तीन महिनामा साढे ४ अर्ब लगानी प्रतिबद्धता - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

कृष्ण रिजाल, काठमाडौं   |   जेठ २३, २०७४

सम्मेलनमा साढे १४ खर्बको प्रतिबद्धता आयो, तर भित्रियो ०.३ % मात्रै 

गत फागुनमा काठमााडौंमा आयोजित अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले गरेको लगानी प्रतिबद्धताको कार्यान्वयन अझै सुरु हुन सकेको छैन । सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले नेपालमा करिब साढे १४ खर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेका थिए । तर, सम्मेलनमा भएको प्रतिबद्धताअनुसार हालसम्म कुनै पनि लगानी भित्रिन सकेको छैन ।

विदेशी लगानीकर्ताले परियोजना नै तोकेर लगानी गर्ने इच्छा देखाए पनि ती परियोजना निर्माणको मोडेल र प्रक्रिया बनिनसकेका कारण तत्काल लगानी आउन नसकेको उद्योगमन्त्री नविन्द्रराज जोशीले बताए । कतिपय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार भइनसकेको हुनाले लगानी आइहाल्ने अवस्था नरहेको उनले बताए । ‘विदेशीहरू लगानी गर्न आतुर छन्’ उनले भने, ‘हामीले परियोजनाको मोडेल तथा प्रक्रिया निश्चित गरेर उनीहरूलाई जिम्मा लगाएपछि बल्ल लगानी आउनेछ ।’ विदेशी लगानीकर्ताले लगानी गर्न इच्छा देखाएका परियोजनाको मोडेल तथा लगानीको प्रक्रिया निर्णयका लागि सम्बन्धित मन्त्रालयले उद्योग मन्त्रालयसँग मिलेर काम गरिरहेका उनले बताए ।

उनका अनुसार गत १ फागुनदेखि यही १५ जेठसम्म नेपालमा ४ अर्ब ७१ करोड १४ लाख रुपैयाँबराबरको विदेशी लगानीको प्रस्ताव आएको छ । यो लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताको करिब शून्य दशमलव ३ प्रतिशत मात्रै हुन आउँछ । त्यसो त अघिल्लो वर्ष २०७२ को सोही अवधिमा पनि ४ अर्ब ४२ करोड रुपैयाँको विदेशी लगानीको प्रस्ताव आएको थियो । यसले सम्मेलनमा आएको लगानी प्रतिबद्धताको कार्यान्वयन अत्यन्तै सुस्त देखिएको सरोकारवाला बताउँछन् । नेपालमा लगानीका लागि विदेशीहरू इच्छुक देखिए पनि लगानी गरिहाल्ने प्रवृत्ति नदेखिएको नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् । ‘कागजी प्रतिबद्धता त पहिला पनि अरबौँ आउने गरेको छ’ उनले भने, ‘त्यसलाई यथार्थ लगानीका रूपमा भित्र्याएर कार्यान्वयनमा ल्याउनु नेपालका लागि चुनौती भएको छ ।’ प्रशासनिक झन्जट तथा कतिपय नीतिगत कठिनाइका कारण अपेक्षित तथा घोषणा गरेअनुसार लगानी भित्रन नसकेको उनको भनाइ छ ।

सम्मेलनमा आएको प्रतिबद्धताअनुसारको विदेशी लगानी तत्काल आएको नदेखिए पनि भित्र्याउने प्रक्रिया भने सुरु भइसकेको उद्योगमन्त्री जोशी बताउँछन् । लगानीका लागि इच्छुक विदेशी कम्पनीसँग थप छलफल तथा नेगोसिएसन भइरहेको उनले बताए । ‘आजको भोलि नै लगानी भित्रिहाल्छ भन्ने होइन’ उनले भने, ‘प्रक्रिया सुरु भएको छ, अब विस्तारै कार्यान्वयमा आउने छन् ।’ खासगरी, ठूला परियोजनामा आएको लगानीको प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउनका लागि लगानीको मोडेल तथा प्रक्रिया निर्माणको काम भइरहेको उनले बताए ।

ठूला लगानी भित्रिने प्रक्रिया सुरु भएको छ
नवीन्द्रराज जोशी, उद्योगमन्त्री
सम्मेलनमा खासगरी सडक, रेलवे, जलविद्युत्लगायत ठूला पूर्वाधारमा लगानीको प्रतिबद्धता आएका थिए । विदेशी लगानीकर्ताले परियोजना नै तोकेर लगानी गर्ने इच्छा देखाए । अब हामीसँग उपलब्ध रेलवे, सडकलगायत परियोजना कुन मोडेलमा दिने ? लगानीको प्रक्रिया के हुने ? सिधै टेन्डर गरेर दिने ? भन्नेलगायत नीतिगत तथा प्रक्रियागत निर्णय गर्न बाँकी छ । यस्ता निर्णयका लागि सम्बन्धित मन्त्रालयले उद्योग मन्त्रालयसँग मिलेर काम गरिरहेका छन् । सम्मेलनमा आएका लगानी भित्र्याउन समिति नै बनेको छ । समितिहरूले पनि फलो गरिरहेका छन् । उद्योग विभागमा लगानीको प्रतिबद्धता कम आयो भनेर चिन्ता मान्नु पर्दैन किनकि, सम्मेलनमा आएका लगानी विभागबाट भन्दा पनि लगानी बोर्डबाट भित्रिने खालका छन् ।

चार ऐन कुर्दै लगानीकर्ता
लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, श्रम ऐन, समाजिक सुरक्षा ऐन र बौद्धिक सम्पत्ति संरक्षण ऐन तत्काल ल्याउन सरकारलाई सुझाव दिएका थिए । तर, उनीहरूले सुझाव दिएका मध्ये कुनै पनि ऐन हालसम्म आउन सकेको छैन ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक मन्त्रिपरिषद्बाट पारित भएको छ । श्रम र सामाजिक सुरक्षा ऐन संसदीय समितिमा पुगेका छन् । त्यस्तै, बौद्धिक सम्पत्ति संरक्षण ऐनको मस्यौदा तयार भएको मन्त्रालयले जनाएको छ । लगानीकर्ताले विदेशी लगानीसँग जोडिएका यी चारवटै ऐन कुरिरहेको उद्योगीहरू बताउँछन् ।