नेपाल मै उड्ने प्लेन र हेलिकोप्टर बनाउन सक्छु - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार ०२, २०७४
रामु खत्री, युवा वैज्ञानिक

९० भन्दा बढी आविष्कार गरिसकेका वैज्ञानिकलाई सहयोगको आस  –

०५६ साल जेठमा दोलखामा जन्मिएका रामु खत्री युवा वैज्ञानिकका रूपमा स्थापित हुँदै छन् । उनले सानै उमेरमा विभिन्न प्रविधि उत्पादन तथा आविष्कार गरेका छन् । भर्खरै सेन्ट लरेन्स कलेज चाबहिलबाट कक्षा १२ को परीक्षा दिएका उनको क्षमता अद्भूत छ । साथ र सहयोग पाए नेपालमै जहाज बनाउन सक्ने दाबी उनको छ । उनै राजुसँग नयाँ पत्रिकाका कृष्ण आचार्यले कुराकानी गरेका छन् ।

दुईमा पढ्दा बिजुली निकालेँ
मैले तीन कक्षासम्म दोलखामा पढेँ । त्यसपछिको शिक्षाका लागि काठमाडौं आए“ । मेरो पढाइ सानैदेखि राम्रो थियो । क्लासमा जहिल्यै फस्र्ट, सेकेन्ड हुन्थेँ । सानोमा म अलि बदमास थिएँ । घरका विभिन्न उपकरणहरू खोलेर हेर्ने, चलाउने, भताभुंग पार्ने र फेरि जोडेर जस्ताको त्यस्तै बनाउने पनि गर्थें । मैले दुई कक्षामा पढ्दादेखि नै विभिन्न आविष्कार गर्न थालेको हुँ ।

त्यतिवेला मैले खोलाको पानीबाट टर्बाइन घुमाएर बिजुली निकालेको थिएँ । त्यसपछि गोबर ग्यासबाट बत्ती बाल्ने, आलु र हावाबाट बिजुली निकाल्ने काम पनि गरेँ । घरमा कोही नभएको मौकामा इलेक्ट्रिक सामान खोलेर हेर्थेँ । त्यसले गर्दा त्यहाँभित्र के हुँदो रहेछ, कसरी चल्दो रहेछ भन्ने जिज्ञासा अझ बढ्थ्यो । त्यो हेर्दा मलाई पनि त्यस्तै केही उपकरण बनाउने सोच पलाउँथ्यो ।

सानोमा मलाई बुबाममीले ‘जे गर्ने हो घरभित्रै गरेर बस्, तर बाहिर कतै नजा’ भन्नुहुन्थ्यो । त्यसैले म घरमै बदमासी गरेर बस्थेँ । सुरुका दिनमा मेरो बदमासी देखेर उहाँहरूले निकै गाली गर्नुहुन्थ्यो । तर, जब मैले टर्बाइन घुमाएर बिजुली निकालेँ, तब घर र गाउँकाले समेत मप्रति सकारात्मक भावना राख्न थाले । त्यसपछि आविष्कार, अनुसन्धान गर्ने कुरामा मलाई घरबाट निकै सहयोग मिल्न थाल्यो ।

गाडी बनाउन कसैले सहयोग गरेन
०६५ सालमा काठमाडाैँ आएर चार कक्षामा भर्ना भएँ। विज्ञान र आविष्कारप्रतिको रुचिलाई मैले निरन्तरता दिइनै रहेँ । मैले बनाएका कुरालाई सरहरूले फोकस गर्नुभयो । पत्र–पत्रिकामा पनि मेराबारे समाचार आए । त्यसले गर्दा ममा भित्रैबाट आत्मबल बढेर आयो । मैले अझै केही गर्नुपर्छ भन्ने लाग्यो । र, मैले सोलारबाट चढ्ने गाडीको मोडल बनाएँ । त्यतिवेला मैले ‘कसैले एक लाख सहयोग गर्छ भने तीनजना चढेर हिँड्न मिल्ने गाडी बनाउँछु’ भनेको थिएँ । तर, मलाई कतैबाट पनि सहयोग मिलेन । उमेर सानै भएकाले यसले के गर्ला र भनेर अविश्वास गर्नेहरूको बाहुल्यताले जित्यो । मलाई उत्साह दिने, हौसला बढाउनेहरूले पनि लगानी गर्न डराए । उनीहरूलाई लगानी डुब्ने डर थियो होला, सायद । धनी र ठूला व्यापारीसँग मेरो चिनजान थिएन । कसले पत्याउने र ? घरको आर्थिक अवस्था पनि त्यति राम्रो नभएकाले आफैँ लगानी गर्ने अवस्था पनि भएन । केही गर्छु भनेर अघि बढ्दा कतैबाट सहयोग नआएपछि म केही पछि हच्किएँ । त्यसपछि धेरै लगानी नलाग्ने आविष्कार गर्न थालेँ ।

