चुनावको मौका छोपी प्राकृतिक सम्पदाको अवैध उत्खनन - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

गणेश लम्साल, विराटनगर   |   जेठ २३, २०७४

स्थानीय तह निर्वाचनको मौका छोपी मोरङको उत्तरी क्षेत्रमा व्यापक रूपमा ढुंगा–गिट्टीको उत्खनन तथा ओसारपसार भइरहेको छ । केराबारीका प्रमुख दलहरू स्थानीय निर्वाचनको प्रचारप्रसार र सुरक्षाकर्मीहरू सुरक्षामा व्यस्त भएको मौका बनाएर खदम खोलाबाट ढुंगा–गिट्टीको व्यापक ओसारपसार भइरहेको हो ।

स्थानीयका अनुसार वन कार्यालय र प्रहरीले नदेखेझैं गरेकाले क्रसर व्यापारीहरूले मापदण्डविपरीत खोलामा खाल्डो बनाएर ढुंगा–गिट्टी अवैध रूपमा उत्खनन गरिरहेका छन् । उनीहरूले वातावरण प्रभाव मूल्यांकनविपरीत प्राकृतिक सम्पदा उत्खनन गरिरहेको गुनासो स्थानीयहरूको छ । केराबारीका स्थानीयवासी तिलक मगरले क्रसर व्यवसायी र अन्य व्यापारीहरूले खोलामा १० फिटसम्म गहिरो खाल्डो बनाएर ढुंगा–गिट्टी झिकिरहेका बताए । मापदण्डअनुसार साढे तीन फिटभन्दा गहिरो खाल्डो खनेर ढुंगा–गिट्टी उत्खनन गर्न पाइँदैन ।

जिल्ला समन्वय समिति मोरङका अनुसार सवा तीन फिटभन्दा बढी गहिरो नहुने गरी उत्खननका लागि खदम खोलामा ढुंगा–गिट्टी उत्खनन गर्ने ठेक्का दिएको छ । चुरे संरक्षित क्षेत्रबाट पाँच सय मिटर टाढासम्म मात्र उत्खननका लागि अनुमति भए पनि व्यवसायीले चुरे क्षेत्रको सीमाभन्दा दुईदेखि तीन किलोमिटरमाथि याङशिला र भोगटेनीको सिमाना रहेको चुरेफेदीसम्मको ढुंगा चोरी गरिरहेका छन् । स्थानीयका अनुसार ढुंगा–गिटी चोरी गर्ने ट्रक र ट्रयाक्टरहरू दिनरात सयाैँको संख्यामा कुद्ने गरेका छन् । एक प्रत्यक्षदर्शी स्थानीयले भने, ‘ढुंगा–गिट्टी चोर्न जेसिभी, ट्रयाक्टर खोलाभरि हुन्छन्, रोक्ने कोही छैनन् ।’ अधिकांश स्थानीय तहका राजनीतिक दलहरू क्रसर व्यवसायमा आबद्ध भएका र दलमा आबद्ध युवा ट्रिपर तथा ट्याक्टर व्यवसायमा लागेकाले प्राकृतिक सम्पदाको दोहन भइरहेको हो ।

प्रहरीले केराबारीस्थित खदम खोलाबाट रातारात ढुंगा–गिट्टी चोरी गर्दै आएको सूचना पाए पनि घटनामा संलग्नलाई पक्राउ गरेर पनि तत्कालै रिहा गर्ने गरेको छ । नियन्त्रणमा लिएको सवारीसाधनलाई कानुनतः कार्बाहीका लागि सम्बन्धित वन तथा जिविसमा पठाउनुपर्ने भए पनि विभिन्न राजनीतिक दलको दबाबमा प्रहरीले उनीहरूलाई छाडिदिने गरेको छ । इलाका प्रहरी कार्यालय केराबारीका सई रामकाजी कटुवालले सबै व्यवसायीहरूले माथिल्लो निकायको अनुमतिअनुसार नै ढुंगा–गिट्टी उत्खनन गरेको पाइएकाले सबैलाई पक्राउ गर्न नसकिएको बताए । मोरङका एसपी सन्दीप भण्डारीले उत्तरी क्षेत्रबाट ढुंगा–गिट्टीको चोरी भइरहेको स्विकार्दै धमाधम ट्रयाक्टरहरू नियन्त्रणमा लिएर कार्बाहीका लागि वन, जिविसलगायत कार्यालयमा बुझाइरहेको दाबी गरे । एसपी भण्डारीले भने, ‘प्रहरीले दजानाैँ सवारीसाधन पक्राउ गरेर बुझाइसक्यो यो प्रहरी एक्लैले मात्र रोकेर रोकिने काम होइन, सबै सजग हुनुपर्छ ।’

