मनसुनका लागि तयारी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा  हुँदै छ । यो दुई दशकमा पार्क निर्माण…
पूरा पढ्नुहोस् »

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तगर्त आज बिहान सात बजेदेखि विभिन्न ३५ जिल्लामा मतदान भइरहेको छ । ३३४ स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् »

मणिरत्न शाक्यले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागबाट मौसम विज्ञान विषयमा ०३८ सालमा स्नातकोत्तर तहको पढाइ पूरा गरे । यो विभागको दोस्रो ब्याजमा मौसम विज्ञानमा उनै ‘टपर’ भए ।…
पूरा पढ्नुहोस् »

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरूमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको…
पूरा पढ्नुहोस् »

झन्डै चार महिनापछि भएको बर्षाले डोल्पाली कृषकहरु उत्साहित भएका छन् । बर्षापछि जिल्लाका सुँ, ल्हाँ, सर्मी त्रिपुराकोट, पहाडा ,लिकु, कालिका, माझफाल, रह, तिप्ला, सहरतार, फोक्सुन्धो लगायत विभिन्न गाँउका कृषकहरु उत्साहित…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा भारतले अग्रता लिएको छ । ट्रिनिडाडस्थित पोर्ट अफ स्पेनमा भएको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले पराजित गर्दै भारतले सिरिजमा…
पूरा पढ्नुहोस् »

नयाँ सरकार गठन हुँदा उद्योग मन्त्रालय कसैको अपेक्षामा पर्दैनथ्यो । प्रायः दलहरूले यसलाई सरोकारको मन्त्रालयका रूपमा राखेनन् । अहिले के स्थापित भयो भने चाहेको खण्डमा काम गर्न सकिन्छ । साथीहरूबाट…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

भोलि प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक सहमतिको खोजी गर्दै पछि सर्दै जाँदा यो निर्वाचन १४ असारमा पुगेको हो । नेपालमा यसरी…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार ०१, २०७४

शीर्षक देखेर नहाँस्नोस् र मनसुनका लागि तयारी थालिहाल्नुस् । मनसुनचाहिँ आफैँ आउँछ, तपाईंले तयारी गर्नुपर्दैन । यो प्रकृतिको एउटा गज्जबको चक्र हो । हरेक वर्षको मे अन्त्यमा बंगालको खाडीमा एउटा चक्रीय प्रणाली सुरु हुन्छ र त्यहाँको सामुद्रिक जलवाष्प बोकेको वायु उत्तर पश्चिमतिर उड्छ । भाग्यवश नेपाल त्यसले यात्रा गर्ने बाटोमै पर्छ । उत्तरतिर भएका हिमालले त्यस्तो जलवाष्पयुक्त हावालाई अलिअलि छेक्छ, चिसो बनाइदिन्छ र नेपालमा मज्जाले पानी पर्छ । मनसुन दक्षिण एसियाको जीवनरेखा नै हो । पानी पर्छ र यता खेती सप्रन्छ । समग्र जैविक प्रक्रियाले गति लिन्छ । जीवन चाहे वनस्पतिको होस् या प्राणीको, यही चक्रले गतिशील बन्छ । अब यसको तयारी गर्नेबारे भने यो प्रकृतिको चक्रसँग भन्दा मानव निर्मित संरचनासँग छ । मनसुनसँगै नेपालका पहाड, पर्वत र पाखाभित्ताका खोल्साखोल्सीलाई जवानी चढ्छ । मधेसतिरका घोल र ढावहरू विस्तारित हुन्छन् । खोला, खहरे उन्मत्त बन्छन् । पहाडका पाखाभित्ता भत्किन थाल्छन् । पहिरो र बाढीले देशैभर एकै समयमा आफ्नो लीला देखाउन थाल्छन् । हरेक वर्ष हरेक ठाउँमा उत्तिकै मात्रामा वर्षा हुँदैन । तर, हरेक वर्ष कुनै न कुनै जिल्लाका बस्तीमा या त पहिरोले मनपरी मच्चाउँछ या बाढीले । मान्छेका आफ्ना बाध्यता हुन्छन् र ती जिजीविषाका अनेक सपना सँगालेर भिराला पाखामा, पहिराको जोखिम भएका ठाउँमा, खोला किनारमा घर बनाएर बस्छन् । पहिरो र बाढीले मान्छे भनेर या बस्ती भनेर कुनै पनपच्छे गर्दैैन । पहिले पहाडका गाउ“मा वर्षाका लागि खेतीपाती गर्ने समयका लागि भनेर मध्यमवर्गीय परिवारका महिलाले चैत–वैशाखमै चामल कुटेर घैला भरेर राख्थे । तरकारीको बन्दोबस्त गर्थे । एकप्रकारले मनसुनको तयारी गर्थे ।

अब यता उठाउन खोजिएको तयारीको प्रसंग भने सम्भावित बाढिपहिरोबाट बस्ती र मानिसलाई बचाउन गरिने तयारीको हो । यस्तो तयारी बस्तीवाला, परिवार, समुदाय र सरकार सबैले गर्नु आवश्यक छ । ‘वृद्ध रोगी मर्नेछ र फाल्नु पर्नेछ भन्ने उखान जस्तो वर्षा लागिहाल्यो, पानी पर्नेछ, बाढी पहिरो आउनेछ भन्ने पनि निश्चित छ । अब यसमा ज्यान र धनमाल कसरी बचाउने भन्ने मात्र प्रश्न हो । पहिलो त बाढीसम्बन्धी सूचना संयन्त्रको विकास गरेर पूर्वसावधानी अपनाउन सकिन्छ । हामीले पनि बाढी आएको अवस्थामा कसरी परिवारको जिउधन जोगाउने, जोखिम कसरी न्यूनीकरण गर्ने भनेर पहिल्यै सतर्क बन्नु आवश्यक छ । खासगरी गृह मन्त्रालयले चाहिँ प्राकृतिक प्रकोप व्यवस्थापन उद्धार र राहतका लागि सबै जिल्लामा तयारी अवस्थामा रहनु आवश्यक छ । यसका लागि हेलिकोप्टरसहितको सेना र प्रहरीको उद्धार टिम तयारी अवस्थामा राख्ने, ५० हजारजति परिवारका लागि कमसेकम आपत परेका वेला राख्ने ठाउँ, पाल, भाँडाकुँडा, खाद्यान्न, लत्ता कपडा, औषधी तयारी अवस्थामा राख्ने गर्नु आवश्यक छ । यसैगरी हरेक गाउँ या नगरपालिका क्षेत्रमा त्यस्तो घटना भएको अवस्थामा उद्धार गरिएका मानिसलाई कहाँ राख्न सकिन्छ भनेर पहिल्यै स्थान निर्धारण गर्ने र त्यसबारे स्थानीय तहसँग मिलेर काम गर्ने वातावरण बनाइनुपर्छ । नेपालका विगत ५० वर्षयताको वर्षा तथा यो समयमा आउने बाढीपहिरोको तथ्यांक केलाएर हरेक सम्भावनाका लागि तयारी अवस्थामा रहने जिम्मेवारी सरकारको हो । आजै तयारी थालौँ । समाचार त पढिसक्नुभयो नि, सोमबारदेखि नेपालमा यो वर्षको मनसुन प्रवेश ग¥यो भन्नेबारे ? तपाईंको तयारी कस्तो छ त ?