५ खर्ब पुँजीको औद्योगिक विकास कोष स्थापना हुँदै - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

कृष्ण रिजाल, काठमाडौँ   |   जेठ १९, २०७४

पिपिपी मोडलमा स्थापना हुने कोषले औद्योेगिक पूर्वाधारमा लगानी गर्ने

सरकारले औद्योगिक पूर्वाधार तथा उद्यमशीलता प्रवद्र्धनमा लगानी गर्ने उद्देश्यका साथ औद्योगिक विकास कोष स्थापना गर्ने भएको छ । उद्योग मन्त्रालयले सार्वजनिक निजी साझेदारीमा कोष स्थापनाको प्रक्रिया अघि बढाएको हो ।

कोषमा सरकारका साथै निजी क्षेत्र, सर्वसाधारण, विदेशी तथा एनआरएनको समेत लगानी हुने उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए । कोषको पुँजी कुल ५ खर्ब रुपैयाँ हुनेछ । ‘एनआरएन, निजी क्षेत्र, विदेशी र सर्वसाधारणबाट १–१ खर्ब उठाइनेछ र बाँकी रकम सरकारले हाल्नेछ,’ उनले भने, ‘सबै स्टेकहोल्डरसँग चरणबद्ध छलफलसमेत भइसकेको छ ।’

मन्त्रिपरिषद्मा प्रस्ताव लगिँदै
मन्त्री जोशीले औद्योगिक विकास कोष स्थापनाको प्रस्ताव अबको मन्त्रिपरिषद्मा लगिने बताए । मन्त्रिपरिषद्को सहमतिपछि कोष स्थापनाले औपचारिक बाटो पहिल्याउने उनको भनाइ छ । ‘सरकार, गैरआवासीय नेपाली, निजी क्षेत्र तथा सर्वसाधारणको लगानीमा कम्पनी ऐन २०६३ अनुसार औद्योगिक विकास कोष कम्पनी स्थापना गर्न एउटा निर्देशक समिति गठन गरी कार्य क्षेत्रसमेत तोकिनेछ,’ उनले भने, ‘यसले लगानीमैत्री वातावरण सिर्जना गरी जनताको प्रत्यक्ष सहभागितामा मुलुकको समग्र आर्थिक समृद्धिमा सघाउनेछ ।’

यस्ता छन् कोषको उद्देश्य
कोषले अहिलेलाई चारवटा मुख्य उद्देश्य लिएको छ । औद्योगिक प्रवद्र्धन तथा उद्यमशीलताको माध्यमबाट रोजगारी सिर्जना गर्ने, औद्योगिक प्रवद्र्धनका निमित्त लगानीमैत्री वातावरण सिर्जना गर्ने, समतामूलक एवं दिगो आर्थिक विकास हासिल गर्ने र औद्योगिक विकासका निमित्त आवश्यक पर्ने लगानी परिचालन गर्ने कोषको मुख्य उद्देश्य रहेको छ ।

के–केमा लगानी गर्छ कोषले ?
यस कोषबाट यातायात, ऊर्जा, औद्योगिक क्षेत्रलगायत पूर्वाधारको निर्माण, औद्योगिक क्षेत्रको क्षमता विकास, उद्यमशीलताको प्रवद्र्धन एवं प्रविधि हस्तान्तरणमा लगानी हुनेछ । त्यस्तै, बन्द भएका निजी तथा सरकारी उद्योग पुनः सञ्चालन वा व्यवस्थापनको काम पनि यस कोषले गर्ने उनले बताए । ‘सार्वजनिक–निजी साझेदारीमा स्थापना हुने यस कोषको पूर्ण व्यवस्थापन निजीबाट हुनेछ,’ उनले भने ।

आँखा केन्द्रलाई १० करोड अनुदान
उद्योग मन्त्रालयले नेपाल आँखा केन्द्रलाई १० करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । मन्त्रालयले आँखा केन्द्रले सञ्चालन गर्दै आएको आँखाको लेन्स उत्पादन उद्योगको क्षमता अभिवृद्धिका लागि अनुदान सहयोग गरेको हो । उद्योगको उत्पादन वृद्धिका लागि आवश्यक मेसिनरी उपकरण खरिद गर्न १० करोड रुपैयाँ दिइएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए ।

हाल केन्द्रले वार्षिक ५ लाख लेन्स उत्पादन गर्दै आएको छ । केन्द्रले क्षमता विस्तार गरी वार्षिक १५ लाख लेन्स उत्पादन गर्दै निर्यात गर्ने लक्ष्य लिएको छ । केन्द्रको उक्त लक्ष्यलाई सहयोग गर्न उद्योग मन्त्रालयले अनुदान सहयोग गरेको हो । ‘नेपालको आँखा लेन्स र यसको गुणस्तर विश्वमै चर्चित रहेछ,’ मन्त्री जोशीले भने, ‘विश्वमा नेपाललाई चिनाउने उत्पादनको प्रवद्र्धन गर्न तथा निर्यात वृद्धिमा सहयोग गर्न आर्थिक सहयोग गरिएको हो ।’

हाल विश्वका १७ मुलुकमा आँखा लेन्स निर्यात हुँदै आएको छ । केन्द्रले क्षमता विस्तार गरी करिब ५० मुलुकमा निर्यात गर्ने लक्ष्य लिएको छ । केन्द्रका अध्यक्ष सन्दुक रूइतले मन्त्रालयले दिएको अनुदानले आँखाको लेन्स उत्पादनको गुणस्तर कायम राख्न तथा क्षमता वृद्धिमा महत्वपूर्ण सहयोग मिल्ने बताए ।

आविष्कार केन्द्रलाई डेढ करोड
मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई समेत अनुदान सहयोग दिएको छ । म्यागासेसे पुरस्कार विजेता महावीर पुनको केन्द्रसँग साझेदारी गर्ने भन्दै मन्त्रालयले १ करोड ५० लाख रुपैयाँ अनुदान दिएको हो । केन्द्रसँग नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी उद्योग जगतलाई काम लाग्ने औद्योगिक प्रवधिको विकासमा मन्त्रालय र केन्द्रले साझेदारी गर्नेछ । केन्द्रले उत्पादन गरेको विद्युतीय सवारीको प्रयोगलाई समेत मन्त्रलायले प्रवद्र्धन गर्ने उनले बताए ।