साढे सात खर्बको व्यापारघाटा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

कृष्ण रिजाल, काठमाडौं   |   असार ०२, २०७४

नेपालले ६१ अर्बको निर्यात गर्दा ८ खर्ब ७ अर्बको आयात, व्यापारघाटा उच्च हुँदा चालू खाता घाटा

निर्यातको तुलनामा आयात वृद्धिदर उच्च हुँदा नेपालको व्यापारघाटा झन्–झन् बढ्दै गएको छ । चालू आर्थिक वर्षको १० महिनामा नेपालले ७ खर्ब ४६ अर्ब १८ करोड रुपैयाँबराबरको व्यापारघाटा व्यहोरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ४ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ३०.७ प्रतिशतले बढेर ८ खर्ब ६८ अर्ब ३२ करोड पुगेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७ प्रतिशतमा मात्रै खुम्चिएको छ । यस अवधिमा मुलुकको निर्यात–आयातको अनुपात १ः१३.२ प्रतिशत पुगेको छ । अर्थात्, नेपालले १ रुपैयाँको निर्यात गर्दा १३.२ रुपैयाँको आयात गरिरहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । खासगरी निर्यातको वृद्धि न्यून हुनु र आयातको वृद्धि उच्च हुँदा व्यापारघाटा अत्यधिक भएको केन्द्रले जनाएको छ ।

निर्यातको तुलनामा आयात वृद्धिदर उच्च
सरकारले व्यापारघाटा न्यूनीकरणका लागि रणनीतिक कार्ययोजना अघि बढाइरहेका वेला निर्यातको तुलनामा आयातको वृद्धिदर भने उच्च देखिएको छ । चालू आवको १० महिनामा नेपालको निर्यात ७.७ प्रतिशतले बढ्दा आयात भने ३२.८ प्रतिशतले बढेको हो । यस अवधिमा नेपालले कुल ८ खर्ब ७ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात गरेको छ । तर, निर्यात भने ६१ अर्ब ७ करोड रुपैयाँमा मात्रै सीमित भएको छ । खासगरी, खपतसँगै आन्तरिक उत्पादन बढ्न नसक्दा मुलुकको निर्यातको तुलनामा आयात वृद्धिदर उच्च भएको सरोकारवाला बताउँछन् ।

मुख्य वस्तुकै निर्यात घट्यो
समीक्षा अवधिमा नेपालका मुख्य वस्तुकै निर्यात घटेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गलैँचा, तयारी पोसाक, अलैँची, छाला वस्तु, अदुवा, आयुर्वेदिक औषधि, मञ्जन, कपडा, पस्मिना, हस्तकला, जुत्ता, हातेकागजतलगायत मुख्य वस्तुकै निर्यात घटेको हो । समीक्षा अवधिमा गलैँचाको निर्यात ७.८ प्रतिशतले घटी ६ अर्ब १७ करोडमा झरेको छ । त्यस्तै, तयारी पोसाकको निर्यात ९.५ प्रतिशतले ह्रास आई ४ अर्ब ३४ करोड रुपैयाँमा झरेको हो ।

अधिकांश वस्तुको आयात बढ्यो
समीक्षा अवधिमा नेपालमा आयात हुने मुख्य ३५ वस्तुमध्ये अधिकांशको आयात बढेको छ । केन्द्रअनुसार यस अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनहरूको आयात ३८.८ प्रतिशतले, पेट्रोलियम पदार्थको ९९.३ प्रतिशतले, यातायातका साधन र तिनका पार्टपुर्जाको ४४.४ प्रतिशतले र इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरूको आयात २२.६ प्रतिशतले बढेको हो । त्यस्तै, मेसिनरी तथा पार्टस्को आयात ५८.९ प्रतिशतले, पोलिथिन ग्रेन्युल्समा ६.२ प्रतिशतले, कच्चा पाम आयल ७८.७ प्रतिशतले, दूरसञ्चारका सामग्रीको ३८.६ प्रतिशतले र रसायनको आयात ४.५ प्रतिशतले बढेको हो ।

चालू खाता घाटामा
वस्तु आयात उच्च दरमा बढेको तथा रेमिट्यान्स आप्रवाह न्यून हुँदा मुलुकको चालू खाता घाटामा गएको छ । अघिल्लो वर्षको दश महिनामा १ खर्ब ३४ अर्ब ३० करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ७ अर्ब ५७ करोडले घाटामा गएको राष्ट्र बैंकको तथ्यांक छ । यस अवधिमा रेमिट्यान्सको वृद्धिदर ५.२ प्रतिशत मात्रै छ, यो दर अघिल्लो वर्षको सोही अवधिको वृद्धिदरको तुलनामा आधा कम हो । राष्ट्र बैंकका अनुसार यो १० महिनामा विदेशमा रहेका नेपालीले ५ खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ नेपाल पठाएका छन् । यस अवधिका खुद ट्रान्सफर आय १०.३ प्रतिशतले बढेर ६ खर्ब ९२ अर्ब ७६ करोड पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ११.८ प्रतिशतले बढी हो । त्यस्तै, शोधनान्तर बचत १ खर्ब रुपैयाँभन्दा बढीले घटेको छ । अघिल्लो वर्षको १० महिनासम्ममा १ खर्ब ६६ अर्ब ८३ करोड बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा ५३ अर्ब ८४ करोडको बचतमा ओर्लिएको हो ।