हेटौँडामा १ सय ३५ हेक्टरमा नयाँ औद्योगिक क्षेत्र निर्माणको तयारी : डिपिआरको काम सुरु - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सुदीप सिवाकोटी, मकवानपुर   |   जेठ २९, २०७४

मकवानपुरको हेटौँडामा भित्रिएका नयाँ उद्योग स्थापनालाई व्यवस्थित बनाउन नयाँ औद्योगिक क्षेत्र निर्माणले तीव्रता पाएको छ । देशकै औद्योगिक नगरका रूपमा परिचित हेटौँडालाई औद्योगिक हब बनाउने उद्देश्यले नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न प्राविधिक टोली खटिएका छन् ।

 

१ सय ३५ हेक्टरमा डिपिआर तयार गरिँदै

 

हेटौँडाको मुख्य बजारबाट ७ किमि दक्षिणमा रहेको मयूरधापमा १ सय ३५ हेक्टर जमिनमा निर्माण प्रस्ताव गरिएको क्षेत्रमा प्राविधिक डिपिआर बनाउन जुटेका हुन् । डिपिआरको जिम्मा पाएको जार्सा कन्सल्टेन्सीको प्राविधिक टोलीले काम गरेसँगै निर्माण प्रक्रिया अगाडि बढेको हो ।

 

३ सय बिघामा नयाँ औद्योगिक क्षेत्र

 

साबिक चुरियामाई र पदमपोखरी गाविसको बीचमा पर्ने मयूरधाप क्षेत्रको करिब ३ सय बिघा सार्वजनिक जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न प्राविधिक टोलीले सर्भे गरिरहेका छन् । औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत वैशाखमा प्राप्ति गरेको थियो ।

मन्त्रिपरिषद्को गत ०७३ वैशाख १४ को निर्णयअनुसार भोगाधिकार प्राप्त गरेसँगै औद्योगिक क्षेत्र व्यवस्थापनले औद्योगिक क्षेत्र स्थापना गर्न प्रक्रिया अगाडि बढाएको थियो । एक वर्षपछि औद्योगिक क्षेत्र स्थापना गर्न डिपिआर तयार गर्न सुरु गरिएको हो । जार्साका प्राविधिक सुदीप कार्कीले सर्भे अन्तिम चरणमा पुगेको बताए ।

 

प्राविधिक टोलीले गर्ने काम

 

प्राविधिक टोलीले जग्गाको स्वामित्व, पानी, विद्युत्, टेलिफोन, सडक, औद्योगिक क्षेत्र स्थापनाको सम्भाव्यता अध्ययन गरिरहेको औद्योगिक क्षेत्र व्यवस्थापनका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न सरकारको निर्णयले लगानीकर्ता खुसी छन् ।

 

काठमाडौंका उद्योग स्थानान्तरण

 

सरकारको निर्णयले तीन दशकपछि औद्योगिक क्षेत्रमा परिवर्तन सुरु भएको छ । गत पुसमा सूचना प्रकाशन गरी हेटौँडाको नयाँ औद्योगिक क्षेत्रमा डिपिआर तयार गर्ने बोलपत्र आह्वान गरेको अध्यक्ष बस्नेतले बताए । काठमाडौंबाट नजिकैको औद्योगिक क्षेत्र भनेकै हेटौँडा भएकाले मयूरधापमा बालाजु र पाटन औद्योगिक क्षेत्रका ठूला औद्योगिक प्रतिष्ठान स्थानान्तरण गर्ने विषयमा अध्ययन भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापनका महाप्रबन्धक बस्नेतले जानकारी दिए ।

हेटौँडाबाट काठमाडौं पुग्ने तीनवटा सडक सञ्चालनमा रहेका र आगामी एक वर्षभित्र कान्तिलोकपथ सञ्चालनमा आएपछि थप सहज हुनेछ । द्रुतमार्ग र सुरुङमार्ग नबनेको खण्डमा पनि हेटौँडा–काठमाडौं यातायातमा कान्तिलोकपथले सहज हुनेछ । पाटन र भक्तपुरको औद्योगिक क्षेत्रलाई हस्तकलाग्रामका रूपमा विकास गर्ने र प्रदूषणयुक्त औद्योगिक प्रतिष्ठान स्थानान्तरण गर्ने विषयमा सम्भाव्यता अध्ययन भइरहेको अध्यक्ष बस्नेतको भनाइ छ ।
उपत्यकाका सबै औद्योगिक प्रतिष्ठानको अवस्थाको अध्ययन गरी स्थानान्तरण गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । डिपिआरको काम सकिएपछि मयूरधापमा थप पूर्वाधारका काम सुरु गरिनेछ ।