९० भन्दा बढी आविष्कार गरेको छु
मैले अहिलेसम्म ९० भन्दा बढी आविष्कारहरू गरेको छु । घाममा सुकाएको कपडा पानी पर्यो भने आफैँ भित्र सारिदिने मेसिन, घरको धारामा पानी आयो भने अटोमेटिक रूपमा मोटर चल्ने र ट्यांकी भरिएपछि आफैँ मोटर अफ हुने उपकरण, लामखुट्टे भगाउने सिस्टम, केबलकारजस्ता उपकरण तथा प्रविधिहरू आविष्कार गरेको छु ।

मैले आविष्कार गरेका जति पनि उपकरण तथा प्रविधि छन्, ती सबै नेपालको वर्तमान परिस्थितिलाई मध्यनजर राखी तयार पारिएका हुन् । मैले आफू हाइलाइटमा आउने, नाम कमाउनेभन्दा पनि समस्याको समाधान र जनतालाई सहज हुने खालका आविष्कारहरू गरेको छु । संख्यामा भन्दा गुणस्तरामा जोड केन्द्रित गर्छु, म । विज्ञान तथा प्रविधिको क्षेत्रमा केही गर्ने मेरो चाहना हो । मैले पुराना सामानको प्रयोग गरेर नयाँ कुरा बनाउँदै आएको छु ।

प्लेन र हेलिकोप्टर बनाउन सक्छु
एसएलसीपछि साइन्स पढ्न थालेँ । विज्ञान प्रविधिको क्षेत्रमा रुचि भएकाले घरपरिवारले पनि सपोर्ट गर्नुभयो । कक्षा ११ मा पढ्दा मैले सोलारबाट चल्ने ट्याक्टर बनाएँ । त्यसपछि भान्साबाट निस्किने फोहरबाट विद्युत् निकालेँ । जुन नयाँ खालको थियो ।

मन्दिरको मूर्ति चोरी भयो भने साइरन बज्ने, गाडीले छोएपछि मात्र लाइट बल्ने उपकरण बनाएँ । यी सबै आविष्कारबाट मैले राम्रो रेस्पोन्स पाएको छु । त्यस्तै, मैले प्लेन र हेलिकोप्टर पनि बनाएको छु । सानो प्लेनको मोडल बनाएर रिमोर्टबाट उडाएर नै देखाएँ । धेरै कार्यक्रमहरूमा मैले ‘ठूलो प्लेन पनि बनाउन सक्छु, मलाई सहयोग गर्नुस्’ भनेँ । तर, मलाई कतैबाट पनि सहयोग आएन । यदि अझै पनि कतैबाट सहयोग मिल्छ भने म उँड्ने प्लेन, हेलिकोप्टर बनाउन सक्छु । यसका लागि हामीजस्ता प्रतिभा भएका व्यक्तिलाई सरकारले संरक्षण गर्नुपर्छजस्तो लाग्छ ।

प्रतिभाको कुनै कदर नभएर मजस्ता धेरै युवा विदेश पलायन भएका छन् । यहाँका प्रतिभाले विदेशका लागि काम गरिरहेका छन् । आखिर त्यो प्रगति नेपालमा पनि गर्न सकिन्छ । यसका लागि सरकारले मजस्ता केही गर्न खोज्ने व्यक्तिलाई सहयोग गर्नुपर्छ । आखिर त्यसको श्रेय सरकारले नै पाउने हो ।

