराधिक गिरोहका नाइके दाउद इब्राहिम, उनका भाइ अनिज इब्राहिम र मुस्ताफाका भाइ मोहमद डोसा र टाइगर मेमन छन् । सलिमलाई पोर्चुगलले सुपुर्दगी गरेपछि प्रहरीलाई अन्य दुई आक्रमणकारी सिद्दिकी र शेखलाई पक्राउ गर्न सजिलो भएको थियो । त्यस्तै दुबईबाट दिल्ली फर्किने क्रममा मुस्ताफा पक्राउ परेका थिए ।