स्वास्थ्यचौकीलाई प्रवासी युवाको एम्बुलेन्स उपहार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सुदीप शिवाकोटी, मकवानपुर   |   जेठ २३, २०७४

रोजगारीका सिलसिलामा विदेशमा रहेका प्रवासी युवाले आफ्नो गाउँमा स्वास्थ्य सेवा सहज होस् भन्ने आशा राख्दै एम्बुलेन्स प्रदान गरेका छन् । मनहरि गाउँपालिकाको हाँडीखोलामा अवस्थित स्वास्थ्यचौकीलाई प्रवासमा रहेका हाँडीखोलावासी युवा र स्थानीय समाजसेवी मिलेर खरिद गरेको एम्बुलेन्स हस्तान्तरण भएको छ । वैदेशिक रोजगारमा रहेका युवाले रकम संकलन अभियान सञ्चालन गरेर स्वास्थ्यचौकीलाई बुझाएका छन् ।

हाँडीखोला प्रवासी समूहले १० लाख १४ हजार र स्थानीय समाजसेवी तथा एम्बुलेन्स खरिद अभियानका संयोजक चिरञ्जीवी ढकालले तीन लाख आठ हजार दुई सय ८० रुपैयाँ एम्बुलेन्स खरिद अभियानमा सहयोग गरेका थिए । जसमध्ये नौ लाख ३८ हजार नौ सय १० रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको जनाइएको छ ।

मनहरि–३ हाँडीखोलास्थित स्वास्थ्यचौकीमा भएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले हाँडीखोला स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण यादवको हातमा एम्बुलेन्सको साँचो प्रदान गरेका थिए ।

समाजसेवी ढकालले यसअघि हाँडीखोलाकै लागि एक्स–रे मेसिन खरिद अभियान सञ्चालन गरी आठ लाख रुपैयाँका सामग्री स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेका थिए ।‘अन्य सामग्री खरिद गर्न रकमको अभाव हुने छैन’, ढकालले भने, ‘सहयोग रकमको सही सदुपयोग भएमा अझै अरू आर्थिक जोहो गर्ने प्रयास गर्नेछु’, उनले भने ।

कार्यक्रममा मनहरि गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष शिवप्रसाद खनाल, हाँडीखोला प्रवासी समूहका सदस्य तथा अभियान्ता सञ्जीव पाठक, स्वास्थ्यचौकी सञ्चालन समितिका पूर्वअध्यक्ष गोपाल पौडेल तथा स्थानीयवासीको सहभागिता थियो । स्थानीयवासीले पञ्चेबाजा बजाएर नाचगान गर्दै एम्बुलेन्सको स्वागत गरेका थिए । प्रमुख जिल्ला अधिकारी दुवाडीको प्रमुख आतिथ्य तथा एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष अर्जुन पुडासैनीको सभाध्यक्षमा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम भएको थियो । ‘आफ्नो जन्मभूमिको विकासका लागि विदेशमा भए पनि सक्दो आर्थिक सहयोग गरेका छन् । उनीहरूको लगानीअनुसार स्थानीयले स्वास्थ्य सेवा प्राप्त गर्न जरुरी रहेको छ । एम्बुलेन्सको सही सदुपयोग जरुरी छ’, प्रजिअ दुवाडीले भने ।