तेस्रो हुँदाको आंशिक खुसी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   जेठ ३१, २०७४

केही वर्षपहिले नेपाल विश्वका अति गरिब देशमध्ये दोस्रो वा तेस्रोमा परेको समाचार आइरहन्थ्यो । हामीलाई हेपेको हो कि गिज्याएको हो झैँ लाग्ने यस्तो समाचार दशकौँसम्म आइरहे र हामीलाई हैरान पारिरहे । यसो दुनियाँका अरू देशका मानिससँग भेटे पनि लाज मान्नुपर्ने अवस्था आइरह्यो । आफ्नै शिर ठाडो पार्न नसकिने विश्वको गरिब देशको शीर्ष स्थानतिर आफ्नो देशको नाम देखिनु रमाइलो हुने सम्भावनै भएन । तर, यस वर्ष भने इतिहासका ती दिनलाई अलिअलि क्षतिपूर्ति दिनेझैँ गरी नेपाल विश्व बैंकको एउटा प्रतिवदेनमा तेस्रो भएको समाचार सार्वजनिक भएको छ । वर्ष २०१७ को आर्थिक विकासको दरमा नेपाल विश्वमा तेस्रो हुने प्रक्षेपण गरिएको छ । यस वर्ष बजार मूल्यलाई आधार बनाउँदा ७.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । नेपालभन्दा माथि इथियोपिया र उज्वेकिस्तान छन् । यी दुवै मुलुक लामो समय राजनीतिक द्वन्द्वमा परेका थिए । र पनि यिनले उच्च आर्थिक वृद्धिदर हासिल गरेका छन् । यता लाओस र कम्बोडिया जस्ता गरिब देश पनि उच्च आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकको सूचीमा परेका छन् । यी सबैजसो देश कमजोर आर्थिक हैसियत भएका देश हुन् भने लाओस र नेपाल भूपरिवेष्टित देश पनि हुन् । 

उच्च आर्थिक वृद्धि हुने देशमध्ये तेस्रो भएको समाचारले हाम्रो देशका नागरिकको शिर थोरै नै भए पनि उठेको हुनुपर्छ । जहाँ रहेका नेपाली भए पनि तिनलाई यसो आशावादी बन्न प्रेरित गरेको हुनुपर्छ ।

यो समाचारले हाम्रो देशका नागरिकको निहुरेको शिर थोरै नै भए पनि उठेको हुनुपर्छ । जहाँ रहेका नेपाली भए पनि तिनलाई यसो आशावादी बन्न प्रेरित गरेको हुनुपर्छ । तिनले अलिअलि अविश्वास भए पनि केही हुने आशा गरेको हुुनुपर्छ । एक दशकअघिको सशस्त्र द्वन्द्व, मधेस आन्दोलन, राजनीतिक अस्थिरता र संक्रमणका शृंखला, भूकम्पको महाझड्का अनि भारतीय नाकाबन्दी ! आशा गर्ने ठाउँ नै पो कहाँ थियो र ? दिनको १८ घन्टासम्मको लोडसेडिङ, बन्द हुँदै गएका उद्योग, भ्रष्टाचारका अनगिन्ती कथा, गरिबीको दुश्चक्रमा परेका परिवार, धनी र गरिबबीचको बढ्दो खाडल, बाकसमा बन्द हुँदै आउने लास र रेमिट्यान्सले धानेको अर्थतन्त्र । तर, यस वर्ष जेजस्ता सूचक सार्वजनिक भएका छन्, तिनले अवश्य पनि आशा जगाएका छन् । काठमाडौंलगायत अधिकांश ठाउँमा लोडसेडिङ लगभग हटेको छ, उद्योगको उत्पादन क्षमता उपयोगको दर बढेको छ, ऋणमा डुबेका केही सार्वजनिक संस्थान नाफामा जान थालेका छन्, बन्द उद्योग खुलेका छन् । मनसुनकै भरमा भए पनि कृषिमा आशालाग्दो प्रतिफल आएको छ ।

कृषि क्षेत्रको योगदान समग्र अर्थतन्त्रमा घट्दै गएको छ र सेवा तथा उद्योग क्षेत्रको स्थान बढ्दो क्रममा छ । यिनकै भरमा यो आर्थिक वृद्धि सम्भव भएको हो । स्थानीय तहको निर्वाचन र भूकम्पपछिको पुनर्निर्माणले एउटा गति लिएको सन्दर्भमा आगामी वर्ष पनि आर्थिक वृद्धि अपेक्षित रूपमा माथि नै रहने अनुमान गरिएको छ । तर, यसबाट उत्तेजित भएर खुसी भइहाल्न भने मिल्दैन । रेमिट्यान्सले धानेको वैदेशिक व्यापार सन्तुलन सानो झट्काले भत्किन सक्छ । राजनीतिक रूपमा अझै पनि अस्थिरताका संकेत कायमै छन् । अहिले प्राप्त भएको वृद्धिदरलाई कायम राख्न सक्ने हो भनेचाहिँ केही वर्षमा नेपालले का“चुली फेर्ने आशा भने गर्नैपर्छ ।