ढुंगा–गिट्टी तस्करीमा मिलेमतो
स्थानीय जानकारहरूका अनुसार राष्ट्रपति चुरे संरक्षण अभियानअन्र्तगत चुरेको सिमाना मानिएको डाँगी केराबारी जोड्ने बाटोदेखि दक्षिणतर्फ मात्र उत्खननका लागि तोएिको छ । यो सिमानाभन्दा माथि वा उत्तरतिर ढुंगा–गिट्टी, बालुवा उत्खनन गर्न नपाइने प्रावधान छ । तर, व्यवसायीहरूले सो सिमानाभन्दा चार किलोमिटर उत्तर पहाडको फेदी याङशिला र भोगटेनीको बथाहालगायत सिमानाबाट दिनदहाडै ढुंगा चोरीपैठारी गरिहेका छन् । उनीहरूले दिउँसै दर्जनौँ ट्र्याक्टर र टिपरले ढुंगा ओसार्ने र सिमाना क्षेत्रमा स्टक गरी बिक्री वितरण गर्ने गरेका छन् ।

क्रसर र ट्रिपर व्यवसायी पनि स्थानीय तहका उम्मेदवार
प्राकृतिक दोहनमा संलग्न भएको आरोप खेपिरहेकाहरू नै केराबारी गाउँपालिकामा स्थानीय तहको उम्मेदवार बनेका छन् । कृष्ण क्रसर उद्योगका सेयर होल्डर रहेका नेकपा एमाले कोसी अञ्चल कमिटीको सल्लाहकार सदस्य नवीन थापा मगर र नेपाली कांग्रेसका पूर्वक्षेत्रीय अध्यक्ष एवं प्रचार विभाग प्रमुख रोहित कार्की केराबारी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनेका छन् । शिवम् क्रसर उद्योगका सञ्चालक मनोज खड्का नेपाली कांग्रेसबाट केराबारी गाउँपालिकाको आठ वडाको वडाध्यक्षका उम्मेदवार बनेका छन् । नेपाली ट्रिपर व्यवसायी एवं क्रसरका सेयर होल्डर भक्तबहादुर श्रेष्ठ पनि कांग्रेसबाट वडा नम्बर तीनमा वडाध्यक्षका उम्मेदवार छन् । ट्रिपर व्यवसायी एवं क्रसरका सेयर होल्डर जंग भुजेल नेकपा एमालेबाट केराबारी गाउँपालिकाको १० नम्बर वडाको वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

प्राकृतिक दोहन रोक्ने दलहरूको चुनावी एजेन्डा
स्थानीयस्तरमा क्रसर समस्या बढेको भन्दै माओवादी केन्द्रले क्रसर व्यवस्थापनलाई चुनावी एजेन्डा नै बनाएको छ । क्रसरको वैज्ञानिक व्यवस्थापन नभएमा मोरङको उत्तरी क्षेत्रमा ठूलो प्राकृतिक विपत्ति सिर्जना हुने भएकाले आफूहरू वियजी भए क्रसर व्यवस्थापन र प्राकृतिक सम्पदाको दोहन रोक्ने दाबी माओवादी केन्द्रको छ । तर, चुनावी एजेन्डा बनाए पनि हाल केराबारीबाट भइरहेको प्राकृतिक दोहन रोक्न केन्द्रले कुनै पहल गरेको छैन । यस विषयमा अरू पार्टीले चुनावी एजेन्डा नै नबएनाए पनि कुरा उठाउने गरेका छन् । यद्यपि, रोक्न कसैले विशेष पहल थालेका छैनन् ।