नेपाललाई मेडल दिलाएँ
म एसियाका जुनिएर वैज्ञानिकहरूको सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन भारतसम्म गएको छु । त्यहाँ मैले आफ्नो इन्भेन्सनहरू सो गरको थिएँ । त्यहाँ मैले रगतकोे जस्तै कपालको पनि ग्रुप हुन्छ भन्ने कुरा भेरिफाइ गरेको थिएँ । जुन विषय एकदमै नयाँ थियो । त्यहाँ एसियाका ठूलाठूला वैज्ञानिकहरू थिए । मैले प्रस्तुत गरेको विषयलाई उनीहरूले निकै रुचिका साथ हेरेर तारिफ गरे ।

मैले कपालमा एउटा लिक्विड हुन्छ भन्ने मान्यता अघि सारेर कपाललाई ए, बी र सी ग्रुपमा विभाजन गरी प्रस्तुत गरेको थिएँ । त्यसैगरी, मैले उज्यालोजस्तै अँध्यारोबाट पनि विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने कुरा प्रस्तुत गरेको थिएँ । जति डार्कनेस भयो त्यति नै इनर्जी आउटपुट हुन्छ भन्ने कुरा मैले त्यहाँ प्रमाणित गर्न पाएँ । दुई विधामा भएको प्रतिस्पर्धामा म दुवै विद्यामा मेडल जित्न सफल भएँ । एउटामा कास्य र अर्कोमा रजत हात पारेँ ।

त्यसैगरी, नेपालमा भएका विभिन्न साइन्स एक्जिबेसनमा मैले भाग लिएको छु । हालसम्म करिब ४५ वटा एक्जिबेसन जितेको पनि छु । सन् २०१६ र ०१७ को युवा वैज्ञानिक अवार्ड मैले जितेँ । कक्षा ८, ९ र १० मा पढ्दा लगातार नेपाल सरकार र जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको विज्ञान तथा प्रविधि प्रदर्शनीमा तीनै वर्ष म काठमाडाैँ जिल्लाबाट प्रथम भएँ । मध्यमाञ्चलबाट द्वितीय भएँ । र, नेपालभरबाट प्रथम र द्वितीय भएँ ।

आविष्कारमै लाग्ने लक्ष्य छ
म अहिले कक्षा १२ को परीक्षा दिएर बसिरहेको छु । इन्जिनियरिङका लागि तयारी कक्षा पनि लिइरहेको छु । अहिले कतैबाट सहयोग नभएकाले परिवारले पनि पढाइमै फोकस हुन भन्नुभएको छ । उहाँहरूकै सल्लाहअनुसार पढाइमै ध्यान केन्द्रित गरिरहेको छु । फुसर्दको समयमा कुनै न कुनै नयाँ कुरा सोचिरहेको हुन्छु । भविष्यमा मेरो साइन्स रिसर्चमै लाग्ने सपना छ ।

विज्ञान तथा प्रविधि क्षेत्रमा कुनै न कुनै नयाँ आविष्कार गरेरै छाड्ने लक्ष्य छ, मेरो । सकेसम्म नेपालमै केही गर्ने सोच छ । नेपालमा सहयोग पाइनँ भने विदेश पलायन हुने अवस्था पनि आउन सक्छ । कसैको सहयोगविना कुनै पनि मानिस सफल हुन सक्दैन । मलाई पनि सहयोग अपरिहार्य छ । सरकार, सम्बन्धित निकाय, कोही व्यक्तिले सहयोग गर्नुभयो भने केही गर्न सक्छु भन्ने विश्वास ममा छ । केही गर्छु भनेर अघि सरेर मात्र हुँदैन । त्यसका लागि आवश्यक स्रोत, साधनको पनि आवश्यकता पर्छ ।

आश्वासन मात्रै पाइन्छ
विभिन्न कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यापारी, उद्योगी, पुँजीपतिसँग भेट हुने गरेको छ, मेरो । उहाँहरू मेरो काम देखेर खुसी प्रकट गर्नुहुन्छ । त्यही वेला मैले सहयोगको आश्वासन पनि पाएको छु । उहाँहरू मेरो नाम, नम्बर र ठेगाना लिएर जानुहुन्छ । ‘हामी तिमीलाई फोन गर्छौं’, सहयोग गर्छौं’ भन्नुहुन्छ । तर, पछि कुनै रेस्पोन्स नै आउँदैन । यस्तो मैले धेरै भोगेको छु । अझै पनि कुनै दिन कहीँबाट सहयोग पाउनेमा म आशावादी नै छु ।